दुर्घटनामा एकको मृत्यु

दुर्घटनामा एकको मृत्यु

राजविराज, १८ फागुन । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–६ मा दुर्घटनामा परी आज एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक वोदेबर्साइन नगरपालिका– १ बस्ने ३९ वर्षीया कपुरदेवी मण्डलको मृत्यु भएको प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताउनुभयो । उहाँ मोटरसाइकलको पछाडि बस्नुभएको थियो । त्यस्तै चालक उहाँका पति दुर्गानन्द र सोही मोटरसाईकलमा सवार निजकै १२ व...
जीप दुर्घटनामा सात महिलासहित ११ जनाको मृत्यु

जीप दुर्घटनामा सात महिलासहित ११ जनाको मृत्यु

दार्चुला, १८ फागुन । दार्चुला–तिङ्कर सडकअन्तर्गत दुहुँ गाउँपालिका–३ राताकाठा क्षेत्रमा हिजो जीप दुर्घटना भएको छ । दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र कठायतका अनुसार मृत्यु हुनेमा सात महिला, तीन पुरुष र एक बालिका रहेका छन् । मृतकको सनाखत हुन सकेको छैन । सदरमुकाम खलङ्गाबाट हिकिलातर्फ गइरहेको म१ज २८० नंको जीप महाकाली नदीमा खसेको हो । सख्त घाइत...
धनकुटामा सञ्चालित प्रदेश स्तरीय महिला फुटबल : मोरङलाई हराउँदै ताप्लेजुङले जित्यो उपाधी

धनकुटामा सञ्चालित प्रदेश स्तरीय महिला फुटबल : मोरङलाई हराउँदै ताप्लेजुङले जित्यो उपाधी

धनकुटा, १७ फागुन । धनकुटामा सञ्चालित प्रदेश नम्वर १ स्तरीय महिला फुटवल प्रतियोगिताको उपाधी ताप्लेजुङले जितेको छ । स्थानीय तल्लो टुडिखेलमा आज भएको फाईनलमा मोरङलाई १–० गोल अन्तरले पराजित गर्दै ताप्लेजुङले उपाधीमाथि कब्जा जमाएको हो । प्रतियोगितामा १ नम्बर प्रदेशका १४ वटै जिल्लाका एक/एक टिम सहभागि थिए । बिजयी टिमलाई धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, प्रदेश नम्वर १ का खेलकुद विकास समिति अध्यक्...
नोबेलमा बिद्यार्थीहरुको खेलकुद उत्सव सुरु (भिडियोसहित)

नोबेलमा बिद्यार्थीहरुको खेलकुद उत्सव सुरु (भिडियोसहित)

विराटनगर, १७ फागुन । हरेक बर्ष हुदै आएको ‘नोबेल स्पोर्टस फियस्टा’ शुक्रबारबाट सुरु भएको छ । नोबेल मेडिकल कलेजमा चिकित्सा शिक्षा अध्ययन गर्दै आएका बिद्यार्थीहरुले ८ दिने खेलकुद उत्सव सञ्चालन गरेका हुन् । कार्यक्रम उद्घाटन गर्दै नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका प्रबन्ध निर्देशक इन्दिरा शर्माले बिद्यार्थीहरुका लागि पढाईसँगै खेलकुदको पनि उत्तिकै महत्व रहेको बताईन् । त्यस्तै नोबेल मेडिकल कलेजका श...
हेलिकप्टर दुर्घटना : चारको पशुपति आर्यघाटमा दाहसंस्कार

हेलिकप्टर दुर्घटना : चारको पशुपति आर्यघाटमा दाहसंस्कार

काठमाडौँ, १७ फागुन । ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका चार जनाको आआफ्नै विधि, परम्परा र संस्कृति अनुसार आज दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्...
शैक्षिक सत्र शुरु तर विद्यालय बन्द

