संगालोखबर
फाइल तस्बिर

विराटनगर । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सङ्घीयता बलियो बनाउन प्रदेशलाई अधिकार दिनुपर्ने बताएका छन् । आज नेपाल प्रेस युनियन मोरङ शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

मुलुकको समग्र विकासका लागि सङ्घीयता आवश्यक रहेको उल्लेख गर्दै कोइरालाले सङ्घीयतालाई बलियो बनाउन प्रदेशलाई अधिकार दिनुपर्ने उल्लेख गरे ।

Advertisement

उनले वर्तमान सरकारले विकासका काममा तीव्रता दिनुपर्ने धारणा व्यक्त गरे । डा. कोइरालाले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न बनेको सरकारप्रति जनताको आशा र भरोसा रहेको बताए ।

उनले मुलुकका केही ठूला दलले प्रदेश संरचनालाई बलियो बनाउन नचाहेको समेत उल्लेख गरे । उनले दल विभाजन ऐन सरकारको प्राथमिकतामा नरहेको बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!