मतदान केन्द्रमा पुग्न पाँच घन्टा हिँड्नुपर्ने बाध्यता

मतदान केन्द्रमा पुग्न पाँच घन्टा हिँड्नुपर्ने बाध्यता

रुकुम। आगामी असार १४ गते दोस्रो चरणको स्थानीय तहको निर्वाचमा यहाँको एक मतदान केन्द्रमा पुग्न मतदातालाई पाँच घन्टा पैदल हिँड्नुपर्ने भएको छ । ५ नं प्रदेशमा पर्ने रुकुमको भुमे गाउँपालिका–८ मा रहेको मतदान केन्द्रमा पुग्न त्यहाँका अधिकांश ठाउँका मतदातालाई पाँच घन्टाभन्दा बढी समय हिँड्नुपर्ने बाध्यता भएको हो । साविकको रुकुमकोट गाविसको ४ नं वडा र महत गाविसका ७ र ८ वडा मिलाएर बनाइएको भुमे–८ को मतदान...
एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल

एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल

रामपुर (पाल्पा) । पाल्पाको रामपुर नगरपालिकामा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच चुनावी तालमेल भएको छ । एमालेका जिल्ला अध्यक्ष नारायणप्रसाद आचार्य र माओवादी केन्द्रका जिल्ला इन्चार्ज वसन्त शर्माद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा चुनावी तालमेल गरेर मतदानमा एकअर्कालाई सहयोग गर्ने जनाइएको छ । रामपुर नगरपालिकाको नगर प्रमुख र उपप्रमुख पदमा एमालेलाई माओवादी केन्द्रले सहयोग गर्ने तथा नग...
एक गाग्री पानीका लागि घन्टौँ हिँड्नुपर्ने बाध्यता

एक गाग्री पानीका लागि घन्टौँ हिँड्नुपर्ने बाध्यता

जाजरकोट। त्रिवेणी नलगाड नगरपालिका–४, प्यारगाराकी सुशीला सार्कीलाई एक गाग्री पानी ल्याउन दैनिक छ घन्टाको समय खर्चनुपर्छ । घर नजिक पानीको सुविधा नहुँदा सुशीला मात्र हैन प्यारगाराका ३० घरपरिवारलाई तीन घन्टा टाढाको नाउलोबाट पिउने पानी ओसार्नुपर्ने बाध्यता छ । प्यारगाराका ३० घरपरिवारका पशुचौपायालगायतको पनि एकमात्र पानीको स्रोत हो, छिपछिपे मूलको नाउलो । यसमा पानीको स्रोत कम हुँदा गाग्री लिएर ...
चिकित्सकको कमजोरीले मृत्यु भएकी सुत्केरीको शव सहमतिपछि उठाईयो

चिकित्सकको कमजोरीले मृत्यु भएकी सुत्केरीको शव सहमतिपछि उठाईयो

रत्ननगर (चितवन)। भरतपुर अस्पतालका चिकित्सकको कमजोरीका कारण सुत्केरीको मृत्यु भएको भन्दै आन्दोलित भएका स्थानीयले सहमतिपछि शव बुझेका छन् । चितवनको भरतपुरमा व्यवसाय गर्दै आएकी नवलपरासीकी कोपिला ज्ञवालीको यही जेठ ७ गते शल्यक्रिया गरी बच्चा निकालिएको थियो । उनको आइसियुमा राखेर उपचार गर्दा पनि सफल नहुँदा १९ दिनपछि गत शनिबार मृत्यु भएको थियो । चिकित्सकको लापर्बाहीले उनको मृत्यु भएको भन्दै स्थानीय आन्दो...
नुवाकोटमा दुई सय म्यादी प्रहरीले दिए राजीनामा

नुवाकोटमा दुई सय म्यादी प्रहरीले दिए राजीनामा

नुवाकोट। स्थानीय तह निर्वाचन सुरक्षाका लागि नुवाकोटमा भर्ना भएका २०३ जना म्यादी प्रहरीले सेवाबाट राजीनामा दिएका छन् । सरकारले चैत अन्तिम साता नियुक्ति गरेको म्यादीलाई दोस्रो चरणको स्थानीय तहको निर्वाचनको समयसम्म सेवामा निरन्तरता दिने जनाए पनि २०३ ले पदबाट राजीनामा दिएर सेवा छाडेका छन् । स्थानीय तह निर्वाचन सम्पन्न भइसकेको जिल्लाका म्यादीलाई सेवा निरन्तरता दिन नचाहेमा राजीनामा दिन पाउने व्यवस...
भूकम्प प्रभावित ३१ जिल्लामा १० लाख ५२ हजार ९४८ आवासीय घर क्षति

