काङ्ग्रेसबाट पाण्डे राष्ट्रिय सभामा दलको नेता मनोनीत

काङ्ग्रेसबाट पाण्डे राष्ट्रिय सभामा दलको नेता मनोनीत

काठमाडौँ, २३ जेठ । राष्ट्रियसभामा नेपाली काँग्रेस संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे मनोनयन हुनुभएको छ । काँग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले आज सांसद पाण्डेलाई राष्ट्रियसभाका लागि संसदीय दलको नेतामा मनोनयन गर्नुभएको हो । पार्टी संसदीय दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०७४) को धारा १२ को उपधारा (१) बमोजिम उहाँलाई मनोनयन गरिएको काँगे्रसका मुख्य सचेतक बालकृष्ण खाणले जा...
नेकपा–फोरम पार्टी एकताको तयारी

नेकपा–फोरम पार्टी एकताको तयारी

काठमाडौँ, २१ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संघीय समाजवादी फोरम नेपालबीच पार्टी एकताका लागि छलफल सुरु भएको छ। नेकपा नेतृत्वको सरकारमा फोरम नेपाल सहभागी भएसँगै एकताका लागि अनौपचारिक छलफल भएको छ। नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीच पार्टी एकताका लागि अनौपचारिक छलफल भएको हो। शीर्ष नेताहरुबीच अनौपचारिक छलफल भए...
महाधिवेशन गरेर सभापति हटाउने पक्षमा छैनौँ : डा. कोईराला

महाधिवेशन गरेर सभापति हटाउने पक्षमा छैनौँ : डा. कोईराला

संखुवासभा, १८ जेठ । काँग्रेस नेता डा. शेखर कोईरालाले आफुहरू बिशेष महाधिवेशन गरेर सभापति शेरबहादुर देउवा हटाउने पक्षमा नरहेको स्पष्ट पारेका छन् । उनले बिधान अनुसार महाधिवेशन गरेर पार्टीलाई पुनर्जीवन दिनुपर्ने उनको भनाई छ । ‘पार्टी नेतृत्व बिधान अनुसार हिड्नुहोसे यदि यदी बिधान अनुसार हिड्न सक्नुहुन्न भने सहमति अनुसार हिड्नुहोस’  काँग्रेस संखुवासभाले खाँदबारीमा आयोजना गरेको अभिमुखीकरण गोष्ठीलाई स...
बजेट बनाउँदा अर्थमन्त्री दोबाटोमा हराएको यात्रीजस्तो: डा भट्टराई

बजेट बनाउँदा अर्थमन्त्री दोबाटोमा हराएको यात्रीजस्तो: डा भट्टराई

काठमाडौँ, १८ जेठ । नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं सांसद डा बाबुराम भट्टराईले बजेट निर्माण गर्दा अर्थमन्त्री दोबाटोमा हराएको यात्रीजस्तो देखिएको भनी टिप्पणी गर्नुभएको छ । प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७५/७६ को बजेटमाथिको जारी छलफलमा भाग लिँदै उहाँले झण्डै दुईतिहाइ बहुमतको सरकारले निर्वाचनका बेला घोषणापत्रमा बाँडिएको सपना बजेटसम्म आइपुग्दा मरेको भनी आलोचना गर्नुभयो । यो बजेट सामान्य अव...
नेकपाको नाम दुई सातामै परिवर्तन

नेकपाको नाम दुई सातामै परिवर्तन

काठमाडौं, १७ जेठ ।  गठनको दुई सातामै नेपाल कम्युनिस्ट पार्टीले आफ्नो नाम परिवर्तन गरेको छ । नेकपाले एमाले र नेकपा माओवादीबीचको एकतापछि बनेको नाम नेपाल कम्युनिस्ट पार्टी अन्डरलाइन परिवर्तन गरेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राख्ने निर्णय गरेको समाचार  नागरिक दैनिकमा उल्लेख छ । पार्टी संसदीय दलको बुधबारको बैठकले यस्तो निर्णय गरेको हो । 'हामिले विभिन्न पक्षबाट आएका सुझावहरुलाई ध्यान दिएर पार्ट...
नेकपा संसदीय दलको उपनेतामा नेम्वाङ

