झापामा १६ सय किलो गाँजासहित दुई जना पक्राउ
विराटनगर । झापामा एक हजार ६ सय ३६ किलो गाँजासहित दुई जना पक्राउ परेका छन् । बुद्धशान्ति गाउँपालिका-४ मेची राजमार्गबाट दुई वटा ट्रकसहित धनकुटाको सहिदभूमि गाउँपालिका-४ का महेश राई र इलामको माईजोगमाई गाउँपालिका-२ का गङ्गाबहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो ।
इलामबाट झापातर्फ आउँदै गर्दा को १ ख ५००१ र प्र १-०२-००२ ख ०५८४ नम्बरको ट्रकबाट सशस्त्र प्रहरी बलको टोलीले उनीहरूलाई शुक्रबार नियन्त्रणम...






























