एकैघरका दाजुभाइ काँग्रेस र एमालेबाट वडाध्यक्षका उम्मेदवार

एकैघरका दाजुभाइ काँग्रेस र एमालेबाट वडाध्यक्षका उम्मेदवार

गुल्मी (तम्घास)। दोस्रो चरणमा आगामी असार १४ गते हुन लागेको स्थानीय तहको चुनावमा गुल्मीमा एकै परिवारका दुई दाजुभाइ वडाध्यक्ष पदमा उम्मेदवार बन्ने भएका छन् । मुसिकोट नगरपालिका–४ अन्तर्गत बडागाउँका यमबहादुर खत्री र ओमबहादुर खत्री दुईभाइ एकै पदमा उम्मेदवार बन्ने भएका हुन् । उम्मेदवार दुई दाजुभाइमध्ये दाजु यमबहादुर खत्री नेपाली काँग्रेसको तर्फबाट र भाइ ओमबहादुर खत्री नेकपा (एमाले) को तर्फबाट उम्मेदव...
शर्मालाई थुनामा राखेर अनुसन्धान गर्न एक हप्ता म्याद

शर्मालाई थुनामा राखेर अनुसन्धान गर्न एक हप्ता म्याद

काठमाडौँ। विशेष अदालतले कर निर्धारणसम्बन्धी विषयमा भ्रष्टाचार गरेका अभियोगमा पक्राउ परेका आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मालाई थप अनुसन्धानका लागि एक हप्ता म्याद दिएको छ । भ्रष्टाचारका अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा शुक्रबार पक्राउ परेका शर्मालाई आयोगले आज बिहान विशेष अदालतमा उपस्थित गराएपछि शनिबारदेखि लागू हुने गरी शर्मालाई थुनामा राखेर अनुसन्धान गर्न म्य...
बस दुर्घटनामा २६ घाइते

बस दुर्घटनामा २६ घाइते

बनेपा। काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको तीनपिप्लेमा आज बिहान एउटा बस सडकबाट झन्डै २० मिटर तल खस्दा २६ जना घाइते भएका छन् । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । काठमाडौँबाट यात्रु लिएर जिल्लाको कार्तिके देउराली जाँदै गरेको बा२ख ६४४१ नं को बस अनियन्त्रित भएर अरनिको राजमार्ग सडकबाट तल खसेको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिनु...
पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

रत्ननगर (चितवन)। चितवनको माडीमा पिकनिक खान गएका दुई बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ । शनिबार साथीहरुसँग पिकनिक खान गएका माडी नगरपालिका–६ रामराज्यपुरका १२ वर्षीया दीपशिखा परियार र सात वर्षीया दीपिका सुनारको पानीमा डुबेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार पानीमा डुबेर गम्भीर बनेका उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो । दिनेश परियारकी छोरी दीपशिखा र द...
काबुलमा गराइएको विस्फोटमा अठार जनाको मृत्यु, बाह्र घाइते

काबुलमा गराइएको विस्फोटमा अठार जनाको मृत्यु, बाह्र घाइते

काबुल (अफगानिस्तान)। अफगानिस्तानको राजधानी काबुलमा शनिबार एक अन्त्येष्टि समारोहलाई लक्षित गरी गराइएको विस्फोटमा परी १८ जनाले ज्यान गुमाएकोे र १२ जना घाइते भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । यसअघि विष्पाटमा परीे कम्तीमा १० जनाको मृत्यु भएको प्रारम्भिक सूचना रहेको गृहमन्त्रालयका प्रवक्ता नाजिव डेनिसले दिनुभएको थियो । हमलाकारीले अन्तेष्टि समारोहका सहभागीलाई लक्षित गरी एक पछि अर्को गर्दै ...
नदीमा डुबेर बालक बेपत्ता

नदीमा डुबेर बालक बेपत्ता

दमौली। तनहुँको व्यास नगरपालिका वडा नं १० बोटेगाउँ नजिकै मादी नदीमा पौडी खेल्न गएका एक बालक शनिबार अपराह्न डुबेर बेपत्ता भएका छन् । डुबेर बेपत्ता हुनेमा १२ वर्षीय सागर परियार रहेको जिल्ला प्रहरी कार्यालय, तनहुँले जनाएको छ । दुईजना साथीसँग पौडी खेल्न गएका ती बालक नदीमा डुबेर बेपत्ता भएका हुन् । अर्का एक बालकलाई भुमरीमा घुमाइरहेका बेला पवित्रा बोटेले उद्धार गर्नुभएको थियो । दुई सयभन्दा बढी स...
ठूलो परिमाणमा हातहतियारसहित एक जना पक्राउ

