- संगालोखबर सम्बाददाता

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न नभएसम्म जग्गा वितरणसम्बन्धी कुनै काम नगर्न निर्वाचन आयोगले राष्ट्रिय भूमि आयोगलाई निर्देशन दिएको छ ।

Advertisement

निर्वाचन आयोगले बिहीबार विज्ञप्ति जारी गरी आसन्न निर्वाचनलाई निष्पक्ष बनाउन निर्वाचन सम्पन्न नभएसम्म जग्गा वितरणसम्बन्धी निवेदन लिने, जग्गा नापजाँच गर्ने र जग्गाको निस्सा तथा लालपुर्जा वितरण गर्ने लगायतका सबै काम तत्काल स्थगित गर्न निर्देशन दिएको हो । यसबारे दुई दिनभित्र यथार्थ जानकारी दिन पनि निर्देशन दिइएको छ ।

त्यस्तै सम्बन्धित आयोजक तथा प्रायोजकबाट सम्पूर्ण खर्च बेहोर्ने गरी स्वीकृत गरिने वैदेशिक भ्रमणबाहेक नेपाल सरकारलाई प्राप्त हुने अनुदान तथा सहयोग रकमबाट  नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको कोषबाट कुनै पनि रकम खर्च हुने गरी गरिने वैदेशिक भ्रमण नगर्न, नगराउन पनि निर्देशन दिइएको छ । सङ्घीय सरकार, सात वटै प्रदेश सरकार र सबै स्थानीय तहलाई आयोगले यस्तो निर्देशन दिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!