शैक्षिक सत्र शुरु तर विद्यालय बन्द

हुम्ला, १७ फागुन । हिमाली जिल्ला हुम्लामा शैक्षिक सत्र शुरु भएता पनि हिमपातका कारणले विद्यालय खोलिएका छैनन् । हुम्लालगायत देशका अधिकांश हिमाली जिल्लामा फागुनबाट नयाँ शैक्षिक सत्र शुरु हुने गर्दछ । जिल्लामा भारी हिमपात भई विद्यालय परिसरसँगै झ्याल ढोकाभन्दा माथिसम्म हिउँ जमेपछि विद्यालय नखोलिएको जिल्ला शिक्षा समन्वय समितिका प्रमुख वर्षबहादुर फडेराले जानकारी दिनुभयो । सात वटा गाउँपालिका रहेको हुम...
शनिबारदेखि पुन : वर्षा दोहोरिने

शनिबारदेखि पुन : वर्षा दोहोरिने

काठमाडौँ, १७ फागुन । गत मङ्गलबार प्रवेश गरेको पश्चिमी वायुको प्रभाव आज सकिएपछि मौसम सफा रहे पनि शनिबारबाट पुनः वर्षा शुरु हुनसक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार अर्काै जलवाष्पयुक्त नयाँ प्रणाली प्रवेश हुने भएकाले वर्षाको सम्भावना रहेको मौसमविद् मीनकुमार अर्यालले बताउनुभयो । उहाँका अनुसार आज मौसममा केही सुधार भई घाम लागे पनि भोलिदेखि फेरि प्रभावित हुनेछ । देशको अधिकांश भू–भ...
बाबुको किरिया गर्दै १५ वर्षीया किशोरी

बाबुको किरिया गर्दै १५ वर्षीया किशोरी

भरतपुर, १७ फागुन । भरतपुर महानगरपालिका–११ बसेनीकी १५ वर्षकी आर्मिन्ता देवकोटा बाबुको किरिया बस्नुभएको छ । छोराले मात्रै बुबाआमाको काज–किरिया गर्ने परम्परालाई तोड्दै उहाँ हिन्दू संस्कारअनुसार आफै किरिया बस्नुभएको हो । उहाँका बाबु लक्ष्मण देवकोटाको फागुन ९ गते ३९ वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको थियो । गोरखाको पालुङटार घर भई शिक्षक पेशामा आवद्ध बाबु लक्ष्मणको निधन भएपछि ठूली छोरी आर्मिन्ता...
शाहरूख र अक्षय एकसाथ सिनेमामा

शाहरूख र अक्षय एकसाथ सिनेमामा

एजेन्सी ।  बलिउड अभिनेता शाहरूख खान र अक्षय कुमार एकसाथ आउने भएका छन्। उनीहरू दक्षिण भारतिय मलयालम सिनेमा 'कोडिसमक्षम बालन वकिल'को हिन्दी रिमेकमा एकसाथ आउन थालेको भारतिय संचारमाध्यमले जनाएका छन्। गत वर्ष यी दुबै स्टारबिच 'जोली एलएलबी ३'लाई लिएर मनमुटाव भएको खबर सार्वजनिक भएको थियो । 'जिरो' फ्ल्प भएपछि राम्रो प्रोजेक्टको खोजीमा रहेका शाहरुखका लागि अक्षयसँगको सहकार्यले राहत दिने अपेक्षा गरिएको छ।...
इन्स्टाग्रामभन्दा डेढ गुणा बढी डाउनलोड भयो टिकटक

इन्स्टाग्रामभन्दा डेढ गुणा बढी डाउनलोड भयो टिकटक

सोसल भिडियो सेयरिङ एप टिकटक एक अर्ब बढीपटक डाउनलोड भइसकेको छ । सन् २०१८ मा यसलाई ६६ करोड बढी पटक डाउनलोड गरियो जबकी इन्स्टाग्राम ४४ करोड ४० लाख पटक डाउनलोड भएको छ । यो जानकारी ऐप एनालिटिक्स कम्पनी सेन्सर टावरको एक रिपोर्टले सार्वजनिक गरेको हो । रिपोर्ट अनुसार टिकटक चर्चित हुँदा फेसबुक र स्न्यापच्याटजस्ता ठूला कम्पनी प्रभावित हुनेछन् ।
ओसामाका छोरा हमजामाथि अमेरिकाले राख्यो ११ करोड रुपैयाँ इनाम

