- संगालोखबर सम्वाददाता

इटहरी । इटहरीमा तीन दिने नि:शुल्क राेबाेटिक तालिम सुरू भएकाे छ । क्यान सुनसरीकाे आयोजना तथा टिम फ्यूजन इटहरीकाे सहकार्यमा इटहरी स्थित काेशी सेन्ट जेम्स कलेजमा कार्यक्रम सुरू भएकाे हाे ।

Advertisement

तालिममा १५ बिद्यालय तथा कलेजका ५० जना सहभागि छन् । कार्यक्रमकाे उद्घाटन गर्दै क्यान प्रदेश १ का अध्यक्ष भबकृष्ण तिम्सिनाले अब राेबटिक युग भएकाे र यसकाे राम्राे सम्भाबना रहेकाे बताए । उद्घाटन कायर्यक्रममा बाेल्दै क्यान सुनसरीका अध्यक्ष बिशाल बास्ताेलाले यस्ता खालका तालिमले बिद्यार्थीकाे कलाकाैशल बृद्धि हुनेमा जाेड दिए ।

कार्यक्रममा अध्यक्ष बास्ताेला लगायत कार्यसमिती सदस्यहरू, बिद्यालय तथा कलेजका प्रतिनिधि लगायतको उपस्थिती थियाे । तालिमका सहभागिले क्यान सुनसरीकाे आयोजनामा यही कार्तिक १४ गते हुने क्यान फ्यूजन व्याटल फर स्पिड नामक राेबाेटिक प्रतियाेगितामा सहभागि हुन पाउने क्यान सुनसरीले जनाएकाे छ ।

प्रतियोगितामा ६ रोबोट सञ्चालकसहित २५ विद्यार्थीहरुले सहभागिता जनाउने छन् । प्रतियोगितामा एक टोलीले अर्काे टाेलीसँग प्रतिष्पर्धा गर्नेछन् । प्रदेश नं. १ मा पहिलाे पल्ट भनेर दाबी गरिएकाे उक्त राेबाेटिक प्रतियाेगिताकाे बिजयीले नगद १५ हजार पाउनेछन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!