संगालोखबर सम्बाददाता

धनकुटा । नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य हेमराज भण्डारीसहित धनकुटामा क्रियाशील माओवादीका नेताहरूले पदबाट सामूहिक राजीनामा दिएका छन् । माओवादी केन्द्रका पोलिटब्युरो सदस्य भण्डारी, प्रदेश कमिटी सहसचिव ऋषिराम ढुंगाना, जिल्ला संयोजक डिल्लीराम राईसहितका नेताहरूले पार्टीबाट सामूहिक राजीनामा दिएका हुन् ।

Advertisement

नेताहरूले आज सामूहिक पत्रकार सम्मेलन गरेर राजीनामा घोषणा गरेका हुन् । जिल्लास्थित पोलिटब्युरो सदस्य, केन्द्रिय सदस्य, प्रदेश पदाधिकारी, प्रदेश सदस्य, जिल्ला संयोजकसहित जिल्ला समन्वय समितिका सबैले पदबाट राजीनामा दिएको जिल्ला संयोजक राईले बताए । जिल्लामा क्रियाशील करिब १५० जना नेताहरूले सामूहिक राजीनामा दिएको बताइएको छ ।

पोलिटब्युरो सदस्य भण्डारीलाई माओवादी केन्द्र धनकुटाले प्रतिनिधि सभा निर्वाचनका लागि जिल्लाबाट उम्मेद्वार सिफारिस गरेको थियो । धनकुटा इन्चार्जसमेत रहेका भण्डारी आफूलाई पार्टीको हसियाहतौडा चिन्हमा उम्मेद्वार बन्न दिन आग्रह गर्दै केही दिन अघि केन्द्रिय अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न पुगेका थिए । तर, प्रचण्डबाट सकारात्मक प्रतिक्रिया नआएपछि भण्डारी त्यसै फर्किए । भण्डारीसहितका नेताहरूको उपस्थितमा शनिवार जिल्ला समन्वय समितिको बैठक बसेको थियो । बैठकले सामूहिक राजीनामा दिएर भण्डारीलाई स्वतन्त्र रुपमा उम्मेद्वार बनाएर अघि बढ्ने निर्णय गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै नेता भण्डारीले राजीनामा दिएर पार्टीको बन्धन तोडेकाले अब जनताको हितका लागि स्वतन्त्र उम्मेद्वार बन्ने घोषणा गरे । अब प्रचण्ड सकारात्मक भएर हसिया हतौडा चिन्हमा उम्मेद्वार बन्न प्रस्ताव गरे भनेपनि आफू त्यसका लागि तयार नहुने उनको अडान छ । पार्टीहरू स्वर्थ केन्द्रित भएर पदका लागि गठबन्धन गरेर पार्टीको अस्तित्व समाप्त पार्न तल्लिन हुनु गलत भएको उनको तर्क छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!