ओसामाका छोरा हमजामाथि अमेरिकाले राख्यो ११ करोड रुपैयाँ इनाम

अमेरिकाले अल–कायदा नेता ओसामा बिन लादेनका छोरा हमजा बिन लादेन बारे जानकारी दिनेलाई एक मिलियन डलर (११ करोड रुपैयाँ) इनाम दिने घोषणा गरेको छ । जिहादको युवराज नामबाट चर्चित हमजा बिन लादेनलाई अमेरिकाले थुप्रै वर्षदेखि खोजिरहेको छ । कहिले उनी पाकिस्तानमा त कहिले अफगानिस्तानमा भएको खबर आइरहन्छ । हमजा, ओसामाका तीन जीवित श्रीमतीमध्ये एक खैरिया सबारका छोरा हुन् जो एबटाबादको एक परिसरमा आफ्ना श्रीमान ओसा...
असिनापानीले दश लाख बढीको तरकारी नष्ट

असिनापानीले दश लाख बढीको तरकारी नष्ट

गलेश्वर, १७ फागुन । बुधबार राति परेको असिनापानीले म्याग्दीको बेनी नगरपालिका–२ खबराका कृषकले आफ्नो खेतबारीमा लगाएको लाखौँको तरकारी नष्ट गरेको छ । राति १२ बजेदेखि परेको भीषण असिनापानीले टिपेर बिक्री गर्ने तयारीमा रहेको तरकारी खेतीमा क्षति पुर्याएको हो । असिना र पानीले बन्दा, काउली, आलु, गाजर, रायोसाग, लसुन, प्याज, मुलालगायतका बेमौसमी तरकारी खेतीमा क्षति पुर्याएको कृषकले गुनासो गरेका छन् । नगरपालि...
प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जलि

प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जलि

काठमाडौँ, १७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि पुगेको मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार ताप्लेजुङको दारेभीरमा हेलिकप्टर दुर्घटना हुँदा सबैको निध...
आगलागीबाट चौध बाख्रा मरे

आगलागीबाट चौध बाख्रा मरे

गलेश्वर, १७ फागुन ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नागीमा गोठमा भएको आगलागीबाट १४ बाख्रा मरेका छन् । स्थानीय कृषक आइती गर्वुजाको गोठमा रहेका पशु चौपायालाई न्यानो गराउन बालिएको आगो गोठमा सल्किएर आगलागी हुँदा बाख्रासहित गोठभित्र रहेका सामान जलेर रु १ लाख ५७ हजार बढीको क्षति भएको स्थानीय पुर्ख फगामीले जानकारी दिनुभयो । हिमपातका कारण कठ्याङ्ग्रिएका गाई र बाख्रालाई न्यानो बनाउन साँझ बालिएको आगो ...
आइसिसी टि–२० वरियतामा नेपालका तीन खेलाडी

आइसिसी टि–२० वरियतामा नेपालका तीन खेलाडी

काठमाडौँ, १७ फागुन । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सार्वजनिक गरेको टि–२० नयाँ वरियतामा नेपालका तीन खेलाडी अटाएका छन् । आइसिसीले बिहीबार राति सार्वजनिक गरेको नयाँ वरियतामा कप्तान पारस खड्का, सोमपाल कामी र वसन्त रेग्मीले स्थान बनाएका छन् । वरियताको अलराउण्डरतर्फ कप्तान पारस ३८औँ स्थानमा उक्लिएका छन् । ७६ अङ्क पाएका कप्तान पारसको यो करिअरकै ठूलो वरियता हो । अघिल्लो महीना पारस ४०औँ स्थ...
मन्त्री अधिकारीको अन्त्येष्टि पोखराको रामघाटमा हुने

मन्त्री अधिकारीको अन्त्येष्टि पोखराको रामघाटमा हुने

पोखरा, १७ फागुन । हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको श्रद्धाञ्जलि कार्यक्रम पोखराको प्रदर्शनी केन्द्रमा हुने भएको छ । काठमाडौँबाट आज मध्याह्न दिवङ्गत मन्त्री अधिकारीको पार्थिव शरीर पोखराको विमानस्थलमा ल्याएपछि प्रदर्शनी केन्द्रमा राखिने गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेतले जानकारी गराउनुभयो । मन्त्री ब...
कवाडी सङ्कलन केन्द्रमा आगलागी

