कांग्रेसले चुनाव प्रचारमा प्रयोग गरेको जिप दुर्घटना, १ को मृत्यु, ९ घाइते

कांग्रेसले चुनाव प्रचारमा प्रयोग गरेको जिप दुर्घटना, १ को मृत्यु, ९ घाइते

अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिकामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ९ जना घाइते भएका छन । लु १ ज १९५८ नम्बरको जिप दुर्घटना हुँदा २५ वर्षीय अर्जुन घिमिरेको मृत्यु हो । घाइते ९ जनाको मिसन अस्पताल तानसेनमा उपचार भैरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक प्रदिपकुमार डिसीले जानकारी दिए । जिप असार १४ गते हुने स्थानीय तहको ...
गुन्डागर्दीमा संलग्न छजना पक्राउ

गुन्डागर्दीमा संलग्न छजना पक्राउ

दाङ। गुन्डागर्दीमा संलग्न भएको अभियोगमा दाङ प्रहरीले छजनालाई पक्राउ गरेको छ । घोराहीको तुलसीपुर चोकमा होहल्ला गर्दै सर्वसाधारणलाई त्रस्त बनाउने, चुनाव विरोधी कार्यसँगै उम्मेदवारलाई फोनमा धम्काउने गरेको अभियोगमा छजनालाई प्रहरी पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा तुलसीपुर उपमहानगरपालिका–११ का २८ वर्षीय पारस हमाल, सोही ठाउँकै २९ वर्षीय टोपबहादुर बुढाथोकी, २५ वर्षीय भानुभक्त बस्नेत, तुल्सीपुर–...
सिन्धु तातोपानी कोल्ड स्टोरमा सिलबन्दी

सिन्धु तातोपानी कोल्ड स्टोरमा सिलबन्दी

काठमाडौँ। नियमविपरीत सञ्चालित गुह्येश्वरीमा रहेको सिन्धु तातोपानी कोल्ड स्टोरलाई आज सिलबन्दी गरिएको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको नियमित अनुगमनअन्तर्गत आज बिहान उक्त स्टोरबाट कुहिएको अवस्थामा नौ किलो मासु नष्ट गर्नुसाथै सिलबन्दी गरिएको हो । अनुगमन अधिकृत ढुण्डीराज पोखरेलको संयोजकत्वमा भएको अनुगमनका क्रममा मासु बिक्री गर्ने स्थानमा नै अन्य खानाहरु पकाएको, दर्ता नवीकरण ...
वीरेन्द्रनगर नगरपालिकामा दमकल

वीरेन्द्रनगर नगरपालिकामा दमकल

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले दमकल खरिद गरेको छ । स्थापना भएको ४१ वर्षपछि नगरपालिकाले रु ६० लाख मूल्य पर्ने दमकल खरिद गरेको हो । साविकको मध्यपश्चिमको क्षेत्रीय सदरमुकाम वीरेन्द्रनगर नगरपालिकाको आफ्नै दमकल नहुँदा जनस्तरबाट चर्को दबाब खेपिरहेका नगरपालिकाले स्थानीय विकास मन्त्रालयको आर्थिक सहयोगमा भारतको दिल्लीस्थित अशोक ल्यानिन् कम्पनीबाट दमकल खरिद गरेर शनिवार ल्याएको हो । वीरेन्द्रनगर नग...
हाइब्रिड जातको मकैमा केन्द्रित हुँदै राष्ट्रिय मकैबाली कार्यक्रम

हाइब्रिड जातको मकैमा केन्द्रित हुँदै राष्ट्रिय मकैबाली कार्यक्रम

चितवन। रामपुरस्थित राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमको अनुसन्धानबाट थोरै जमिनमा बढी उत्पादन लिन सकिने भएपछि तराई र भित्री मधेस अहिले हाइब्रिड जातको मकै उत्पादनमा केन्द्रित छ । विसं २०२९ मा स्थापनापछि हालसम्म २७ वटा जात सिफारिस गरिसकेको यस कार्यक्रमले पछिल्लो समय हाइब्रिड जातको मकैको विकासमा लागेको हो । कार्यक्रमको पछिल्लोपटक रामपुर हाइब्रिड आठ र रामपुर हाइब्रिड दश जातलाई अनुमोचन प्राविधिक उ...
सुन्तलाखेतीमा नयाँ प्रविधि