नेकपा संसदीय दलको उपनेतामा नेम्वाङ

काठमाडौँ, १६ जेठ । नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको उपनेतामा पूर्वसभामुख सुवास नेम्वाङ चयन हुनुभएको छ । बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आज बसेको दलको बैठकले उपनेतामा नेम्वाङसहित प्रमुख सचेतकमा देवप्रसाद गुरुङ, सचेतकमा शान्ता चौधरीलाई चयन गरेको हो । दलका नेता एवं पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षता र अर्का अध्यक्ष पुष्पकमल दाहालको उपस्थितिमा सम्पन्...
बलियो सरकारले ल्याएको कमजोर बजेट: राप्रपा

बलियो सरकारले ल्याएको कमजोर बजेट: राप्रपा

काठमाडौँ, १६ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीको आज बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सरकारले ल्याएको बजेटले निजी क्षेत्रलाई आश्वस्त तथा वैदेशिक लगानीलाई आकर्षित गर्न नसक्ने निष्कर्ष निकालेको छ । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा आज केन्द्रीय कार्यालयमा बसेको बैठकले आठ प्रतिशतको आर्थिक वृद्धि कायम गर्ने, पाँच वर्षमा कृषि उत्पादन दोब्बर गर्ने लगायतका महत्वाकाङ्क्षी विषय बजेटमा उल...
गम्भीर बिरामीको जीविकोपार्जन भत्ता काटिएकामा काँग्रेसको आपत्ति

गम्भीर बिरामीको जीविकोपार्जन भत्ता काटिएकामा काँग्रेसको आपत्ति

काठमाडौँ, १६ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले मिर्गाैला रोग, क्यान्सर र स्पाइनल इन्जुरी भई पक्षघात भएका बिरामीलाई जीविकोपार्जन भत्ताबापत मासिक रु पाँच हजार उपलब्ध गराउने यसअघिको सरकारले गरेको प्रबन्ध हालको बजेटमा उल्लेख नगरिएकामा आपत्ति जनाएको छ । प्रमुख प्रतिपक्ष दल काँग्रेसले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी सरकारको आर्थिक वर्ष २०७५/७६ को बजेट सम्बन्धमा पा...
बजेटले कर र ऋणको दायित्व बढाएको काँग्रेसको निष्कर्ष

बजेटले कर र ऋणको दायित्व बढाएको काँग्रेसको निष्कर्ष

काठमाडौँ, १६ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बजेट सत्तासिन पार्टीको आफ्नै घोषणापत्र कार्यान्वयन गर्नेभन्दा पनि जनतालाई कर र ऋणको दायित्व बढाउने खालको भनी टिप्पणी गरेको छ । काँग्रेस संसदीय दलको आजको बैठकले सरकारले मंगलबार प्रस्तुत गरेको बजेटका सम्बन्धमा छलफल गर्दै कर र ऋणको भार बढाएकाले उत्पादनशील क्षेत्रमा लगानी बढ्न नसक्ने निष्कर्ष निकालेको हो । बैठकको निर्णयबारे जानकारी गराउँदै ...
बिपी विचार राष्ट्रिय समाजको भेला काठमाडौँमा हुने

बिपी विचार राष्ट्रिय समाजको भेला काठमाडौँमा हुने

काठमाडौँ, १६ जेठ ।  बिपी विचार राष्ट्रिय समाजले प्रदेश नं। ३ स्तरीय भेला जेठ १८ गते संघीय राजधानीमा गर्ने भएको छ । समाजले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा समाजका केन्द्रीय अध्यक्ष एवं नेपाली काँग्रेसका पूर्वमहामन्त्री कुलबहादुर गुरुङले भेलामा बिपी विचारलाई सिद्धान्तका रुपमा अंगिकार गरेको पार्टी तीनै तहको निर्वाचनमा किन पराजित भयो भन्ने विषयमा समीक्षा हुने बताउनुभयो । “हारको जिम्मेवारी का...
ढुंगेललाई माफी दिएकोमा कांग्रेसको आपत्ति

ढुंगेललाई माफी दिएकोमा कांग्रेसको आपत्ति

काठमाडौं, १६ जेठ । सरकारले हत्या अभियोगमा जेल सजाय भोगिरहेका पूर्वसभासद बालकृष्ण ढुंगेललाई गणतन्त्र दिवसको अवसरमा जेल सजाय छुट दिएकोबारे प्रमुख प्रतिपक्षी दल कांग्रेसले संघीय संसद्मा विरोध गरेको छ । आगामी आर्थिक वर्ष ०७५/७६ को बजेट प्रस्तुत गर्न मंगलबार बसेको प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठक प्रारम्भमै कांग्रेस सांसदले उठेर विरोध गरेका हुन् । संघीय संसद्का दुवै सदनको संयुक्त बैठक प्र...
गणतन्त्र घोषणाका १३ वर्ष: निराशजनक विगत, आशावादी भविष्य

