संगालोखबर सम्बाददाता

विराटनगर । पछिल्लो केही महिनादेखि डेंगुको प्रकोप बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार हालसम्म देशभर १५ हजार ४२३ जनामा डेंगु पुष्टि भएको छ ।

Advertisement

मन्त्रालयका अनुसार डेंगुको सङ्क्रमणबाट साउन यता १३ जनाको मृत्यु भएको छ । डेंगुको सङ्क्रमण सबैभन्दा धेरै बागमती प्रदेशमा ११ हजार ८३५ जनामा भएको छ । यस्तै, लुम्बिनीमा एक हजार ९९४, प्रदेश १ मा ४५०, सुदूरपश्चिममा ४२०, गण्डकीमा ३०४, मधेश प्रदेशमा २३४ र  कर्णाली प्रदेशमा १८६ जनामा डेंगु पुष्टि भएको छ ।

नेपालमा हरेक दुई तीन वर्षको अन्तरालमा डेंगु रोग प्रकोपका रूपमा देखा पर्ने गर्छ । यसअघि २०१९ मा प्रकोपका रूपमा फैलिएको थियो । त्यसबेला १७ हजारभन्दा बढीमा डेंगु पुष्टि हुनुका साथै ६ जनाको मृत्यु भएको थियो ।

डाक्टरहरुका अनुसार डेंगु ज्वरो एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । उच्च ज्वरो आउने, मांसपेशी दुख्नु, आँखाको गेडी दुख्नु, टाउको दुख्नु, शरीरमा रातो बिमिरा आउनु, वाकवाकी लाग्नु, वान्ता हुनु डेंगुका प्रमुख लक्षण हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!