सुन्तलाखेतीमा नयाँ प्रविधि

बाबियाचौर (म्याग्दी) । म्याग्दीका कृषकले सुन्तलाको गुणस्तर र उत्पादन बढाउन सिँचाइ तथा बिरुवा उत्पादनमा नयाँ प्रविधि अपनाएका छन् । बेनी नगरपालिका–३ राखु र ४ बास्कुनाको सुन्तला बगैँचामा जिल्लामै पहिलोपटक थोपा सिँचाइ प्रविधिको प्रयोग गरिएको हो । राखुमा नियन्त्रित वातावरणमा सुन्तलाको बिरुवा उत्पादन गर्न स्क्रिन हाउस (प्लास्टिक घर) निर्माण भएको छ । बास्कुनाका तिलक गुरुङ र राखुका राजु पुनले सुन्...
सुक्खा बन्दरगाहको काम कारबाही ठप्प

सुक्खा बन्दरगाहको काम कारबाही ठप्प

पर्सा। भारतीय रेल सञ्जालसंग जोडिएको मुलुककै एक मात्र वीरगन्ज सिर्सियास्थित सुक्खा बन्दरगाहको काम कारबाही ठप्प भएको छ । विषालु सर्पको डसाइबाट मृत्यु भएका मजदुरका आफन्तले उचित क्षतिपूर्तिको माग गर्दै बन्दरगाहको प्रमुख प्रवेशद्वार नै अवरुद्ध गरेपछि गए राति १० बजेदेखि काम कारबाही ठप्प भएको हो । बन्दरगाहको लोडिङ अनलोडिङ यार्डमा काम गर्ने मजदुर वीरगन्ज उपमहानगरपालिका–१८ का ३५ वर्षीय राजकिशोर साहको...
पहाडी जिल्लाका मतदाताको माग : खानेपानीदेखि सडक निर्माणसम्म

पहाडी जिल्लाका मतदाताको माग : खानेपानीदेखि सडक निर्माणसम्म

डडेल्धुरा । स्थानीय तहको निर्वाचनको रौनक बढिरहेका बेला डडेल्धुरा–बैतडीको सिमानास्थित अनारखोलीका मतदाता भने यस अघिका निर्वाचामा पटक पटक दलीय नेतृत्वबाट सडक निर्माणको झुटो आश्वासन मात्र पाएको भन्दै रुष्ट बनेका छन् । अजयमेरु गाउँपालिका–१ समैजीका मतदाताले निर्वाचनका बेलामात्रै आश्वासनको बाढी नै आउने गरेको तर विकास निर्माणका काममा भने गुनासो रासससंगको कुराकानीमा गर्नुभयो । खोड्पे दशरथ चन्दमार्ग छ...
दस दिनदेखि लामिछाने बेपत्ता

दस दिनदेखि लामिछाने बेपत्ता

चितवन। गोर्खा नाम्जुङ स्थायी घर भई भरतपुर महानगरपालिका वडा नं १५ माधवपुर बस्दै आएका ५१ वर्षीय धर्मदत्त लामिछाने विगत १० दिनदेखि बेपत्ता भएका छन् । अघिल्लो शनिबार बिहान गोर्खा घर जान भनी माधवपुरबाट हिडेका लामिछाने आजसम्म सम्पर्कमा आउन नसकेको उनका छोरा दीपक लामिछानेले बताउनुभयो । गोर्खा जानुअघि बुबाले घरमा एउटा कागजमा गोर्खाकै गाउँको एक महिलाले अपहरण गर्ने धम्की दिएको हुँदा म घर नपुगे र केही...
फर्जी कागजातका आधारमा लिएको नागरिकता रद्द

फर्जी कागजातका आधारमा लिएको नागरिकता रद्द

नुवाकोट । जिल्लाको साविक साल्मे गाविस–८ का क्याट्रिना तामाङको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गरिएको छ । किस्पाङ गाउँपालिका–४ अर्थात् साल्मे गाविस–८ को ठेगानामा बाबु सेल्दोर्जे तामाङ र आमा मसिनो तामाङको छोरी भएर क्याट्रिना तामाङको नाममा नुवाकोट प्रशासनबाट जारी भएको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत किशोर विश्वकर्माले जानकारी दिनुभयो । “तामाङक...
हत्या गरिएको युवकको पहिचान भयो