ठूलो परिमाणमा हातहतियारसहित एक जना पक्राउ

दाङ। इलाका प्रहरी कार्यालय, तुलसीपुरले ठूलो परिमाणमा हातहतियारसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–४ तरुलेका ६३ वर्षीय विक्रम कामी रहेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिनाले जानकारी दिनुभयो । प्रहरीले कामीको साथबाट चारवटा पेस्तोल, दुईवटा भरुवा बन्दुक, इन्सासमा लाग्ने नौवटा गोली, एसएलआरमा लाग्ने एउटा गोली, दुई किलो बारुद, हतियार बनाउ...
पुनः मतदान गराउँने निर्णयको बिरोधमा प्रमुख निर्वाचन आयुक्तको पुत्ला दहन

पुनः मतदान गराउँने निर्णयको बिरोधमा प्रमुख निर्वाचन आयुक्तको पुत्ला दहन

काठमाडाै‌ । निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुन: मतदान गर्ने निर्णय गरेपछि प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवको पुत्ला जलाइएकाे छ । एमाले निकट युवा संघ र अनेरास्ववियूले प्रमुख निर्वाचन आयुक्त यादवको पुत्लासँगै निर्वाचन अायाेगकाे निर्णयको प्रतिलिपि पनि जलाएका छन । आयोगको शनिबार दिउँसोको निर्णयलगत्रै माइतीघरमा भेला भएका उनीहरुले पुतला जलाएका हुन् । एमालेले भरतपुरमा...
देउवाले दिए प्रधानमन्त्रीका लागि उम्मेदवारी

देउवाले दिए प्रधानमन्त्रीका लागि उम्मेदवारी

काठमाडौँ। नयाँ प्रधानमन्त्रीका लागि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज व्यवस्थापिका–संसद्, सचिवालयमा उम्मेदवारी दर्ता गराउनुभएको छ । सभापति देउवाको प्रस्तावकमा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहनुभएको छ । यस्तै समर्थकमा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार, समाजवादी जनता दलका अ...
ढिंडोसँग आलु र भन्टाको तरकारी खादा आमाछोराको मृत्यु

ढिंडोसँग आलु र भन्टाको तरकारी खादा आमाछोराको मृत्यु

बेनी (म्याग्दी)। मङ्गला–५ छिस्वाङमा माइत आएका एक महिला र उनका छोराको विषाक्त खानाका कारण ज्यान गएको छ । शुक्रबार बिहान ढिंडोसँग आलु र भन्टाको तरकारी खाएका उनीहरु त्यसलगत्तै बेहोस भएका थिए । स्थानीयवासीको सहयोगमा प्राथमिक स्वास्थ्य केन्द्र दरबाङ पु¥याइए पनि त्यहाँ उपचार सम्भव नभएपछि चारै जनालाई बेनी अस्पताल ल्याइएको थियो । बेनी अस्पतालमा उपचारका क्रममा रघुगङ्गा–८ पात्लेखर्ककी २० वर्षीया चिना ...
पत्रकार महासङ्घको अधिवेशनमा सरकारले ३० लाख अनुदान दिने

पत्रकार महासङ्घको अधिवेशनमा सरकारले ३० लाख अनुदान दिने

काठमाडौँ। सरकारले नेपाल पत्रकार महासङ्घको अधिवेशन सम्पन्न गर्नका लागि रु ३० लाख अनुदान दिने निर्णय भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले मे २ तारिखलाई सूचना तथा सञ्चार प्रविधि दिवसका रुपमा मनाउने निर्णय गरेको छ । बैठकले स्थानीय तहको निर्वाचन सम्पन्न भएका स्थानमा कर्मचारी पठाउने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले बताउनु ...
अपहरण शैलीमा नेपालीलाई पक्राउ गर्न आएका भारतीय प्रहरी माफी मागेर फर्किए

