संगालोखबर सम्बाददाता

धनकुटा । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि धनकुटामा उम्मेद्वारी दिएका २१ मध्ये ३ जनाले उम्मेद्वारी फिर्ता लिएका छन् । प्रतिनिधि सभा सदस्यका लागि उम्मेद्वारी दिएका दुई र प्रदेश सभा क्षेत्र नं.१ मा उम्मेद्वारी दिएका एक जनाले उम्मेद्वारी फिर्ता लिएका हुन् ।

Advertisement

प्रतिनिधि सभा सदस्यका लागि उम्मेद्वारी दिएका राप्रपा नेपालका अमुल राई र स्वतन्त्र रुपमा उम्मेद्वारी दिएका गंगाराम गोम्देनले उम्मेद्वारी फिर्ता लिएका छन् । त्यस्तै, प्रदेश सभा निर्वाचन क्षेत्र नं.१ मा उम्मेद्वारी दिएका राप्रपा नेपालका योगेन्द्र आलेले पनि उम्मेदवारी फिर्ता लिएका हुन् । उनीहरुले गत आइतवार उम्मेद्वारी दिर्ता गरेका थिए । उम्मेद्वारी फिर्तापछि अब प्रतिनिधि सभा र प्रदेश सभातर्फ १८ जना उम्मेद्वार बाँकी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत राजन बास्तोलाले जानकारी दिए ।

धनकुटामा प्रतिनिधि सभाको एक मात्र निर्वाचन क्षेत्र छ भने प्रदेश सभाको दुई क्षेत्र छन् । एक जना निर्वाचित हुँने प्रतिनिधि सभा सदस्यका लागि ७ उम्मेद्वार भिड्दैछन् । त्यस्तै, दुई जना निर्वाचित हुँने प्रदेश सभा सदस्यका लागि ११ उम्मेद्वार चुनावी मैदानमा छन् । प्रदेश सभा निर्वाचन क्षेत्र नं.१ मा चार र निर्वाचन क्षेत्र नं.२ मा ७ उम्मेद्वारबीच प्रतिष्प्रधा हुँदैछ ।

को को छन् चुनावी मैदानमा ?

प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार
१) राजेन्द्र राई: नेकपा एमाले
२) सुनिलबहादुर थापा: नेपाली कांग्रेस (गठबन्धनको तर्फबाट)
३) हेमराज भण्डारी: स्वतन्त्र
४) कुमारबहादुर थापा: राष्ट्रिय प्रजातन्त्र पार्टी
५) रमेश राई: एकिकृत शक्ति नेपाल
६) आरामकुमार लिम्बु: संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
७) विश्वमित्र लावती: मंगोल नेशनल अर्गनाइजेशन

प्रदेश सभा सदस्य पदका उम्मेद्वार (प्रदेश निर्वाचन क्षेत्र नं.१)
१) निरन राई: नेकपा एमाले
२) अर्जुन राई: नेकपा एकीकृत समाजवादी (गठबन्धनको तर्फबाट)
३) रकम चेम्जोङ: जनता समाजवादी पार्टी
४) मनकुमार राई: संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च

प्रदेश सभा सदस्य पदका उम्मेद्वार (प्रदेश निर्वाचन क्षेत्र नं.२)
१) इन्द्रमणी पराजुली: नेकपा एमाले
२) कुसुमकुमारी श्रेष्ठ: नेकपा माओवादी केन्द्र (गठबन्धनको तर्फबाट)
३) बालानन्द दाहाल: कांग्रेसका बागी उम्मेद्वार (स्वतन्त्र)
४) डम्बर बहादुर कटुवाल: जनता समाजवादी पार्टी
५) सोमबहादुर घिसिङ तामाङ: राप्रपा नेपाल
६) श्याम बहादुर गुरुङ: राप्रपा
७) जितेन्द्र राई: स्वतन्त्र

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!