हत्या गरिएको युवकको पहिचान भयो

गौशाला। जलेश्वर–जनकपुर सडकखण्डअन्तर्गत कुटमेश्वरी नदी किनारमा घाँटी रेटेर हत्या गरी फालिएको युवकको पहिचान भएको छ । हत्या भएका सो युवक जिल्लाको महोत्तरी गाउँपालिका १ पर्सा गाउँ बस्ने ताहिर नदाफका छोरा २२ वर्षीय नजाम नदाफ रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताउनुभयो । प्रहरी उपरीक्षक लम्सालका अनुसार शनिवार साँझ ७ बजेदेखि घरबाट गायब रहेका नजामको आज बिहान आ...
कपिलबस्तुको बाणगंगामा बम विस्फोट, ९ जना घाइते

कपिलबस्तुको बाणगंगामा बम विस्फोट, ९ जना घाइते

 कविलवस्तु । जिल्लाको बाणगंगा नगरपालिका ४ गजेहडामा बम विस्फोट भएको छ । घटनामा ९ जना घाइते भएका छन् । बम विस्फोट विप्लव समूहले गराएको आशंका गरिएको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रको संयुक्त प्यानलको उम्मेदवारी दर्ता गर्न गइरहेको बेलामा विस्फोट भएको हो । विस्फोटमा घाइते भएका अधिकांश कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ता छन् । घाइतेहरुलाई उद्दार गरेर अस्पताल लगिएको प्रहरी नायव निरीक्षक प्रक...
अवैधरुपले ल्याइएको सालको काठसहित ट्याक्टर चालकलाई पक्राउ

अवैधरुपले ल्याइएको सालको काठसहित ट्याक्टर चालकलाई पक्राउ

सिन्धुली। सिन्धुलीको कमलामाई नगरपालिका–४ बाट प्रहरीले अवैध रुपले ल्याइएको तीन ट्याक्टर सालको काठसहित तीन चालकलाई पक्राउ गरेको छ । आज बिहान जङ्गलबाट काँचो सालको काठ अवैध निकासी भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले काठ नियन्त्रणमा लिएको हो । कमलामाई नगरपालिका–४ ज्यामिरे कुडुलेको बाटो हुँदै काठ निकासीमा संलग्न ती ट्याक्टर चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कनपा–४ नि...
सार्वजनिक यातायातको भाडा नघट्ने

सार्वजनिक यातायातको भाडा नघट्ने

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटे पनि सार्वजनिक यातायातको भाडा नघट्ने भएको छ । पेट्रोलियम पदार्थको भाउ रु पाँचभन्दा कम नभएकाले वैज्ञानिक भाडा पद्धतिअनुसार सार्वजनिक यातायातको भाडा नघट्ने यातायात व्यवस्था विभागका प्रवक्ता डा टोकराज पाण्डेले जानकारी दिनुभयो । “सार्वजनिक सवारीको भाडादर निर्धारणमा इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकको अंश ६५ प्रतिशत मानिएकाले तत्काल भाडा घट्न सक्दैन, अन्...
पोखरामा बस दुर्घटना

पोखरामा बस दुर्घटना

पोखरा। स्याङजाको टक्सारबाट पोखरातर्फ जादै गरेको बस आइतवार दुर्घटना भएको छ । पोखरा लेखनाथ महानगरपालिका वडा नं २१ स्थित कृस्तिमा ना ४ ख ४३९७ नम्वरको संजोग ट्राभल्सको बस दुर्घटना भएको घट्नास्थलबाट डिल्लीराम बरालले जानकारी दिनुभएको छ । दुर्घटनामा परि ५ जना घाइते छन् । घाइतेको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
यती कार्पेट आगलागीमा रु एक अर्ब क्षति

यती कार्पेट आगलागीमा रु एक अर्ब क्षति

भक्तपुर । भक्तपुर नगरपालिका–२ सल्लाघारीस्थित यती कार्पेट इन्डस्ट्रिजमा गए रातिदेखि लागेको भीषण आगलागीमा रु डेढ अर्बभन्दा बढीको सामग्री क्षति भएको छ । राति ११ः३० बजेदेखि सुरु भएको आगलागी भक्तपुर वारुण यन्त्र, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी तथा काठमाडाँै र ललितपुरका आठ दमकलबाट आठ घन्टापछि बिहान ७ः३० बजे नियन्त्रणमा आएको छ । आगलागीबाट रु एक अर्ब ५० करोडभन्दा बढीको सामग्री क्षति भएको ...
नारायणगढ मुग्लिन सडक सञ्चालनमा