भूकम्प प्रभावित ३१ जिल्लामा १० लाख ५२ हजार ९४८ आवासीय घर क्षति

काठमाडौ । भूकम्प प्रभावित ३१ जिल्लामा १० लाख ५२ हजार ९४८ आवासीय निजी घरको क्षति मूल्याङ्कन गरिएको छ । केन्द्रीय तथ्याङ्क विभागले आज यहाँ आयोजना गरेको कार्यक्रममा भूकम्पबाट अति प्रभावित १४ र प्रभावित १७ गरी ३१ जिल्लाको क्षतिको विवरण सङ्कलन गरी सार्वजनिक गरिएको प्रतिवेदनमा सो क्षति मूल्याङ्कन गरिएको हो । क्षति भएका घरमा बस्ने १० लाख ३६ हजार ५६८ परिवारको जनसाङ्ख्यिक, सामाजिक र आर्थिक विवरण पनि ...
घाँटी मरुवा रोगबाट धान बाली नष्ट

घाँटी मरुवा रोगबाट धान बाली नष्ट

हेटौँडा। हेटौँडा उपमहानगरपालिकाको हटियामा धान बालीमा लाग्ने घाँटी मरुवा रोगबाट धान बाली सखाप भएकाले स्थानीयवासी चिन्तित बनेका छन् । दुःख गरी लगाएको धान बालीमा घाँटी सुक्ने, कालो हुने र बोट मर्ने गर्न थालेपछि स्थानीयवासीको गुनासो पनि बढेको छ । स्थानीय किरण वाग्लेका अनुसार हटियाको छमुरे फाँटमा पाँच बिघा खेतमा लगाएको धानको बोट घाँटी मरुवा रोगको सङ्क्रमणले नष्ट भएको छ । उहाँले यो रोगबाट किसान म...
आँप कुहिएर झर्न थालेपछि किसान चिन्तित

आँप कुहिएर झर्न थालेपछि किसान चिन्तित

पाल्पा। आँप कुहिएर झर्न थालेपछि यहाँका किसान चिन्तित छन् । स्थानीय रम्भा गाउँपालिका–१ हुँगीका किसान यसपालि राम्रो फल लाग्ने आशामा रहे पनि आँप झरेर भुइँभरि झर्न थालेपछि किसान समस्यामा परेका हुन् । आँप खेतीका लागि उपयुक्त रहेको हुँगीमा बोटमै रहेको आँपको बीच भाग फुटेर किरा लाग्ने र झर्ने गर्न थालेपछि किसान मर्कामा परेका हुन् । यहाँका २०० भन्दा बढी घरपरिवारले आँप खेती गर्दै आएका छन् । रम्भा गाउँप...
व्यवसायी श्रेष्ठको रिहाइको माग

व्यवसायी श्रेष्ठको रिहाइको माग

दाङ । तुलसीपुर उद्योग वाणिज्य सङ्घले शुक्रबार अपहरणमा परेका तुलसीपुरका प्रतिष्ठित व्यापारी राजकुमार श्रेष्ठको सकुशल रिहाइको माग गरेको छ । सङ्घका अध्यक्ष विमल रिजालले यथाशक्य रिहाइका लागि अपिल एवम् सुरक्षा निकायलाई खोजीकार्यका लागि अनुरोध गर्नुभएको छ । साथै उहाँले व्यावसायिक सुरक्षामा गम्भीर बन्न प्रहरी प्रशासनसँग अनुरोध पनि गर्नुभएको छ । अध्यक्ष रिजालले सत्य तथ्य सूचना प्रहरीलाई उपलब्ध गराई ...
भारतमा भएको सडक दुर्घटनामा १९ को मृत्यु

भारतमा भएको सडक दुर्घटनामा १९ को मृत्यु

नयाँदिल्ली । उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा आइतबार एउटा नहरमा कार खसेर भएको दुर्घटनामा परी कम्तीमा १० को मृत्यु भएको छ । मथुरा जिल्लाको मथुरा जजामपाटी सडक खण्डमा पर्ने मोगार्रा गाउँमा स्थानीय समयानुसार विहान ०४ः३० बजेतिर दुर्घटना भएको स्थानीय प्रहरी कार्यालयका प्रमुख आदित्य शुक्लाले सञ्चारकर्मीलाई बताउनुभएको छ । यस घटनामा ज्यान गुमाएका मध्ये नौ जना एउटै परिवारका भएको बताइएको छ । उनीहरु...
बाघको सङ्ख्यामा वृद्धि भएको अनुमान