कवाडी सङ्कलन केन्द्रमा आगलागी

चितवन, १७ फागुन । भरतपुर महानगरपालिका–४ लङ्कुको धर्मचोकमा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बिहीबार राति १ः३० बजे धर्मचोकमा रहेको कवाडी सङ्कलन केन्द्रमा आगलागी भएको हो । प्रदीप गुप्ताद्वारा सञ्चालित सो केन्द्रमा लागेको आगो पाँच घण्टापछि नियन्त्रणमा लिइएको थियो । दमकल, स्थानीयवासी, प्रहरी, नेपाली सेनाको टोलीले आगो नियन्त्रणमा लिएको हो । आगलागी हुनुको कारण खुल्न न...
हेलिकप्टर दुर्घटना : ‘मौसम खराबसँगै हतारो’

हेलिकप्टर दुर्घटना : ‘मौसम खराबसँगै हतारो’

सुकेटार (ताप्लेजुङ), १७ । करिब १२ हजार फिट अग्लो स्थानमा रहेको ताप्लेजुङको पाथीभराको मौसम बुधबार बिग्रिरहेको थियो । छिनछिनमा हिउँ र पानी पर्ने भइरहेको थियो । हावाहुरीले मान्छेलाई नै उडाउला झैँ थियो । पाथीभरा दर्शनका लागि आएका धेरै तीर्थयात्री बीचैबाट फर्किएका थिए । महीनादिनदेखि नै सो क्षेत्र हिउँले ढाकेको थियो । यही मौसममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलगायत सवार हेल...
भोजपुरमा प्राविधिकद्वारा कामकाज ठप्प

भोजपुरमा प्राविधिकद्वारा कामकाज ठप्प

भोजपुर, १६ फागुन । स्थानीय तहमा पुनःनिर्माणसम्बन्धी काम गरिरहेका इञ्जिनीयर तथा प्राविधिकले कामकाज ठप्प पारेका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, प्राविधिक हकहित संरक्षण तदर्थ समितिले आठ महीनादेखि भत्ता नपाएको भन्दै बुधबारदेखि कामकाज ठप्प पारेको हो । समितिले चारबुँदे मागसहित जिल्ला प्रशासन कार्यालय र जिल्ला योजना कार्यान्वयन एकाइमा ज्ञापनपत्र बुझाएको छ । जिल्लाका नौवटै स्थानीय तहमा कार्यरत ...
८ करोड नपाएपछि करीनाले छाडिन् ‘ह‍िन्दी मिडियम २’

८ करोड नपाएपछि करीनाले छाडिन् ‘ह‍िन्दी मिडियम २’

केही वर्ष अगाडिसम्म बलिउडमा अभिनेता र अभिनेत्रीको पारिश्रमिकमा आकाश-जमिनको फरक हुन्थ्यो । तर, अहिले चलेका अभिनेताले बुझ्ने पारिश्रमिक अभिनेत्रीहरुले पनि डिमाण्ड गर्न र लिन थालेका छन् । दीपिका पादुकोण र कंगना रनावट बलिउडका सबैभन्दा महँगा अभिनेत्रीमा दरिन्छन् । करीना कपूर पनि महँगो पारिश्रमिक बुझ्ने अभिनेत्री हुन् । केही समययता उनी एक फिल्मबापत ८ करोड डिमाण्ड गर्न थालेकी छिन् । अचेल अक्षय कुमारसँ...
हेलिकप्टर दुर्घटनामा निधन भएकालाई श्रद्धाञ्जलि शुक्रबार

हेलिकप्टर दुर्घटनामा निधन भएकालाई श्रद्धाञ्जलि शुक्रबार

काठमाडौँ, १६ फागुन । ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सातै जनालाई श्रद्धाञ्जलि दिने कार्यक्रम शुक्रबार हुने भएको छ । दुर्घटनामा निधन भएका सबैका शव आज अपराह्न काठमाडौँ ल्याई शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । शव परीक्षणको जटिताका कारण श्रद्धाञ्जलिको कार्यक्रम आज ढिलाई ...
धनकुटामा ब्रेकफेल भएको बसबाट हामफाल्दा एक जनाको मृत्यु, तीन घाईते