गणतन्त्र घोषणाका १३ वर्ष: निराशजनक विगत, आशावादी भविष्य

काठमाडौँ, १४ जेठ । लामो राजनीतिक संक्रमणका कारण संघीय गणतन्त्र नेपाल घोषणा भएको १३ वर्ष लाग्दासमेत मुलुकको अर्थतन्त्रले अपेक्षाकृत गति लिन सकेको छैन । गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि राजनीतिक स्थिरता कायम भएपछि शिशु गणतन्त्रमा आर्थिक विकास र जनअपेक्षाले साकार रुप पाउने विश्वास बढेर गएको छ । संविधान निर्माणका क्रममा राजनीतिक दलहरु केन्द्रित भएको, आर्थिक विकास र समृद्धि...
संघीय समाजवादी फोरम सरकारमा सहभागी हुँदै

संघीय समाजवादी फोरम सरकारमा सहभागी हुँदै

काठमाडौँ, १४ जेठ । संघीय समाजवादी फोरम नेपाल केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने भएको छ । नेपाल कम्युनिष्ट पार्टी र संघीय समाजवादी फोरम नेपालबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा दुई बुँदे सहमति भएपछि संघीय समाजवादी फोरमलाई सरकारमा जान बाटो खुलेको हो । सहमतिमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल तथा संघीय फोरमका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्...
धनकुटा कांग्रेसको सामुहिक राजिनामा फिर्ता

धनकुटा कांग्रेसको सामुहिक राजिनामा फिर्ता

धनकुटा, १३ जेठ । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालिन सरकारले धनकुटालाई अन्याय गरेको भन्दै कांग्रेस धनकुटाबाट दिईएको सामुहिक राजिनामा फिर्ता भएको छ । देउवा नेतृत्वको सरकारले धनकुटालाई अन्याय गर्दै प्रदेश–१ को अस्थायी राजधानी बिराटनगर तोकेको बिरोधमा कांग्रेस जिल्ला कार्यसमिति, गाउँ तथा नगर समिति, भातृ संस्थाका पदाधिकारी र सक्रिय सदस्यले सामुहिक राजिनामा दिएका थिए । गत माघ ६ गते उन...
प्रेसलाई अधिनायकवादका पक्षमा जबर्जस्त गरे काँग्रेस सडकमा जान्छः देउवा

प्रेसलाई अधिनायकवादका पक्षमा जबर्जस्त गरे काँग्रेस सडकमा जान्छः देउवा

काठमाडौँ, १३ जेठ ।  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निरंकुशता र अधिनायकवादका विरुद्ध नेपाली काँग्रेस सबैसँग एक जुट भई अगाडि बढ्ने बताएका छन् । सभापति देउवाले नेपाल प्रेस युनियनको २७ औंँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै लोकतन्त्रको अर्को पर्याय प्रेस भएको बताउँदै प्रेसलाई धम्काउने, थर्काउने र अधिनायकवादका पक्षमा प्रयोग गर्न जबर्जस्त गरे काँग्रेस त्यसका विरुद्ध सडकमा उत्रने चेताव...
पेट्रोलियम पदार्थको मूल्यबृद्धि विरुद्ध नेविसंघको प्रर्दशन

पेट्रोलियम पदार्थको मूल्यबृद्धि विरुद्ध नेविसंघको प्रर्दशन

काठमाडौँ, ११ जेठ । नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा पदयात्रा निकालेको छ । नेपाल विद्यार्थी संघ काठमाडौँको आयोजना तथा नेविसंघ केन्द्रीय समितिको संयोजनमा आज स्थानीय प्रदर्शनी मार्गदेखि रत्नापार्कसम्म पदयात्रा गरी आयोजित सभामा नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले वर्तमान सरकारले कमिशनका लागि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको आरोप लगाए । नेविसंघका उपाध्य...
कम्युनिष्ट पार्टीको एकीकरण कांग्रेसलाई अवसर हो : देउवा