बाघको सङ्ख्यामा वृद्धि भएको अनुमान

चितवन। दुर्लभ वन्यजन्तु पाटेबाघका लागि राम्रो बास्थान मानिएको चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्यामा वृद्धि भएको अनुमान गरिएको छ । सन् २०१३ मा गरिएको गणनामा यो निकुञ्जमा एक सय २० वटा वयस्क बाघ रहेका थिए । सो अवधिमा देशभर यो सङ्ख्या १९८ रहेको थियो । चितवनबाहेक बर्दिया, पर्सा, शुक्लाफाँटा र बाँकेमा पाटेबाघ पाइन्छ । चितवन राष्ट्रिय निकुञ्जभित्र १५ दिनदेखि क्यामरा ¥यापिङ गरेर बाघको अनुगमन...
दुर्घटना न्यूनीकरण गर्न राजमार्गमा जेब्रा क्रसिङको निर्माण

दुर्घटना न्यूनीकरण गर्न राजमार्गमा जेब्रा क्रसिङको निर्माण

कञ्चनपुर । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने कञ्चनपुरका विभिन्न ठाउँमा जेब्रा क्रसिङ बनाइएको छ । डिभिजन सडक कार्यालय कञ्चनपुरले दिप तामाकोसी कन्ट्रक्सनलाई रु बीस लाखमा ठेक्का दिई जेब्रा क्रसिङ र सेन्टर लाइनको निर्माण कार्य गराएको हो । बढी भिडभाड हुने गड्डाचौकीदेखि अत्तरियासम्मको एक हजार सात सय स्क्वायर मिटर क्षेत्रमा जेब्रा क्रसिङ र सेन्टर लाइनको नि...
कैदीबन्दीको निःशुल्क आँखा परीक्षण

कैदीबन्दीको निःशुल्क आँखा परीक्षण

दाङ । दाङ कारागारमा रहेका कैदीबन्दीको निःशुल्क आँखा परीक्षण गरिएको छ । राप्ती आँखा अस्पताल रक्षाचौर दाङको सहयोगमा शनिवार आयोजना गरिएको आँखा परीक्षणमा २० जना महिलासहित एक सय २७ जना कैदीबन्दीले आँखा परीक्षण गराएको अस्पतालका अधिकृत शालिकराम गौतमले जानकारी दिनुभयो । कैदीबन्दीलाई अस्पतालसम्म लैजान कठिनाई हुने भएकाले सहजताका लागि कारागारभित्रै आँखा परीक्षण कार्यक्रम आयोजना गरिएको कारागार प्रशासन...
गैँडाले हानेर एक गम्भीर

गैँडाले हानेर एक गम्भीर

रत्ननगर (चितवन)। पश्चिम चितवनको दिव्यनगर र मेघौलीको सिमाना क्षेत्रमा आज गैँडाले हानेर एक पुरुष गम्भीर घाइते भएका छन् । स्थानीय राधाकृष्ण सामुदायिक वनमा घाँस काट्न गएका बेला बिहान ८ बजे गैँडाले हानेर ४५ वर्षीय झक्की भण्डारी क्षेत्री गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ । गैँडाले हानेर भरतपुर महानगरपालिका वडा नं २७ का भण्डारीको छाती, हातखुट्टा र तिघ्रामा गम्भीर चोट लागे...
दुर्घटनामा परी १० घाइते

दुर्घटनामा परी १० घाइते

नवलपरासी। पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी मध्यविन्दु–८ अरुणखोला र चोरमारा जङ्गलमा आज बिहान भएको सवारी दुर्घटनामा परी १० जना घाइते भएका छन् जसमध्ये चारको अवस्था गम्भीर छ । काठमाडौँबाट कपिलवस्तु हिँडेको लु १ ख ७०४६ नंको बसले सोही दिशाबाट आउँदै गरेको ना ६ प १०९५ नंको ट्रकलाई पछाडिबाट ठक्कर दिँदा सो दुर्घटना भएको थियो । दुर्घटनामा परी बसमा सवार १० जना घाइते भएका छन् । घाइते हुनेहरुमा रुप...
एचआइभी उपचार लिइरहेकाको डाटा लिने कार्य सम्पन्न