नारायणगढ मुग्लिन सडक सञ्चालनमा

चितवन। पहिरो खसेर गए राति १ बजेदेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्डको पहिरो पन्छाइएपछि आज बिहान ११ः ५० बजेदेखि सडक पुनःसञ्चालनमा आएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका इ शिव खनालका अनुसार मुग्लिनबाट २.५ किमी नारायणगढतर्फ कालीखोलामा भित्तो काटिएको ठाउँमा पहिरो खसेको थियो । राति ९ बजे पनि सोही ठाउँमा पहिरो खसेकामा पन्छाएर सडक पुनःसञ्चालन गरिएको थियो । सुरुमा सानो पहिरो भए पनि राति ठूलो पहिरो खस...
माथिल्लो साञ्जेन जलविद्युतको निर्माण ५५ प्रतिशत पूरा

माथिल्लो साञ्जेन जलविद्युतको निर्माण ५५ प्रतिशत पूरा

रसुवा । उत्तरी रसुवाको चिलिमे क्षेत्रमा निर्माणाधीन माथिल्लो साञ्जेन जलविद्युत् आयोजनाको निर्माण कार्य ५० प्रतिशत बढी काम पूरा भएको छ । साञ्जेन माथिल्लो जलविद्युत् आयोजनाका प्रमुख सुदनसिंह महतका अनुसार १४दशमलव आठ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजाको विद्युत् गृहमा एक हजार ३८७ मिटर सुरुङ खन्ने काम सकिएको, मुहान स्थल तिलोचेमा बाँध बाँध्ने काम ९५ प्रतिशत सकिएको र सिम्बु गाउँमा रहने विद्युत् ...
राष्ट्रपति अबु धाबीमा

राष्ट्रपति अबु धाबीमा

अबु धाबी । राष्ट्रपति भण्डारी जेनेभाबाट संयुक्त अरब इमिरेट्स( युएई)को राजधानी अबु धाबी आइपुग्नुभएको छ । अबु धाबी अन्तर्राष्ट्रय विमानस्थलमा उहाँलाई युएईका लागि कावा नेपाली राजदूत नेत्रबहादुर टण्डन र अधिकृतले स्वागत गर्नुभयो । राष्ट्रपति भण्डारीका साथमा परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, राष्ट्रपतिका स्वकीय सचिव डा विमला पौडेल राई तथा परराष्ट्र मन्त्रालयका अन्य वरिष्ठ अधिकृत सहभागी ह...
सामुदायिक विद्यालयको नतिजा उत्कृष्ट

सामुदायिक विद्यालयको नतिजा उत्कृष्ट

चितवन। गतवर्षको माध्यमिक शिक्षा परीक्षामा सामुदायिक विद्यालयतर्फ देशमै दोस्रो भएको यहाँको नारायणी नमुना उच्च माविले यसवर्ष पनि उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । विद्यालयका प्राचार्य पूर्ण दवाडीका अनुसार सो विद्यालयका ५० जनाले ‘ए’ प्लस, ८० जनाले ‘ए’, ५४ जनाले ‘बी’ प्लस, ४१ जनाले ‘बी’ र २७ जनाले ‘सी’ प्लस ल्याएका छन् । विद्यालयबाट २५२ जनाले परीक्षा दिएका थिए । गतवर्ष सो विद्यालय सामुदायिक व...
युवकको शव फेला

युवकको शव फेला

गौशाला । महोत्तरी जिल्लाको जलेश्वर जनकपुर सडकखण्डअन्तर्गत पर्ने कुटमेश्वरी नदी किनारमा घाँटी रेटी हत्या गरिएको अवस्थामा आज बिहान एक युवकको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रहरी नायब उपरीक्षक दीपक पोखरेलका अनुसार जिल्लाको महोत्तरी गाउँपालिका वडा नं १ पर्सा टोल नजिकै रहेको कुटमेश्वरी नदीको २०० मिटर उत्तर नदी किनारमा शव फेला परेको हो । नाम, थर, वतन नखुलेको अन्दाजी २५÷३० ...
आचारसंहिता उल्लङ्घनका घटनालाई समाचारमा प्राथमिकता दिन आयोगको आग्रह