धनकुटामा ब्रेकफेल भएको बसबाट हामफाल्दा एक जनाको मृत्यु, तीन घाईते

धनकुटा, १५ फागुन । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ कात्तिकेमा आज दिउँसो ब्रेकफेल भएको बसबाट हामफाल्दा एक जनाको मृत्यु भएको छ । धरानबाट धनकुटातर्फ आउँदै गरेको को.१ ख.७१६९ नम्बरको बस अचानक ब्रेकफेल भयो । ब्रेक फेल भएको थाहा पाएपछि गुडिरहेको बसको ढोकाबाट हामफाल्दा पहिचान खुल्न नसकेका करिव ६० बर्षीय बृद्धको मृत्यु भएको प्रहरीले जनाएको छ । लडेर गंभीर घाईते भएका उनलाई उपचारका लागि धरान स्थित वीपी कोईर...
पाकिस्तानको घोषणा : भारतीय पाइलटलाई रिहा गर्ने

पाकिस्तानको घोषणा : भारतीय पाइलटलाई रिहा गर्ने

काठमाडौँ, १६ फागुन । पाकिस्तानी वायूसेनाले कब्जामा लिएका भारतीय पाइलट अभिनन्दन वर्तमान रिहा हुने भएका छन् । पाकिस्तानी प्रधानमन्त्री इमारान खानले संसदमा संवोधन गर्दै यस्तो घोषणा गरेका हुन् हिजो पाकिस्तानले आफ्नो क्षेत्रमा आएको भारतीय लडाकु बिमानमाथि आक्रमण गरेर खसालेको थियो । यस क्रममा पाइलट अभिनन्दन पक्राउ गरेका थिए । भारतले उनलाई छुटाउन कुटनीतिक प्रयास गरेको थियो । संसदमा बोल्ने क्रममा प्र...
लगानी बोर्डलाई थप अधिकार : रु छ अर्ब माथिका आयोजना हेर्ने

लगानी बोर्डलाई थप अधिकार : रु छ अर्ब माथिका आयोजना हेर्ने

काठमाडौँ, १६ फागुन ।  सरकारले रु छ अर्बभन्दा माथिका ठूला आयोजनाको समन्वय तथा लगानीको प्रबन्ध लगानी बोर्डमार्फत् गर्ने गरी तयारी गरेको छ । ‘सार्वजनिक निजी साझेदारी तथा लगानी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ मा बोर्डको काम तथा कार्यक्षेत्रलाई पनि थप गर्दै शक्तिशाली बनाउने, ठूला आयोजनासँग समन्वय तथा व्यवस्थापनको जिम्मा दिइने भएको छ । सरकारले आगामी चैत १५ र १६ गते लगानी सम्मेलन आयोजना गर...
हनोई वार्ता विना सम्झौता टुङ्गियो

हनोई वार्ता विना सम्झौता टुङ्गियो

हनोई, १६ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ अनबीच भियतनामको हनोईमा जारी शिखर वार्ता कुनै लिखित सम्झौता बेगर सम्पन्न भएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले वार्तापछि आयोजित पत्रकार सम्मेलनमा अर्को शिखर वार्ताका लागि उत्तर कोरियाले राखेको प्रस्तावलाई अस्वीकार गरेको बताउनुभयो । निकै महत्वका साथ हेरिएको हनोई वार्तामा कुनै ठोस प्रगति हुन सकेन भने आणविक निःशस्त्रीकर...
एकजना विद्यार्थीका लागि स्कुल खोल्दै सरकार

एकजना विद्यार्थीका लागि स्कुल खोल्दै सरकार

एजेन्सी । अहिलेको युगमा बालबालिकाको लागि शिक्षा कति महत्वपूर्ण छ र सरकारहरु यसका लागि कति धेरै सजग हुनुपर्दछ भन्ने कुराको दह्रो उदाहरण हालै अमेरिकामा देखिएको छ । अमेरिकाको व्योमिंगस्थित लारामी सहरमा त्यहाँको सरकारले केवल एकजना विद्यार्थीका लागि डेढ करोड रुपैयाँ भन्दा धेरै खर्च गरेर एउटा स्कुल नै खोल्दैछ । लारामी सहरमा केवल एकजना विद्यार्थीलाई पढाउनका लागि स्कुल खोलिएको यो पहिलो पटक होइन । सन् ...
१२ वर्षमै बिहे !

