- संगालोखबर सम्वाददाता

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–९ भोटसिपा तिखु मोडमा आज बिहान बस दुर्घटना हुँदा चालकसहित कम्तिमा ११ जनाको मृत्यु भएको छ । ३० जना भन्दा बढी यात्रु घाईते भएका छन् ।

इन्द्रावती गाउँपालिका ९ सिपाटारबाट दशैं मनाएर खचाखच यात्रु बोकेर काठमाडौं जाँदै गरेको बा.२ ख. २७१५ नम्बरको बस बिहान करिव साँढे ९ बजे दुर्घटना भएको हो । दुर्घटनामा परी छ जनाको घटनास्थलमै मृत्यु भएको छ । उपचारका लागि लैजादै गर्दा थप पाँच जनाको बाटोमै मृत्यु भएको हेलम्बु यातयात समिति अध्यक्ष राजेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार कम्तीमा तीन जना बस भित्रै च्यापिएका छन् । उनीहरुलाई निकाल्न स्काभेटर लगिएको छ । दुर्घटनामा ३० जना भन्दा बढी घाइते भएका छन् । घाईतेको उद्धारका लागि हेलिकप्टर परिचालन गरिएको छ ।

कच्ची सडकको तिखु मोडबाट बस करिब २ सय मिटर तल खसेको छ । छतमासमेत खचाखत यात्रु बोकेको सो बसमा करिव ७० जना यात्रु सवार थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!