कम्युनिष्ट पार्टीको एकीकरण कांग्रेसलाई अवसर हो : देउवा

काठमाडौं, ११ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट पार्टीहरुको एकीकरणलाई कांग्रेसले अवसरको रुपमा लिनुपर्ने बताएका छन् । नेपाल सांस्कृतिक संघले शुक्रबार कांग्रेस पार्टी कार्यालय सानेपामा गरेको कार्यक्रममा उनले दुईवटा ठूला कम्युनिष्ट पार्टी हुनुभन्दा एउटै हुनु कांग्रेसका लागि राम्रो भएको बताए । ‘दुई कम्युनिष्ट पार्टी एकीकरण भइसकेको छ । यसलाई हामीले चुनौतीका साथसाथै अवसर को ...
पार्टी सभापति देउवा विरुद्ध नेविसंघको नाराबाजी

पार्टी सभापति देउवा विरुद्ध नेविसंघको नाराबाजी

काठमाडौँ, ११ जेठ ।  नेपाली कांग्रेसभित्र अन्तरविरोध चर्किरहेका बेला नेविसंघ काठमाडौं जिल्ला समितिले शुक्रबार दिउँसो राजधानीमा प्रदर्शन गरेको छ । प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पस अगाडिबाट सुरु भएको जुलुस रत्नपार्क पुगेर कोणसभामा परिणत भएको थियो । जुलुसमा नेविसंघ नेताहरु मनोजमणि आचार्य, महामन्त्री कुन्दन काफ्ले लगायत सहभागी थिए । कांग्रेस र नेविसंघको झण्डासहित ठूलो संख्यामा उपस्थित कार...
कार्ल माक्र्सको २०० औं शतबार्शिकीमा भाग लिन नेकपाका प्रवक्ता श्रेष्ठ चीन प्रस्थान

कार्ल माक्र्सको २०० औं शतबार्शिकीमा भाग लिन नेकपाका प्रवक्ता श्रेष्ठ चीन प्रस्थान

काठमाडौँ, ११ जेठ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाश चीन प्रस्थान गरेका छन् । कार्ल माक्र्सको २०० औं शतबार्शिकीको अवसरका चिनियाँ कम्युनिष्ट पार्टीले सेन्जेनमा गर्ने अन्तराष्ट्रिय सम्मेलनमा भाग लिन श्रेष्ठ चीन गएका हुन् । उनले आफ्नो पूर्व निर्धारित कार्यक्र अनुरुप नै चीन जान लागेको बताएका छन् ।
नेकपाका केन्द्रीय सदस्यलाई ओली–प्रचण्डले आज सम्बोधन गर्दै

नेकपाका केन्द्रीय सदस्यलाई ओली–प्रचण्डले आज सम्बोधन गर्दै

काठमाडौं, १० जेठ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यहरुलाई अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले बिहीबार संयुक्त सम्बोधन गर्ने भएका छन् । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेकपाका केन्द्रीय सदस्यहरुलाई अध्यक्षद्धयले पहिलो पटक सम्बोधन गर्न लागेका हुन् । अपरान्ह ४ बजे बालुवाटारमा नागरिकताको सक्कल प्रतिसहित उपस्थित हुन सूचित गरिएको छ । यद्यपी यो केन्द्रीय ...
प्रदेश २ सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा नेकपा

प्रदेश २ सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा नेकपा

काठमाडौँ, ९ जेठ । नेकपाले प्रदेश २ मा मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी थालेको छ। एमाले र माओवादी केन्द्रबीच एकीकरण भई गठित नेकपा समर्थन फिर्ता लिने तयारीमा लागेको छ । तत्कालीन एमाले संसदीलय दलका नेता सत्यनारायण मण्डलले प्रदेश २ मा विपक्षी भए पनि प्रदेशको समृद्धि र शान्तिका लागि समर्थन गरेको उल्लेख गर्दे सरकारका तर्फबाट अपमानित हुनुपरेकाले समर्थन फिर्त...
माक्र्स र माओत्सेतुङबारेका पुस्तक विमोचित

