- संगालोखबर सम्वाददाता

काठमाडौं । नेकपा एमालेले नागरिकता नेपालीलाई मात्र प्रदान गरिने बताएको छ । एमालेले सोमबार घोषणापत्र सार्वजनिक गर्दै सरकार बनेको एक महिनाभित्र वंशजका आधार नागरिकता दिने बताएको हो ।

Advertisement

एमालेले ६ महिनाभित्र नागरिकता सम्बन्धी समस्या हल गरिने घोषणापत्रमा उल्लेख गरेको छ । यस्तै एक वर्षभित्र राष्ट्रिय परिचयपत्र वितरण गरिने एमालेले बताएको छ ।

त्यस्तै नेकपा एमालेले ‘सुरक्षित छाना, पुग्छ सबैको चाहना’ कार्यक्रम अगाडि सारेको छ । आगामी मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्दै एमालेले कुनै पनि नेपाली आवास विहीन वा सडक मानवको अवस्थामा नरहने ग्यारेन्टी गरेको हो ।

जनता आवास तथा सुरक्षित आवासका माध्यमबाट आवासको अधिकारलाई सुनिश्चत गरिने एमालेको घोषणापत्रमा उल्लेख छ । यस्तै असुरक्षित वस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिने एमालेले बताएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!