जनकपुर । धनुषाको जनकपुर उपमहानगरपालिका–१४ मा गोली हानी एकजनाको हत्या भएको छ। जनकपुरधाम उपमहानगपालिका-१ का अन्दाजी ४० वर्षीय मनोज साह माथि गोली प्रहार भएको हो । निर्माण व्यावसायी साहमाथि जनकपुरको मुजेलियामा स्थानीय पंकज चौधरीले गोली प्रहार गरेका हुन् ।
उनलाई बन्दुकसहित प्रहरीले नियन्त्रणमा लिइसकेको जनकपुरका एसपी शेखर खनालले बताएका छन् । गोली लागेर साहको घटनास्थलमै मृत्यु भएको थियो । साह जनकपुरस्थित शिव आयल पेट्रोल पम्पका सञ्चालक हुन् ।
साहको शव जनकपुर अञ्चल अस्पतालमा राखिएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा साहमाथि लेनदेन विवादमा गोली प्रहार भएको देखिएको छ ।