- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटामा एमालेका नेता, कार्यकर्तालाई प्रशिक्षण दिइएको छ । एमाले जिल्ला कमिटी धनकुटाले आज जिल्ला स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गरेर कार्यकर्तालाई प्रशिक्षण दिएको हो ।

Advertisement

जिल्ला कमिटी पदाधिकारी, सदस्यहरू तथा पालिका कमिटी, जनवर्गीय संगठनका पदाधिकारी लगायतलाई प्रशिक्षण दिइएको एमाले धनकुटाले जनाएको छ । एमाले जिल्ला अध्यक्ष इन्द्रमणि पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका करिव चार सय कार्यकर्ता सहभागी थिए । उनीहरूलाई एमालेका केन्द्रीय नेताहरूले प्रशिक्षण दिएका हुन् ।

एमाले स्थायी कमिटी सदस्यहरू भानुभक्त ढकाल, शेरधन राई, हिक्मतकुमार कार्की, केन्द्रीय सदस्य राजेन्द्र राई, सकुन्तला बस्नेत, प्रदेश कमिटी अध्यक्ष तुलसी न्यौपाने, प्रदेश उपाध्यक्ष टिकाराम चेम्जोङ लगायतले प्रशिक्षण दिएका थिए ।

प्रशिक्षण दिँदै नेताहरूले आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा जित हासिल गर्ने गरी परिचालित हुन कार्यकर्तालाई निर्देशन दिएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!