आचारसंहिता उल्लङ्घनका घटनालाई समाचारमा प्राथमिकता दिन आयोगको आग्रह

काठमाडौँ। निर्वाचन आयोगले सूचना वा समाचार तथ्यमा आधारित भई निष्पक्ष रुपमा सम्प्रेषण गर्न आमसञ्चारमाध्यमसँग आग्रह गरेको छ । आयोगले जातजाति, सम्प्रदाय, धर्म, लिङ, भाषा क्षेत्रबीचको सम्बन्ध र सद्भावमा खलल पर्ने कुनै पनि सूचना वा समाचार सम्प्रेषण नगर्न पनि सुझाव दिएको छ । निर्वाचनका क्रममा राजनीतिक दल तथा उम्मेदवारले उल्लङ्घन गरेको आचारसंहिताको विषयलाई प्राथमिकताका साथ समाचार प्रकाशन गर्न पनि ...
उपत्यकाका नदी सफाइमा जनउत्साह

उपत्यकाका नदी सफाइमा जनउत्साह

काठमाडौँ। वाग्मती सफाइ महाअभियानमा नायिका मनिषा कोइरालालाई सद्भावना दूत मनोनयन गरेपछि सफाइ अभियन्ताको सङ्ख्या बढेको छ । वाग्मती सफाइ महाअभियानको गत बिहीबारको बैठकले पूर्व सहरी विकासमन्त्री अर्जुननरसिंह केसीको प्रस्तावमा नायिका कोइरालालाई सद्भावना दूत घोषणा गरेको थियो । सद्भावना दूत कोइरालाको उपस्थितिमा आज दुई हजार व्यक्ति सफाइमा सहभागी भएको अभियन्ता उमेश बोहराले बताउनुभयो । विसं २०७० जेठ ५...
काठमाडौँ–रसुवागढी सडक पूर्ण रुपमा सञ्चालनमा आउँदै

काठमाडौँ–रसुवागढी सडक पूर्ण रुपमा सञ्चालनमा आउँदै

काठमाडौँ । काठमाडौँलाई चीनसँग सडक सञ्जालले जोड्ने सबैभन्दा छोटो मार्ग काठमाडौँ–रसुवागढी सडक (१२२ किमी) पूर्ण रुपमा छिट्टै सञ्चालनमा आउने भएको छ । उच्च रणनीतिक महत्वको गल्छी–बेत्रावती–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकखण्डमध्ये मैलुङ–स्याफ्रुबेँसी सडक (१७ किलोमिटर) को ट्र्याक खोल्ने काम नेपाली सेनाले यही असारको अन्तिम सातासम्ममा पूरा गर्दैछ । ट्र्याक खुलेपछि नेपाल चीनसँग छोटो दूरीको सडक सञ्जालल...
भारत प्रशासित काश्मिरमा तनाव बढ्यो, शुक्रबार तीनको मृत्यु

भारत प्रशासित काश्मिरमा तनाव बढ्यो, शुक्रबार तीनको मृत्यु

श्रीनगर (भारत प्रशासित काश्मिर)।भारत प्रशासित काश्मिरमा पछिल्ला केही दिनयता तनाव बढेको समाचार छ । यस क्रममा केही दिनयतादेखि हतियारधारी समूहका व्यक्ति र भारतीय सुरक्षाकर्मीबीच दोहोरो गोली हानाहानका घटना बढेका छन् । भारत प्रशासित काश्मिरको अनन्तनाग जिल्लाको अर्वानी गाउँमा शुक्रबार साँझ भएको भिडन्तमा परी तीनजना हतियारधारी मारिएका छन् । मारिनेमा एकजना लस्कर ए तोएबा नामक सशस्त्र संगठनका कमाण्डर...
व्यासलाई सम्वृद्ध नगरपालिकाको रुपमा विकास गर्न सुझाव

व्यासलाई सम्वृद्ध नगरपालिकाको रुपमा विकास गर्न सुझाव

काठमाडौँ । व्यास नगरपालिकालाई स्रोत साधन सम्पन्न र समृद्ध नगरपालिका निर्माण गर्न वौद्धिक वर्गले सुझाव दिएका छन् । एकाउन्टबिलिटी इनिसेटिभ नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा व्यासको जन्मभूमि, भानुभक्तको क्षेत्र र पुरानो तनहुँसुर दरबार रहेको क्षेत्रलाई सम्वृद्ध नगरपालिकाको क्षेत्रको रुपमा विकास गर्न सुझाव दिएका हुन् । कार्यक्रममा नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री अमरराज कैनीले व्या...
महिलामा राजनीतिक प्रतिस्पर्धात्मक क्षमता बढेको छःराष्ट्रपति

