- संगालोखबर सम्वाददाता

धनकुटा, १६ असार । धनकुटाको खाल्सा छिन्ताङ्ग सहीदभूमी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका मनोज राई विजयी भएका छन । उनले ४ हजार ५४ मत प्राप्त गरेका छन । यता निकटतम प्रतिद्धन्द्धी नेकपा माओवादी केन्द्रका भरतसिंह राईले १ हजार ५ सय ७९ मत पाएका छन ।

Advertisement

एमालेका राई २ हजार ४ सय ७५ मतान्तरले बिजयी भएका हुन । उपाध्यक्षमा पनि एमालेकी रत्नश्वरी राई बिजयी भएकी छन । उनले ३ हजार ९ सय १६ मत पाएकी छन भने उनका निकटतम प्रतिद्धन्द्धी माओवादी केन्द्रका राम कुमारी राईले १ हजार ५ सय ३४ मत पाएकी छन । खाल्साको १ नम्बर वडाध्यक्षमा काग्रेस बिजयी भएको छ ।

त्यसबाहेक गाउँपालिकाका वाँकी ३६ वटै पदमा एमाले बिजयी भएको सहायक निर्वाचन अधिकृत इन्दिरा न्यौपानेले जानकारी दिएकी छन् । १० हजार ९ सय २८ कुल मतदाता रहेको खाल्सामा ८ हजार २६ मत खसेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!