- बिनोद बिष्ट/संगालोखबर

धनकुटा । धनकुटाको शहीदभूमी गाउँपालिकामा सातौं शहीदकप फुटबल प्रतियोगिता सुरु भएको छ । शहीदभूमी गाउँपालिका अध्यक्ष मनोज राईले खेल उद्घाटन गरेका छन् । उद्घाटन खेलमा साँगुरीगढीको खुडी टिमलाई १–० गोलले पराजित गर्दै आयोजक मितेरी युवा क्लव सफाईटार बिजयी भएको छ ।

Advertisement

खेलमा सागर दाहालले एकमात्र निर्णायक गोल गर्दै मितेरी क्लवको बिजयी सुरुवात गराएका हुन् । शहीदभूमी–१ स्थित छिन्ताङको मितेरी युवा क्लवले आयोजना गरेको प्रतियोगिता कात्तिक ६ गतेसम्म सञ्चालन हुँदैछ ।

पाँच दिनसम्म सञ्चालन हुँने प्रतियोगिताको उपाधिका लागि धनकुटा, भोजपुर, सुनसरी र मोरङका २६ टिम भिड्दैछन् । बिजेताले ७५ हजार र उप–बिजेताले ३० हजार पाउँने आयोजक सस्थाका अध्यक्ष दुर्गा खड्काले संगालोखबरलाई जानकारी दिए । उनका अनुसार प्रतियोगिताको उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई पनि ३ हजार १ सय नगदसहित पुरस्कृत गरिनेछ ।

यसैवीच लामेचउर खेल मैदानका लागि जग्गा दिने बिष्णुमायाँ खड्का, गणेशबहादुर खिञ्ची, लाखमायाँ राई र निर्मल बिष्टलाई प्रतियोगिता उद्घाटन कार्यक्रममा सम्मान गरिएको छ । कार्यक्रममा शहीद परिवारका सदस्यहरुलाई पनि सम्मान गरिएको थियो ।

२०३६ सालमा पञ्चायती शासन व्यवस्था विरुद्धको आन्दोलनमा खोकु, छिन्ताङ्ग र आँखिसल्लाका १६ जना शहीद भएका थिए । उनीहरुकै संझनामा २०७० सालदेखि हरेक बर्ष शहीदकप फुटबल प्रतियोगिता सञ्चालन हुँदै आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!