अपहरण शैलीमा नेपालीलाई पक्राउ गर्न आएका भारतीय प्रहरी माफी मागेर फर्किए

भीमदत्तनगर। नेपाल प्रहरीसित समन्वय नगरी अपहरणको शैलीमा नेपाली नागरिकलाई पक्राउ गरी भारत लैजाँदै गरेको अवस्थामा डोटीबाट पक्राउ परेको भारतीय प्रहरीको टोलीलाई आज छोडिएको छ । भारतको कर्णाटक राज्यबाट आएको प्रहरी नायब उपरीक्षक नागराजसहितको टोलीलाई आज कञ्चनपुर प्रहरीले सीमावर्ती भारतीय बजार वनवासा थानाका प्रहरी नायब निरीक्षक राजेश पाण्डेयको जिम्मा लगाएको छ । नागराजसहितको पाँचजना भारतीय प्रहरी टोली कञ्च...
सूर्यगढीमा राष्ट्रिय झन्डा झन्डोत्तोलन

सूर्यगढीमा राष्ट्रिय झन्डा झन्डोत्तोलन

नुवाकोट। तिब्बती सेनासँग ऐतिहासिक युद्ध लडेको नुवाकोटको सूर्यगढीको संरक्षणका लागि गढीमा राष्ट्रिय झन्डा झन्डोत्तोलन गरिएको छ । विसं १८४५ देखि चार वर्षसम्म गोर्खाली (नेपाली सेना) ले युद्ध लडेर साहसिक सफलता पाएको सूर्यगढीको संरक्षण र प्रवद्र्धनका लागि विहिबार दश फिट लामो राष्ट्रिय झन्डा झन्डोत्तोलन गरिएको हो । सूर्यगढी पर्यटन विकास समितिको आयोजनामा सूर्यगढी गाउँपालिका–३ मा अवस्थित सूर्यगढीमा ...
आईजीपी नियुक्ति प्रकरण: सर्वोच्चको सुनुवाई सुरु

आईजीपी नियुक्ति प्रकरण: सर्वोच्चको सुनुवाई सुरु

काठमाडौं । आईजीपी नियुक्ति प्रकरणमा सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाई सुरु भएको छ । तर, बहस नसकिएपछि हेर्दाहर्दैमा राखिएको छ । बिहीबार ७ जना न्यायाधीशको वृहत पूर्ण इजलासमा बहस शुरु भएकोमा हेर्दा हेर्दैको अवस्थामा राखिएको हो । नवराज सिलवालको मुद्धाको सुनुवाई अब असार १ गते हुनेछ । बिहीबार बरिष्ठ अधिवक्ता शम्भु थापाले बहस गरेका थिए । वृहत पूर्ण इजलासमा न्यायाधीशहरु चोलेन्द्रशम्शेर जबरा...
सवारी ब्याक गरेर घाइते यात्रु मार्नेविरुद्ध कानुन बनाउन माग

सवारी ब्याक गरेर घाइते यात्रु मार्नेविरुद्ध कानुन बनाउन माग

काठमाडौ। सार्वजनिक यातायातले सडकमा हिँड्ने यात्रुलाई ठक्कर दिँदा ब्याक गरेर मार्ने प्रवृत्तिलाई कानुन बनाई अन्त गरिनुपर्नेमा जोड दिइएको छ । सयपत्री नगर महिला विकास समितिले सहकारी विकास बोर्डका उपसचिव ऋषिराम पण्डितको १३ औँ पुण्य तिथिका अवसरमा आज टोखा नगरपालिकाको बानियाँटारमा आयोजना गरेको श्रद्धाञ्जलि कार्यक्रममा वन तथा भू–संरक्षणमन्त्री शङ्कर भण्डारीले चालकले सवारी ब्याक गरेर मार्ने प्रवृत्त...
रुकुमका जङ्गलमा ८४ वटा पोखरी निर्माण

रुकुमका जङ्गलमा ८४ वटा पोखरी निर्माण

रुकुम। पानी खान नपाएर जङ्गली जनावरको मृत्यु हुन थालेपछि यहाँका जङ्गलमा पोखरी निर्माण गरिएको छ । जिल्ला समन्वय समितिअन्तर्गत नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमको आर्थिक सहयोगमा जिल्लाका मग्मा, दुली, घेत्मा, पूर्तिमकाँडा, अर्मा, रुकुमकोट, चौखावाङ र चनुवाङका विभिन्न जङ्गलमा ८४ वटा पोखरी निर्माण गरिएको हो । खानेपानी अभावका कारण जङ्गलमा जनावरको मृत्यु हुन थालेपछि त्यहाँस्थित सिम्सार क्षे...
एमएको परीक्षाफल प्रकाशित

