इलाम–१ को निर्वाचन बदर गरी पुनः मतदान माग गर्दै खनालले हाले सर्वोच्चमा रिट
काठमाडौं । इलाम–१ को निर्वाचन बदर गरी पुनः मतदान गर्न माग गर्दै नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले मंगलबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् । नेकपा एसको तर्फबाट सो क्षेत्रमा उम्मेदवारसमेत रहेका नेता खनाल पुनः मतदान माग गर्दै सर्वोच्च अदालत पुगेका हुन् ।
धाँधली गरेर आफूलाई हराइएको भन्दै खनालले सर्वोच्चमा रिट निवेदन दर्ता गरेका हुन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको...































