संगालोखबर


विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले किराँत समुदायको महान् पर्व उधौली (छिरीनाम) तथा लिम्बू (याक्थुङ्बा) समुदायको प्रमुख चाड चासोक तङ्नामको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

यस्तै यले संम्वत ५०८५, ज्यापु समुदायको सांस्कृतिक पहिचान बोकेको यःमरी पुन्हि (ज्यापु दिवस) र धान्य पूर्णिमाको पावन अवसरमा पनि उनले शुभकामना व्यक्त गरेका छन् ।

Advertisement

किराँत समुदायका राई, लिम्बु, सुनुवार लगायतले मनाउने उधौली हाम्रो मौलिक र विशिष्ट पर्व भएको उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

नेपाल बहुजातीय, बहुसांस्कृतिक र बहुधार्मिक राष्ट्र भएको जनाउँदै उनले कोशी प्रदेश सरकार स्थापना कालदेखि नै सबै धर्म, संस्कृति र परम्पराको संरक्षणमा प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।

यस्ता विविधताबीचको एकता र मौलिक पर्वहरूमा हुने आपसी सद्भाव र भ्रातृत्वको भावनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य हासिल गर्न टेवा पुगेको उनको विश्वास छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!