एमएको परीक्षाफल प्रकाशित

काठमाडौ। त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७३ साल फागुन÷चैत महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) दोस्रो वर्ष (२०७३ नियमित)को राजनीतिशास्त्र विषयको परीक्षाको परीक्षाफल प्रकाशित गरिएको छ ।
तुइनलाई झोलुङ्गे पुलले प्रतिस्थापना गर्ने कार्य अन्तिम चरणमा

तुइनलाई झोलुङ्गे पुलले प्रतिस्थापना गर्ने कार्य अन्तिम चरणमा

काठमाडौ। सबै तुइनलाई झोलुङ्गे पुलले प्रतिस्थापना गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । प्रतिस्थापनाअन्तर्गत १७१ मध्ये विभिन्न जिल्लामा २४ झोलुङ्गे पुल निर्माण सम्पन्न भइसकेका छन् भने बाँकी अन्तिम चरणमा पुगेको स्थानीय पूर्वाधार विकास तथा तथा कृषि सडक विभागले जनाएको छ । विभागका महानिर्देशक रामकृष्ण सापकोटाले आगामी साउनको अन्तिमसम्ममा निर्माणाधीन सबै झोलुङ्गे पुलको निर्माण कार्य सम्पन्न भइसक्ने जान...
पाँच जातको धान सिफारिस

पाँच जातको धान सिफारिस

दाङ । यस वर्ष जिल्ला कृषि विकास कार्यालयले पाँचवटा जातको धानको बीउ सिफारिस गरेको छ । कार्यालयका अनुसार राम, सावा सब १, सुख्खा ३, सुख्खा ५ र सुख्खा ६ जातका धानको बीउ सिफारिस गरेको हो । कार्यालयको मसिना तथा बास्नादार धान उत्पादन कार्यक्रमअन्तर्गत ती बीउ किसानलाई ७५ प्रतिशत अनुदानमा बिक्री गरिने माटो विज्ञ दिगम्बर यादवले जानकारी दिनुभयो । किसानलाई पाँचवटै जातका बीउ सेवा केन्द्रबाट वितरण गरिने...
भूमे देवतालाई खुसी बनाउन लिङ्गो जुधाइ

भूमे देवतालाई खुसी बनाउन लिङ्गो जुधाइ

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा परम्परागतरुपमा गरिँदै आएको भूमेथानमा लिङ्गो जुधाइ प्रतियोगिताले यसवर्ष पनि निरन्तरता पाएको छ । प्रकृति पूजाका रुपमा चिनिने भूमे देवतालाई खुसी बनाउन मङ्गलबार दुई गाउँबीच लिङ्गो जुधाउने प्रतियोगिता सम्पन्न गरिएको हो । दग्नाममा विगत लामो समयदेखिको इतिहास बोकेको लिङ्गो जुधाउने प्रतिस्पर्धामा गैरी गाउँ र कान्छी गाउँले सहभागिता जनाउने गरेका छन् । द...
कक्षा ११ को परीक्षा असार १ बाट हुने

कक्षा ११ को परीक्षा असार १ बाट हुने

काठमाडाैं । कक्षा ११ को परीक्षा असार १ गतेबाट हुने भएको छ । सरकारले जेठ ३१ को दोस्रो चरणको चुनावलार्इ सुरूमा असार ९ र बुधबार असार १४ मा सार्ने निर्णय परेपछि ११ को परीक्षा अगाडि सारिएको हो । राष्ट्रिय परीक्षा बोर्ड (एनइबी) को बुधबार बसेको बैठकले ११ कक्षाको परीक्षा १ असारदेखि १० गतेसम्म गर्ने निर्णय छ । स्थानीय तह निर्वाचनका कारण पटक-पटक सारिँदै आएको परीक्षा यसअघि असार ८ गतेदेखि सुरु हुने ता...
सिसी क्यामेराको निगरानीमा सदरमुकाम बेँसीसहर