एचआइभी उपचार लिइरहेकाको डाटा लिने कार्य सम्पन्न

बुटवल। लुम्बिनी अञ्चल अस्पताल बुटवलको एआरटी (एन्टिरेट्रोभाइरल ट्रिटमेन्ट) केन्द्रबाट एचआइभी उपचार सेवा लिइरहेका १०१४ जनाको भौतिक डाटा अडिट गर्ने कार्य सम्पन्न भएको छ । लुम्बिनी अञ्चल अस्पताल र एएचएफ नेपालको संयुक्त आयोजनामा एचआइभी उपचाररत बिरामीको भौतिक डाटा अडिट कार्य सम्पन्न भएको हो । एचआइभी बिरामीको भौतिक डाटा अडिट गर्ने गर्दा नियमित उपचार सेवामा रहेका सङ्क्रमितमध्ये १७ जनाको अवस्था हाल...
गोसाइँकुण्डमा अवतरणका क्रममा हेलिकप्टर दुर्घटना

गोसाइँकुण्डमा अवतरणका क्रममा हेलिकप्टर दुर्घटना

रसुवा । गोसाइँकुण्डका लागि यात्रु लिई काठमाडौँबाट उडेको मनाङ एयरको हेलिकप्टर केही बेर अगाडि अवतरणको क्रममा क्षति भएको छ । छ जना यात्रु बोकेको उक्त हेलिकप्टरको तेलरोटर (पुच्छरको भाग) गोसाइँकुण्डको हेलिप्याडमा अवतरण गर्ने क्रममा ठोक्किँदा सामान्य क्षति भएको मनाङ एयरले जनाएको छ । हेलिकप्टरका यात्रु र चालक सबै सकुशल रहेका छन् । हेलिकप्टर मर्मत गरी काठमाडौँ लान र गएका यात्रु फिर्ता लैजान प्राविधिक ...
चुडामणि शर्मालाई थप ६ दिन थुनामा राख्न अनुमति

चुडामणि शर्मालाई थप ६ दिन थुनामा राख्न अनुमति

काठमाडौ । विशेष अदालतले आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मालाई थप ६ दिन थुनामा राख्न अनुमति दिएको छ । अख्तियारले दोस्रोपल्ट म्याद थपका लागि शर्मालाई शुक्रबार विशेष अदालतमा पेस गरेको थियो । गत शुक्रबार पक्राउ परेका शर्मालाई विशेष अदालतले गत आइतबार एक साता थुनामा राख्ने अनुमति दिएको हो ।
‘चितवन मिल्क’ पुनः सञ्चालन हुने

‘चितवन मिल्क’ पुनः सञ्चालन हुने

चितवन । घाटा भएपछि करिब दुई वर्षअघि बन्द भएको ‘चितवन मिल्क उद्योग’ आउँदो साउन १ गतेबाट पुनःसञ्चालनमा आउने भएको छ । भरतपुर महानगरपालिका– १ ठिमुरामा स्थापना गरिएको सो उद्योग दैनिक दुई लाख लिटर दूध प्रशोधन गर्ने क्षमताको रहेको छ । चितवन मिल्क प्रालिका अध्यक्ष राजुबाबु श्रेष्ठकाअनुसार बिग्रिएका उपकरण जडान र मर्मत सम्भार गर्ने काम सम्पन्न भएको छ । “उद्योगले परीक्षण उत्पादन सफलता पूर्वक सम्पन्न ...
बागलुङ बन्द फिर्ता

बागलुङ बन्द फिर्ता

बागलुङ । बिहीबारदेखि बन्द रहेको बागलुङ बजार आज दिउँसोबाट खुलेको छ । बेपत्ता युवकको खोजीको माग गर्दै पीडित पक्षले बिहीबारदेखि बागलुङ बजार बन्द गराएको थियो । अवैध लागुऔषध बोकेको आरोपमा प्रहरीले पक्राउ गर्न खोज्दा भागेर बेपत्ता भएका बागलुङ नगरपालिका–३ का १७ वर्षीय सुनिल पुन नभेटिएपछि परिवार र आफन्तजनले आक्रोशित भएर बजार बन्द गराएका थिए । मङ्गलबार साँझ पर्वत–बागलुङको सीमास्थल मालढुङ्गाबाट प्रहरील...
चोक चोकमा सिसी क्यामरा

