काठमाडौं । गायक दुर्गेश थापा पक्राउ परेका छन् । सामाजिक सहिष्णुता बिगारेको आरोपमा प्रहरीले गायक थापालाई पक्राउ गरेको हो ।
देउसी भैलोको गीत बिगारेर सामाजिक सहिष्णुतामा असर पुर्याएको आरोपमा थापालाई पक्राउ गरिएको प्रहरीको अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बताए ।
दुर्गेशको बिरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको थियो ।
दुर्गेशले गाएको तिहार लक्षित गीत ‘तिहार गीत’ लाई लिएर परेको उजुरीका आधारमा थापा पक्राउ परेका हुन् ।