- संगालोखबर सम्वाददाता

मोरङ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले शुक्रवार मोरङको सुन्दरहरैंचा र बेलवारीका तीन स्थानमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा करिब ९ सय विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्माले बिपन्न विरामीलाई लक्षित गर्दै बेलवारी नगरपालिका वडा नम्बर ८, ९ र सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ४ मा शिविर सञ्चालन गराएका हुन् ।

Advertisement

तीन वटा शिविरबाट ८९३ जना विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको अस्पताल प्रबन्धक नारायण दाहालले जानकारी दिए । दाहालका अनुसार बेलवारी–८ मा सञ्चालित शिविरमा ८७ जनाको इसीजी, १०३ जनाको रक्त परीक्षण, ९९ जनाको भिडियो एक्सरे र १३ जनाको दाँत उखेलिएको छ । नोबेलका छाती तथा फोक्सो रोग बिशेषज्ञ प्रा.डा.रामहरी घिमिरे र स्त्री रोग सम्बन्धि डा.प्रतिमा काफ्लेसहितको टोलीले शिविरमा ३२४ विरामीको स्वास्थ्य परीक्षण गरेको छ ।

त्यस्तै, बेलबारी नगरपालिका–९ स्थित डाँगीहाटमा पनि शिविर सञ्चालन गरिएको छ । नोबेलका मुटुरोग विशेषज्ञ प्रा.डा.राजेश नेपाल नेतृत्वको डाक्टरहरुको टोलीले ११३ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । शिविरमा आएका ८९ जनाको मुटुको जाँच ईको गरिएको छ ।

यता, सुन्दरहरैंचा वडा नम्बर ४ मा सञ्चालित शिविरमा ४५६ जना विरामीको स्वास्थ्य परीक्षण गरिएको छ । जसमध्ये १११ जनाको इसीजी, १०७ जनाको रक्त परीक्षण र १३७ जनाको भिडियो एक्सरे गरिएको छ भने दाँतमा समस्या भएर आएका १७ जनाको दाँत फुकालिएको छ । शिविरमा नोबेलका स्त्री रोग विशेषज्ञ प्रा.डा.सीता घिमिरे नेतृत्वको टोलीले विरामीको स्वास्थ्य परीक्षण गरेको हो ।

तीन वटै शिविरबाट थप उपचारका लागि १२२ जना विरामीलाई नोबेल अस्पताल रेफर गरिएको छ । रेफर भएका विरामीहरुलाई डा.शर्माले नोबेलकै गाडीमा अस्पताल ल्याउँने र उपचार पश्चात घर पुर्र्याउँने व्यवस्था मिलाइदिएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!