चोक चोकमा सिसी क्यामरा

भक्तपुर । चोरी, डकैतीलगायत आपराधिक घटनालाई नियन्त्रण गर्न महानगरीय प्रहरी वृत्त थिमिले चोक÷चोकमा सिसी क्यामरा जडान गरेको छ । मध्यपुर थिमि नगरपालिकाको रु पाँच लाख र अन्य केही दातृ निकायको सहयोगमा प्रहरीले थिमिको चोक चोकमा २० वटा सिसी क्यामरा जडान गरेको हो । मध्यपुरथिमि क्षेत्रमा बढ्दो अपराध न्यूनीकरण गर्नका लागि सिसी क्यामरा जडान गरिएको वृत्तका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलीले जानकारी द...
एघार महिनामा पाँच लाख ६९ हजार सवारी चालकलाई कारबाही

एघार महिनामा पाँच लाख ६९ हजार सवारी चालकलाई कारबाही

काठमाडौ। ट्राफिक प्रहरी महाशाखाले चालु आर्थिक वर्षको जेठ २५ गतेसम्म सवारी नियम उल्लङ्घन गर्ने पाँच लाख ६९ हजार ८१५ सवारी साधनका चालकलाई कारबाही गरेको छ । आर्थिक वर्ष २०७२÷७३ मा पाँच लाख ४८ हजार ४७० सवारी साधनका चालक कारबाहीमा परेका थिए । गत आवमा पाँच हजार ६६८ दुर्घटनामा १६६ जनाको मृत्यु, २७५ जना गम्भीर घाइते तथा तीन हजार ९०१ जना सामान्य घाइते भएका थिए । कमजोर सडक पूर्वाधार, कमजोर ट्राफिक न...
बाजुरामा भारी वर्षा जनजीवन कष्टकर

बाजुरामा भारी वर्षा जनजीवन कष्टकर

बाजुरा। एक सातादेखि आएको वर्षाका कारण जिल्लाको जनजीवन कष्टकर बनेको छ । एक सातादेखि आएको वर्षाका कारण जिल्लावासीलाई आवतजावतमा कठिनाइ भएको छ । अबिरल वर्षाका कारण उत्तरी भेगको हिमाली गाउँपालिका– ३ युनामा आएको बाढीका कारण ३८ पशु बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वर्षासँगै आएको बाढीले हिमाली गाउँपालिका– ३ युनावासीका १९ वटा गोरु र १९ भेडा बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्...
टाटासुमो दुर्घटनामा चालकको मृत्यु, ७ घाइते

टाटासुमो दुर्घटनामा चालकको मृत्यु, ७ घाइते

काठमाडौं। काठमाडौंबाट दोलखातर्फ जाँदै गरेको टाटासुमो जिप बीपी राजमार्गअन्तर्गत गोलन्जोर गाउँपालिका ७ भालुखोला नजिक शुक्रबार दिउँसो दुर्घटना हुँदा चालकको घटनास्थलमा नै मृत्यु भएको छ । ना १ ज ४९३५ नं को टाटासुमो जीप अनियन्त्रित भइ सडकबाट १५ फीट तल खस्दा दोलखा नाम्दु घर भएका चालक २४ वर्षीय रामहरि दासको मृत्यु भएको प्रहरी उपरीक्षक उमाशंकर पंजियारले जानकारी दिए । जिपमा सवार ७ जनामध्ये दुई जनाको अवस...
अवसर र सम्भावनाको खोजी गर्दै दुबईको अबुधाबीमा नेपाली महिला

अवसर र सम्भावनाको खोजी गर्दै दुबईको अबुधाबीमा नेपाली महिला

अबुधाबी (दुबई)। आम्दानीका लागि देशमा अवसर र सम्भावना नदेखेपछि बिदेसिने महिला तथा पुरुषको सङ्ख्या बढ्दो छ । घरको आर्थिक जिम्मेवारी पुरुषले मात्र सम्हाल्नुपर्ने सोचमा परिवर्तन हुनथालेसँगै रोजगारीका लागि स–साना बालबच्चालाई छाडेर विदेसिने महिलाको सङ्ख्यामा पनि वृद्धि हुन थालेको हो । रोजगारीको मुख्य गन्तव्यमध्येको एक दुबईमा पनि नेपाली कामदारको सङ्ख्या उल्लेख्य छ । अन्तर्राष्ट्रिय ट्रान्जिटका ...
उपत्यकामा ५८५ किमी पाइप बिच्छ्याइयो