१२ वर्षमै बिहे !

दुल्लु, १६ फागुन । सलल बगेको भेरी नदीको आवाजले एकछिन अडिन बाध्य बनाउँछ । नदी किनारको बालुवामा खेल्दै गरेका र सरसफाइमा व्यस्त भएका बालबालिकाको झुण्डले एकपटक त्यो दृश्य नहेरी फर्कनै सकिँदैन । झुण्ड झुण्डमा रहेका अरु बालबालिका कोही बालुवामा चित्र बनाउँदैछन्, कोही हात समातेर खेल्दैछन् । कोही सरसफाइमा व्यस्त । बालबालिका र तिनका अभिभावक नुहाइधुवाइका लागि पनि प्रायःजसो नदीमा पुग्छन् । नदीको परतिर सुन्...
बैंकमा आगलागी

बैंकमा आगलागी

चितवन, १६ फागुन । नारायणगढको शहीदचोकस्थित ग्लोबल आइएमई बैंकमा आज अपराह्न ३ बजे आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आगलागी विद्युत् चुहावट भएर भएको हो । स्थानीयवासी र दमकलको सहयोगले अपराह्न ३ः३५ मा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आगलागीबाट के कति क्षति भयो भन्ने वास्तविक विवरण आउन सकेको छैन ।
आरनमै खुशी छन् हस्तबहादुर

आरनमै खुशी छन् हस्तबहादुर

हेटौँडा , १६ फागुन । आजका धेरै युवालाई आरनका बारेमा थाहा नहुन सक्छ । चुलेसी, ओदान, कोरेसो, तावा, ताई, फाली, कब्जा, झिर जस्ता दैनिक जीवनका औजारहरु बनाउने ठाउँ हो आरन । यस्ता औजार आजभोलि खासै प्रचलनमा आउँदैनन् । कँचिया, हँसिया, खुर्पा, दाउ, कुटो, कोदालो र खुकुरी पनि यही घरेलु उद्योगमा बन्छ । हेटौँडा–६ चौघडामा सानो आरन छ । यहाँ खुकुरी, हँसिया, कँचिया, कुटो, कोदालो जस्ता किसानले प्रयोग गर्ने औजारहर...
बसको ठक्करबाट किशोरीको मृत्यु

बसको ठक्करबाट किशोरीको मृत्यु

चितवन, १६ फागुन । कालिका नगरपालिकाबाट जन्ती लिएर तनहुँतर्फ जाँदै गरेको बसले आज दिउँसो मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार एक किशोरीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा कालिका नगरपालिका–८ जुटपानीकी १४ वर्षीया शिक्षा अर्याल रहेकी छन् । कालिका नगरपालिका–८ शक्तिखोरबाट तनहुँका लागि जन्ती लिएर हिँडेको ग १ ख २६७६ नम्बरको बसले जुटपानीमा ना ५८ प...
अमेरिकी कम्पनीमा ठूलो संख्यामा रोबोटको प्रयोग

अमेरिकी कम्पनीमा ठूलो संख्यामा रोबोटको प्रयोग

न्यूयोर्क, १६ फागुन । अमेरिकी कम्पनीहरुले अघिल्ला वर्षको तुलनामा सन् २०१८ मा रोबोटको प्रयोग ज्यादै वृद्धि गरेका छन् । विगतमा कार निर्माता कम्पनीमा बढी देखिने रोबोट आजभोलि स–साना व्यवसायमा समेत प्रयोग हुन थालेको छ । मानवस्रोतभन्दा सस्तो र सहज भएकै कारण व्यवसायीले रोबोटको प्रयोग रुचाएको अध्ययनहरुले देखाएका छन् । सन् २०१७ को तुलनामा कार निर्माण प्लान्टमा रोबोट प्रयोगमा झण्डै १६ प्रतिशत वृद्धि भएक...
error: Content is protected !!