संगालोखबर सम्वाददाता

धनकुटा । पाख्रीवासकी साबित्रा घिमिरेले मिस धनकुटाको उपाधि जितेकी छन् । गएराति सम्पन्न फाईनलमा २७ जना प्रतिस्पर्धिलाई उछिन्दै घिमिरेले पहिलो मिस धनकुटाको ताज पहिरिएकी हुन् । बिजयी भएसँगै उनले स्कुटर पाएकी छन् ।

Advertisement

बिजयी घिमिरेलाई १० लाखको जीवन वीमा, एयर होस्टेज तालिम, थाईल्याण्डको भ्रमण र म्यूजिक भिडियोमा अभिनय गर्ने अवसर प्रदान गरिने आयोजक मोनाली इन्टरटेन्मेन्ट एण्ड इभेन्ट प्रालि काठमाण्डौले जनाएको छ । पाख्रीवास–३ की घिमिरे जालपादेवी क्याम्पसमा स्नातक चौथो बर्षमा अध्ययनरत छिन् ।

यता, सोनी कार्की फस्ट रनरअप र निरुता सुव्वा सेकेण्ड रनरअफ घोषित भएका छन् । फस्ट रनरअप कार्कीले ४० हजार र सेकेण्ड रनरअप सुव्वाले २० हजार नगद पुरस्कार पाए । कार्कीले ५ लाखको जिवन वीमा पाउँनेछिन् ।

दुवै जनालाई एयर होस्टेज तालिम, थाइल्याण्डको भ्रमण र म्यूजिक भिडियोमा अभिनयको अवसर दिईने आयोजकले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!