महिलामा राजनीतिक प्रतिस्पर्धात्मक क्षमता बढेको छःराष्ट्रपति

जेनेभा । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली राजनीतिमा अनुभव नभएका महिलालाई पूर्ण प्रतिस्पर्धामा भाग लिन लगाएको अवस्थामा भन्दा सकारात्मक विभेदअन्तर्गत थोरै आरक्षण दिइएको अवस्थामा उनीहरूको राजनीतिक संलग्नतामा व्यापक सुधार भएको बताउनुभएको छ । संयुक्त राष्ट्र सङ्घका लागि स्थायी प्रतिनिधि दीपक धितालले आफ्नो सम्मानमा शुक्रबार आयोजना गर्नुभएको स्वागत कार्यक्रममा राष्ट्रपति भण्डारीले पूर्ण प्रतिस...
दुर्लभ सेतो गिद्ध फेला

दुर्लभ सेतो गिद्ध फेला

जाजरकोट। विश्वमै लोपोन्मुख सेतो गिद्ध यहाँ फेला परेको छ । दुई वर्षदेखि नदेखिएको गिद्ध बारेकोट गाउँपालिका–१ सक्लामा फेला परेको पक्षी संरक्षण सङ्घ नेपालका आजीवन सदस्य तथा जिल्ला पशुसेवा कार्यालयका पशु प्राविधिक गोविन्द सिंहले जानकारी दिनुभयो । भेरी नगरपालिका–११ मटेलामा सेतो गिद्धको केही समयअघि गुँड फेला परे पनि अनुकूल वातावरण नपाएपछि गिद्धले गुँड छाडेर गएको सिंहले बताउनुभयो । सक्लामा हालै फेला...
चुरे संरक्षणमा योगदान पु¥याउने सामुदायिक वन पुरस्कृत

चुरे संरक्षणमा योगदान पु¥याउने सामुदायिक वन पुरस्कृत

कञ्चनपुर । नदी प्रणाली व्यवस्थापन र चुरे संरक्षणमा विशेष योगदान पु¥याउने शुक्लाफाँटा नगरपालिका–८ फुलेलीस्थित वैजनाथ सामुदायिक वन उपभोक्ता समूहसहित तीन सामुदायिक वनलाई पुरस्कृत गरिएको छ । चुरे संरक्षण दिवसको अवसर पारी शुक्रबार धार्मिक पर्यटकीय क्षेत्र विष्णु मन्दिर(साकेत धामं)मा आयोजना गरिएको कार्यक्रममा वैजनाथ समूहलाई जिल्ला वन कार्यालय कञ्चनपुरले रु पाँच हजार र प्रमाणपत्रसहित प्रथम पुरस्कार प्...
चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रफल बढ्यो

चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रफल बढ्यो

रत्ननगर (चितवन) । दुर्लभ वन्यजन्तुको वासस्थान रहेको चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रफलमा वृद्धि भएको छ । राजपत्रमा प्रकाशित सूचनाअनुसार निकुञ्जको क्षेत्रफल २०दशमलव ६३ वर्गकिलोमिटर बढेको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले बताउनुभयो । यसअघि उक्त निकुञ्जको क्षेत्रफल ९३२ वर्गकिमी रहेकामा ३८ वर्षपछि क्षेत्रफल थपिएर अहिले ९५२दशमलव६३ वर्गकिमी भएको सूचना अधिकारी अर्यालको भनाइ छ । निकुञ्ज ...
अपडेट :अक्षराङ्कन प्रणालीपछि एसइईको नजितामा सुधार

अपडेट :अक्षराङ्कन प्रणालीपछि एसइईको नजितामा सुधार

काठमाडौँ । अक्षराङ्कन पद्धतिमा प्रकाशित २०७३ को माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा गत वर्षको तुलनामा यस वर्ष बढी विद्यार्थी सफल भएका छन् । विद्यार्थीको लब्धाङ्कपत्र (ग्रेड सिट) मा उत्तीर्ण र अनुत्तीर्ण उल्लेख नभई विषयगत ग्रेड दिइने र समग्रमा स्तरीकृत अङ्क (जिपिए) दिइने अक्षराङ्कन (लेटर ग्रेडिङ) का कारण यो सुधार देखिएको हो । ‘अक्षराङ्कन’ (लेटर ग्रेडिङ) भन्नाले तोकिएको सक्षमताको मूल्याङ्कन...
error: Content is protected !!