सिसी क्यामेराको निगरानीमा सदरमुकाम बेँसीसहर

बेसीसहर (लमजुङ) । जिल्लाको सदरमुकाम बँेसीसहर अव सिसी क्यामेराको निगरानीमा हुनेभएको छ । बजारको चोकचोकमा सिसी क्यामेरा जडान गरेपछि शान्ति सुरक्षामा सुधार आउने स्थानीयवासीले विश्वास गरेका छन् । लमजुङ उद्योग वाणिज्य सङ्घ बँेसीसहर इकाइको सक्रियतामा सीसी क्यामरा जडान गरिएको हो । जिल्ला न्यायाधीश अर्जुन अधिकारीले आज सिसी क्यामेराको उद्घाटन गर्नुभएको हो । बँेसीसहरको २३ वटा चोकमा जडान गरिएको सिस...
सय वर्षमा १ लाख बाघ लोप, ३५ सयमात्रै बाँकी

सय वर्षमा १ लाख बाघ लोप, ३५ सयमात्रै बाँकी

सय वर्ष अघिसम्म संसारभरि १ लाख बाघ थिए । सय वर्षपछि ३५ सयको हाराहारीमा मात्रै रहेका छन् । हिजोआज दक्षिण एसियाको १३ देशमा मात्रै बाघ पाइन्छन् । उल्लिखित देशमध्ये झन्डै भारतमा २३ सय र नेपालमा १ सय ९८ बाघ पाइन्छन् । नेपालको सबैभन्दा बढी बाघ चितवनमा पाइन्छ । त्यहाँ १२५ को हाराहारीमा बाघ रहेका छन् । नेपाल, भारत, भुटान, बंगलादेश, कोरिया, ताजकिस्तान, थाइल्यान्ड, श्रीलंका, चीन, मलेसिया, रूस, म्यानम...
बस दुर्घटनामा दुईको मृत्यु, चार गम्भीर

बस दुर्घटनामा दुईको मृत्यु, चार गम्भीर

हेटौँडा। मकवानपुरको मनहरी गाउँपालिका–६ नयाँबस्ती सुनाचुरीमा आज बिहान बस र टिपर एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा सङ्खुवासभा–३ बसोबास गर्ने २३ वर्षीय केशवबहादुर राई र भारतीय नागरिक ३० वर्षीय मोहम्मद साहउद्दिन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनीहरुलाई घटनास्थलबाट उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुरमा लैजाने क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक वसन्तकुम...
राष्ट्रपति र उपराष्ट्रपतिलाई अब यस्तो सुविधा, कति पाउँछन तलब ?

राष्ट्रपति र उपराष्ट्रपतिलाई अब यस्तो सुविधा, कति पाउँछन तलब ?

काठमाडौं। सरकारले राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयक मंगलबार संसदमा दर्ता गरेको छ । राष्ट्रपति/उपराष्ट्रपतिलाई सरकारको तजबिजी निर्णयका आधारमा उपलब्ध गराउँदै आएको सेवासुविधालाई पारदर्शी बनाउन ऐन बनाउन खोजिएको हो । राष्ट्राध्यक्षको मासिक पारिश्रमिक १ लाख ५० हजार ४ सय ५० र उपराष्ट्रपतिका लागि १ लाख ८ हजार ३० प्रस्ताव गरिएको विधेयकमा दुवै पदाधिकारीका लागि अन्य थुप...
भीरबाट लडेर मृत्यु भएकाको शव पहिचान नहुँदा प्रहरीलाई समस्या

भीरबाट लडेर मृत्यु भएकाको शव पहिचान नहुँदा प्रहरीलाई समस्या

  रसुवा। गत जेठ १२ गते भीरबाट लडेर मृतावस्थामा फेला परेका एकजनाको एउटा शव पहिचान हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी प्रमुख फणिन्द्र प्रसाईंका अनुसार पार्वतीकुण्ड गाउँपालिकाको ग्रे इलाकामा फेला परेको शव कस्को हो पहिचान हुन नसकेको र बेवारिसे शव रसुवा जिल्ला अस्पतालमा राखिएको छ । करिब ३०–३५ वर्षीय ती पुरुष ओखलढुङ्गा, रामेछाप, सिन्धुली वा दोलखा क्षेत्रको हुनसक्ने सबैले अ...
सुतेकै अवस्थामा दुईजना मृत फेला

