काठमाडौं । आज काग तिहार । यमराजको दूतका रुपमा कागलाई मीठो मीठो चीजविज खान दिएर मनाइँदैछ। यमपञ्चक शुक्रबार बेलुकीदेखि नै शुरु भएपनि काग तिहार आज मनाइँदै छ ।

आज त्रयोदशी तिथी परेकाले काग तिहार पनि आज मनाउनु पर्ने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने परम्परा छ ।

कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठो मीठो खाना खुवाएर खुसी पार्ने चलन छ ।

यसैबीच, गरगहना तथा तामाका भाँडाकुँडा किन्ने धनतेरस पर्व पनि आजै मनाइँदै छ । आज गरगहना तथा भाँडाकुँडा किनेमा लक्ष्मी घरमै स्थिर भई बस्ने विश्वास छ ।

Please Subscribe to Sangalo Khabar Youtube Channel.
Loading...

तपाईको प्रतिक्रिया

error: Content is protected !!