पीडाहरुलाई सिरानी लगाएर
ढल्कन्छु साँझमा,
चोटहरुलाई बिछ्यौना बनाएर
पल्टन्छु रातमा,
नसोध मलाई कर गरेर
बाँचेको छु कसरी यो जिन्दगी ?
नखोज मलाई बल गरेर
धानेको छु है यसरी यो जिन्दगी ।
००
छानी छानी रहरहरु तिलाञ्जली दिन्छु
बेहोसीमै हराएर,
कराउँछु आफैँभित्र कता कता
इच्छाहरु सबै जलाएर,
नभन मलाई मन दुख्ने गरी
अचानो भई खपेको छु यो जिन्दगी
नखोज मलाई बल गरेर
धानेको छु है यसरी यो जिन्दगी ।।
००
दुख्दै दुख्दै यात्राहरु छिचोल्दै छु
लखतरान भए पनि,
घरि घरि बाटैमा ढल्न खोज्छु
बाँच्ने जाँगर साँचे पनि,
नगर मलाई घृणा घाऊ लगाउँदै लगाउँदै
फाकेको वस्तुझैँ छ यो जिन्दगी
नखोज मलाई बल गरेर
धानेको छु है यसरी यो जिन्दगी ।।।

Advertisement

*** *** ***

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!