- संगालोखबर सम्वाददाता

काठमाडौं । संविधान दिवसको सातौं बर्षगाँठको अवसर पारेर नेकपा एमालेले आज बिहान काठमाडौंमा पदयात्रा आयोजना गरेको छ । ‘संविधानको सात वर्षे यात्रा, युवा सँग–सँगै पदयात्रा’ नारासहित पदयात्रा आयोजना गरिएको हो ।

Advertisement

ललितपुरको कुपण्डोल, काठमाडौँको कालीमाटी, नयाँ बानेश्वर, मैतीदेवी र लैनचौरबाट सुरु भएको पदयात्रा शहीद गेटमा आइपुगेको थियो । पदयात्रामा एमाले अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेता तथा हजारौं कार्यकर्ता सहभागि थिए ।

‘नेपालको संविधान २०७२’ दोस्रो संविधान सभाले २०७२ असोज ३ गते पारित गरेको हो । यो जनताका प्रतिनिधिले पारित गरेको पहिलो र नेपालको सातौं संविधान हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!