संगालोखबर

विराटनगर । विश्वका आठ मुलुकका कलाकारहरूले स्वर दिएको ‘सङ्गीतम् परमानन्दम्’ गीत बिमोचन गरिने भएको छ । जुन २१ तरिख अर्थात् विश्व सङ्गीत दिवसको अवसरमा उक्त गीत विमोचन गर्न लागिएको हो ।

Advertisement

सङ्गीतले नै प्रत्येक जात जाति, श्रेणी, धर्मलगायतले खडा गरेको बाधा अड्चन छेल्दै हामीलाई एक उच्च रमणीय अनुभवमा पुर्याउने उद्देश्यका साथ भारतीय महिला संगीतकारहरूको अगुवाइमा उक्त गीत बनाइएको हो ।  उक्त गीतले अनेकतामा एकता, सांगीतिक आदान–प्रदान तथा आत्मीयताको कति महत्व हुन्छ भन्ने कुरालाई दर्शाएको उल्लेख गरिएको छ । गीतका रचनाकार संगीता पन्त हुन् ।

गीतमा पन्त र राजलक्ष्मी सञ्जयको संगीत रहेको छ । गीतमा नेपाली गायिका सदीक्षा कटेल र अनुपमा चौधरीसहित दक्षिण अफ्रिका, अमेरिका, फिलिपिन्स, थाइल्याण्ड, भारत, आरमेनिया र लेवनानका गायिकाहरूले स्वर दिएका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!