डा.शर्माद्वारा सञ्चालित तीन शिविरबाट एक हजार बिरामी लाभान्वित
मोरङ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले मंगलवार मोरङको क्षेत्र नं. ३ का तीन छुट्टा छुट्टै स्थानमा सञ्चालन गराएको निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार बिरामी लाभान्वित भएका छन् । डा.शर्माले नोबेल अस्पतालमार्फत बेलवारी वडा नं.१, सुन्दरहरैंचा वडा नं.१ र पथरीशनिश्चरे वडा नं.२ मा शिविर सञ्चालन गराएका हुन् ।
तीन वटा शिविरबाट ९ सय ६२ जना विरामीको निःशुल्क स्वास्थ्य परीक्षण ...































