- संगालोखबर सम्वाददाता

धरान । धरान उप–महानगरपालिकाले मेयर चढ्न किनेको गाडी बेचेर रोलर किन्ने निर्णय गरेको छ । मेयरका लागि किनेको सरकारी गाडी बेचेर रोलर किन्ने निर्णय बिहीबार कार्यपालिकाले बैठकबाट पारित भएको हो ।

Advertisement

मेयर हर्क साम्पाङले मेयर चढ्न प्रयोग हुने गाडी बिक्री गर्ने प्रस्ताव गरेका थिए । धरानमा धेरै बाटो खाल्डा–खुल्डी परेकोले नगरको आफ्नै रोलर भयो भने तत्काल खाल्डा–खुल्डी पुर्न र बनाउँनका लागि यस्तो निर्णय गरेको मेयर साम्पाङको भनाई छ ।

मेयर निर्वाचित भएपनि साम्पाङ प्रायः आफ्नो मोटरसाइकल प्रयोग गर्छन् । गाडी बिक्रीका लागि अब कानुनी प्रक्रिया पूरा गर्ने काम सुरु भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!