उपत्यकामा ५८५ किमी पाइप बिच्छ्याइयो

काठमाडौ। बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको पाइप बिच्छ्याउने काम तीव्र गतिमा अगाडि बढेको छ । उपत्यकावासीलाई असोजभित्र खानेपानी खुवाउने लक्ष्यका साथ काम भइरहेको आयोजनाले जनाएको छ । उपत्यकाभित्र पानी पु¥याउनका लागि ६७० किलोमिटर पाइप बिच्छ्याउनुपर्ने भए पनि हालसम्म ५८५ किमी क्षेत्रमा पाइप बिच्छ्याइसकिएको मेलम्ची खानेपानी आयोजना–२, आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना प्रमुख तिरेश खत्रीले...
लागुऔषधसहित भारतीय पक्राउ

लागुऔषधसहित भारतीय पक्राउ

बागलुङ। अवैध लागुऔषधसहित भारतीय नागरिक दीपेन्द्र हरिजन पक्राउ परेका छन् । भारतको महाराजगन्च, झिम्टी गाउँका १८ वर्षीय हरिजनलाई बागलुङ नगरपालिका–१ रामरेखाबाट प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको हो । उनको साथबाट लागुऔषध फेनार्गन, नुर्फिन, डाइजपाम सय–सय एम्पुल र नाइट्राजेपाम दुई पत्ता बरामद गरिएको प्रहरीले जनाएको छ । हरिजनलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रनाउ अनि...
जबर्जस्ती करणीका फरार अभियुक्त पक्राउ

जबर्जस्ती करणीका फरार अभियुक्त पक्राउ

बर्दिया । जबर्जस्ती करणी मुद्दामा फरार अभियुक्त पक्राउ परेका छन् । बर्दियाको गुलरिया नगरपालिका–७ चौगुर्जीका २५ वर्षीय महेस यादवलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी निरीक्षक हेमबहादुर शाहीको टोलीले राजापुर नगरपालिका–७ शङ्कर बस्तीमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाइएको छ । यादव २०७३ साल असोज ६ गते दिउँसो धान खेतीमा १५ वर्षीय बालिकालाई जबर्जस्...
चमेलिया नदीमा एक किशोर बेपत्ता

चमेलिया नदीमा एक किशोर बेपत्ता

बैतडी। चमेलिया नदीमा पौडी खेलिरहेका बेला आज साँझ ५ बजे एक किशोर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा बैतडी डिलाशैनी गाउँपालिका– ५ गोकुलेश्वर मगराउँका १६ वर्षीय राजु नाथ (नवीन) रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो । ट्युबमाथि चढेर चमेलिया नदीमा पौडी खेलिरहेका बेला उनी एक्कासी बेपत्ता भएका हुन् । बेपत्ता किशोरको प्रहरी र स्थानीय बासिन्दाले खोज...
प्रधानमन्त्री देउवासहित मन्त्रीहरु पुगे सन्तको शरणमा (फोटो फिचरसहित)

प्रधानमन्त्री देउवासहित मन्त्रीहरु पुगे सन्तको शरणमा (फोटो फिचरसहित)

काठमाडौ। प्रधानमन्त्री शेरबहादुर देउवा र केही मन्त्रीहरु सन्त कृष्णदास जी महाराजको आश्रममा पुगेका छन् । पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा दाहाललाई भैंसीको पूजा गराएका सन्त कृष्णदास जी महाराजसँग देउवासहितका मन्त्रीहरुले आशीर्वाद लिएका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवा, उनकी पत्नी आरजु, उपप्रधानमन्त्रीद्वय विजयकुमार गच्छदार र कृष्णबहादुर महरा, अर्थमन्त्री ज्ञानेन्द्र कार्की लगायत सन्तको आश्रमम...
लडेर एकको मृत्यु

लडेर एकको मृत्यु

रुकुम । खेतमा रोपाइको काम सकेर घर फर्कदै गर्दा बाटोमा लडेर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुम चौरजहारी नगरपालिका–५ का ४८ वर्षीय महावीर ओली रहेको छ । बाटोमा लडेका ओली चौरजहारी टार सिँचाइ आयोजनाको नहरमा डुबेको अवस्थामा स्थानीयले आज दिउँसो फेला पारेको इलाका प्रहरी कार्यालय चौरजाहारीले जनाएको छ ।
error: Content is protected !!