माक्र्स र माओत्सेतुङबारेका पुस्तक विमोचित

काठमाडौँ, ८ जेठ । साम्यवादका प्रणेता कार्ल माक्र्सको २०० औँ जन्मोत्सवका अवसरमा ‘युवा पाठकका लागि कार्ल माक्र्स’ र ‘माओत्सेतुङबारे अध्ययन’ नामक दुई पुस्तकको आज यहाँ विमोचन भएको छ । चिनियाँ समाजवादी विचार अध्ययन विभागका कार्यकारी उपप्रमुख हान यु हाईले लेख्नुभएको चिनियाँ भाषाका ती कृति नेपाली भाषामा अनुवाद गरी ‘करेन्ट पब्लिकेशन नेपाल’ले बजारमा ल्याएको हो । ती पुस्तकमा माक्र्सका सिद्धान्त र उनको जी...
नेपाली काँग्रेस मोरङको क्षेत्रीय भेला सम्पन्न

नेपाली काँग्रेस मोरङको क्षेत्रीय भेला सम्पन्न

विराटनगर, ८ जेठ । नेपाली काँग्रेसले मोरङको क्षेत्र नं ५ को जहदास्थित बुधनगरमा सोमबार क्षेत्रीय भेला सम्पन्न गरेको छ । पार्टीको संगठनलाई टोलटोलमा बलियो बनाउन र कार्यकर्तालाई प्रशिक्षण प्रदान गरी पार्टीको नीति सम्बन्धमा जनतालाई जागृत गर्नुपर्ने मुख्य उद्देश्यका साथ सो भेलाको आयोजना गरिएको थियो । नेपाली काँग्रेस क्षेत्र नं ५ का क्षेत्रीय सभापति दिलीप पोखरेलको अध्यक्षतामा भएको उक्त भेलामा पार्टीका...
‘म्यान अफ इलेक्सन’ राजेन्द्र राई माथि ‘अन्याय’

‘म्यान अफ इलेक्सन’ राजेन्द्र राई माथि ‘अन्याय’

काठमाडौं,  ७ जेठ । गत वर्ष भएको स्थानीय तहको निर्वाचनमा धनकुटा एउटा मात्रै यस्तो जिल्ला हो, जहाँको स्थानीय तहमा एउटै पार्टीले विजय हालिस गर्यो । तत्कालिन एमालेले धनकुटाको सबै स्थानीय तहमा अन्य विपक्षीलाई ‘क्लिन स्वीप’ गर्यो । यही खुसीयालीमा स्थानीय तह निर्वाचनको सफलतापछि २४ असार २०७४ मा धनकुटामा आयोजित विजयसभामा तत्कालिन एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरे, ‘स्थानीय तह निर्वाचन, २०७४ मा एम...
काँग्रेसलाई प्रतिपक्षको भूमिका खेल्न जनताको आदेशः कोइराला

काँग्रेसलाई प्रतिपक्षको भूमिका खेल्न जनताको आदेशः कोइराला

चौतारा, ६ जेठ। चौतारा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) मिलेर नेकपा बनेकोमा खुशी व्यक्त गर्दै काँग्रेसलाई पाँच वर्षका लागि प्रतिपक्षको भूमिका खेल्न जनताले आदेश दिएको बताएका छन् । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको काँग्रेस नगर समितिद्वारा आज आयोजित कार्यकर्ता भेलामा उनले राजनीति गर्दा नेताको नैतिकताको अहम् भूमिका हुनुपर्ने भन्द...
नेकपा केसमा तत्कालीन एमालेबाट ४२ जना टुङ्गो

नेकपा केसमा तत्कालीन एमालेबाट ४२ जना टुङ्गो

काठमाडौँ, ६ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीमा तत्कालीन नेकपा (एमाले) तर्फबाट ४२ जना थप सदस्यको नाम टुंगो लागेको छ । नेकपाका अध्यक्ष केपी शर्मा ओली र सचिवालय सदस्य माधवकुमार नेपालले थप केन्द्रीय सदस्यको नाम टुंगो लगाएको बुझिएको छ । केन्द्रीय सदस्यमा टुंगो लागेकामा खगराज अधिकारी, गोकुल बाँस्कोटा, महेश बस्नेत, विष्णु रिजाल, नरुलाल चौधरी, डोरमणि पौडेल, तीलकुमार मेन्याङ्बो, राज...
वैद्यलाई छाडेर प्रचण्डसँग हात मिलाएको समूह असन्तुष्ट