सुतेकै अवस्थामा दुईजना मृत फेला

मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–१० शिखरपुरमा सुतिरहेको अवस्थामा दुईजना मृत फेला परेका छन् । शिखरपुरमा रहेको विपी स्मृति आधारभूत विद्यालयको भवन निर्माणका क्रममा भवनको रेखदेख गर्न बसेका हेलम्बु गाउँपालिकाका २६ वर्षीय विष्णु नगरकोटी र मेलम्ची–१० शिखरपुरका १५ वर्षीय सन्तोष मिजार मृतावस्थामा आज बिहान फेला परेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुङ्गानाले जानका...
बजेट प्रतिक्रिया : शीघ्र पर्यटकीय पूर्वाधार बन्नुपर्ने व्यवसायीको सुझाव

बजेट प्रतिक्रिया : शीघ्र पर्यटकीय पूर्वाधार बन्नुपर्ने व्यवसायीको सुझाव

काठमाडौ । पर्यटकीय पूर्वाधार निर्माणमा जोड दिएर ल्याइएको आव २०७४÷७५ को बजेटप्रति पर्यटन व्यवसायीले सकारात्मक प्रतिक्रिया दिएका छन् तर यसको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा उनीहरुको जोड छ । पर्यटनको मुख्य पूर्वाधार विमानस्थल निर्माण, पदमार्ग विस्तार तथा धार्मिक पर्यटन प्रवद्र्धन गर्ने गरी आएको बजेट पर्यटन मैत्री रहेको प्रतिक्रिया उनीहरुले दिए । पर्यटन प्रवद्र्धनका कामलाई थप प्रभावकारी बनाउन न...
सूर्यमुखी फूलको व्यावसायिक खेती

सूर्यमुखी फूलको व्यावसायिक खेती

रामपुर (पाल्पा)। कुनै समय घरआँगनका वरिपरि, करेसाबारीमा शौखका रुपमा लगाइने सूर्यमुखी फूलको व्यावसायिक रुपमा खेती गर्न थालिएको छ । मौरी चरनका लागि सूर्यमुखी फूल उपयोगी ठानिने र यसबाट कृषकले तेब्बर फाइदा लिन सक्ने भएका कारण कृषकले व्यावसायिक रुपमा खेती गर्न थालेका हुन् । सौन्दर्यताका लागि केही बोट आँगनको डिल, छेउछाउमा लगाउँदै आएपनि सो खेतीबाट मनग्य आम्दानी हुनथालेपछि कृषक त्यसतर्फ आकर्षित भएका हु...
अपडेट: सेनाको विमान दुर्घटनामा पाइलटको मृत्यु

अपडेट: सेनाको विमान दुर्घटनामा पाइलटको मृत्यु

भीमदत्तनगर। नेपाली सेनाको कार्गो विमान आज मध्याह्न बाजुराको कोल्टी विमानस्थल छेउमै दुर्घटना हुँदा पाइलट कैलाश गुरुङको मृत्यु भएको छ । अवतरण गर्ने क्रममा कल साइन एन ए ०४८ विमान कोल्टी विमानस्थलको धावनमार्ग नजिकैको धान खेतमा । दुर्घटनामा पर्दा नेपाली सेनाका सुबेदार पूर्णबहादुर खड्का र अनिता आले गम्भीर घाइते हुनुभएको छ । गम्भीर घाइते पाइलट गुरुङको उपचारका क्रममा कोल्टी अस्पतालमा मृत्यु भएको विमान...
ट्यांकरले च्यापेर बस चालकको मृत्यु

ट्यांकरले च्यापेर बस चालकको मृत्यु

सुरुङ्गा (झापा) । ट्यांकरले च्यापेर मेचीनगर नगरपालिका– १० मा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ निवासी कृष्णप्रसाद दाहाल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । ना २ ख २९७१ नं को ट्यांकर पछाडि सार्ने क्रममा मे १ ख १३०३ नंको बससँग ठोक्किएको थियो । सोही क्रममा मे ४ ख १३१९ नं बसका चालक दाहालको च्यापिएर मृत्यु भएको हो । ट्यांकर र बसका बीचमा च्यापिएर गम्भीर घाइ...
error: Content is protected !!