विशेष प्रहरी भन्दै ठगी गर्ने दुई जना पक्राउ
उदयपुर । उदयपुरमा आफूलाई विशेष प्रहरी भएको बताउँदै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतामाई गाउँपालिका–७ मुर्कुर्चीका २३ वर्षीय दिलिप भनिने दिपेश लुङ्गेली मगर र त्रियुगा नगरपालिका–१२ पुरानो गाईघाटका ३३ वर्षीय सन्तोष चौधरी छन् ।
उनीहरुले आफू सिभिल (सादा पोसाकका) प्रहरी भएको भन्दै सर्वसाधारणलाई धम्की दिएर जवरजस्ती रकम मागेर ठगी गरेको आरोप छ । चौदण्डीगढी नगरपालिका–८ घर...































