धनकुटा । धनकुटाको खाल्सा छिन्ताङ शहीदभूमि गाउँपालिकामा खटिएका एक जना म्यादी प्रहरी तमोर नदीमा बगेर बेपत्ता भएका छन् ।

Advertisement

दिउँसोको गर्मी छल्न तमोर नदीमा नुहाउन गएका म्यादी प्रहरी सचिन लिम्बू बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ ।

चौबीसे गाउँपालिकाको मौनाबुधक घर भएका लिम्बू खाल्सा छिन्ताङ शहीदभूमि गाउँपालिकाको त्रिवेणी प्रहरी चौकी अन्तर्गतको मतदान स्थलको सुरक्षाको लागि खटिएका थिए ।

बेपत्ता लिम्बूको खोजी भइरहेको धनकुटाका प्रहरी उपरीक्षक सुदीप राजभण्डारीले जनाएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!