- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटामा पहिलो पटक सञ्चालित सुन्दरी प्रतियोगिता ‘मिस धनकुटा’ को बिजेता आज घोषणा गरिदैछ । धनकुटा–७ स्थित त्रिवेणी स्कूलको प्राङ्गणमा आज साँझबाट सुरु भएको फाईनलबाट मिस धनकुटा छनौट गरिनेछ ।

Advertisement

मिस धनकुटाको ताज पहिरिनका लागि धनकुटाका २८ जना युवती प्रतिस्पर्धामा छन् । जसमा धनकुटा बजारका युवतीको संख्या धेरै रहेको कार्यक्रम व्यवस्थापक समिर बिकले संगालोखबरलाई जानकारी दिए । बिजेता छनौटका लागि महानायक राजेश हमाल, गायक बावु बोगटी, दिपक घिमिरे र बिभोर पोख्रेल निर्णायकको भूमिकामा छन् ।

बिजेताले स्कुटरसहित १० लाखको जीवन वीमा, एयर होस्टेज तालिम, थाईल्याण्डको भ्रमण र म्यूजिक भिडियोमा अभिनय गर्ने अवसर पाउँनेछन् । त्यस्तै द्धितियले नगद ४० हजारसहित पाँच लाखको जीवन बीमा, एयर होस्टेज तालिम, थाइल्याण्डको भ्रमण र म्यूजिक भिडियोमा अभिनय गर्न पाउँनेछन् ।

त्यस्तैगरी तृतियलाई नगद २० हजार, एयर होस्टेज तालिम, थाईलेण्डको भ्रमण र म्यूजिक भिडियोमा अभिनय गर्ने अवसर दिईने आयोजक सस्थाका अध्यक्ष दिपक बराईलीले जानकारी दिए ।

भदौं १४ र १५ गते भएको छनौट चरण पश्चात युवतीहरुलाई एक महिने व्यूटीसियन तालिम प्रदान गरिएको छ । युवतीहरुको प्रतिभा उजागर गर्ने उद्धेश्यले मोनाली इन्टरटेन्मेन्ट एण्ड इभेन्ट प्रालि काठमाण्डौले प्रतियोगिता आयोजना गरेको हो ।

अपडेट न्यूज…

पाख्रीवासकी सावित्रा बनिन् पहिलो मिस धनकुटा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!