वैद्यलाई छाडेर प्रचण्डसँग हात मिलाएको समूह असन्तुष्ट

काठमाडौं,६ जेठ। एमालेसँग पार्टी एकता गर्नुअघि तत्कालीन माओवादी केन्द्रले थुप्रै पूर्व माओवादी समूहले पार्टीमा समाहित गरायो । प्रचण्डले बताएअनुसार सानाठूला गरी ४१/४२ समूह माओवादीमा मिसिए । तर, प्रचण्डले एमालेसँग एकता गर्दै नेपाल कम्युनिष्ट पार्टी बनाएपछि असन्तुष्टि देखिन थालेको छ । एउटा समूहले त समानान्तर गतिविधि गर्ने बताएको छ । उचित जिम्मेवारी नपाएको भन्दै युवराज पौडेल ‘सफल’ समूहले समानान्तर ग...
नेकपाले आफ्नो पार्टीसँग नाम जुधाएको भन्दै ऋषिराम कट्टेलको आपत्ति

नेकपाले आफ्नो पार्टीसँग नाम जुधाएको भन्दै ऋषिराम कट्टेलको आपत्ति

काठमाडौं, ६ जेठ । बिहिबार नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेपाल कम्युनिष्ट पार्टीले आफ्नो पार्टीसँग नाम जुधाएको भन्दै  अर्को नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले आपत्ति जनाएका छन् । उनले आफू नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी संविधान सभाको दोस्रो निर्वाचनदेखि  निर्वाचन आयोगमा विधिवत दर्ता भएको दल भएको स्पष्ट पारेका छन् । पछिल्लो पटक निर्वाचन आयोगकले मिति २०७...
संसदको नयाँ वरीयता क्रम, सत्तापक्षको सिटको पहिलो नम्बरमा प्रचण्ड

संसदको नयाँ वरीयता क्रम, सत्तापक्षको सिटको पहिलो नम्बरमा प्रचण्ड

काठमाडौँ, ४ जेठ । एमाले र माओवादी केन्द्रले पार्टी एकता गरेर नेपाल कम्युनिस्ट पार्टी बनाएको संसदलाई पनि जानकारी गराइएको छ । संसदको शुक्रबारको बैठकमा तत्कालीन एमालेका प्रमुख सचेतक खगराज अधिकारीले दुई पार्टी मिलेको जानकारी दिए । तत्कालीन एमाले र माओवादीका नेताहरु अब सत्तारुढ बेञ्चमा नयाँ वरियताक्रमअनुसार बसेका छन् । नेकपाको वरीयताक्रमअनुसार सत्तापक्षको सिटमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पहिलो ...
दुई पार्टीको सम्पत्ति ३ अर्ब, रात्रिभोज खर्च एकीकृत पार्टीले व्यहोर्ने

दुई पार्टीको सम्पत्ति ३ अर्ब, रात्रिभोज खर्च एकीकृत पार्टीले व्यहोर्ने

काठमाडाैँ, ४ जेठ। एमालेसँग केन्द्रदेखि गाउँ, नगरसम्म करिब २ अर्बको चल–अचल सम्पत्ति छ । बल्खुमा नौ रोपनी एक आना जग्गा छ । त्यस्तै पाँच अञ्चल र ६५ जिल्ला कमिटीका आफ्नै भवन छन् । माओवादी केन्द्रको चल–अचल सम्पत्तिको यकिन तथ्यांक छैन । तैपनि, करिब १ अर्ब बराबरको सम्पत्ति रहेको अनुमान छ । पेरिसडाँडामा ६४ आना जग्गामा फैलिएको केन्द्रीइ कार्यालयका दुईवटा भवन छन् । त्यहाँको ५६ आना जग्गा अखिल नेपाल...
पार्टी एकता घोषणा कार्यक्रम राष्ट्रिय सभाहलमा सुरु

पार्टी एकता घोषणा कार्यक्रम राष्ट्रिय सभाहलमा सुरु

काठमाडौँ, ३ जेठ । नेकपा एमाले र माओवादी विघटन भएपछि अब बन्ने एकृकीत पार्टीको एकताको घोषणा सुरु भएको छ । राष्ट्रिय सभाहलमा नेताहरुको चहलपहल बढेको छ । दुबैदलका शिर्ष नेताहरु त्यहाँ पुगिसकेका छन् । ४ः४५ बजे पार्टी एकता घोषणा गर्ने भनिएपनि केहि कारणले ठिला भएको बताइएको छ ।
error: Content is protected !!