संगालोखबर सम्वाददाता

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन निषेध गरेको छ । सर्वसाधारणको स्वास्थ्य, सुविधा र आर्थिक हित अभिवृद्धि गर्ने उद्देश्यले महानगरले सुर्तिजन्य पदार्थ सेवन निषेध गरेको हो ।

Advertisement

सार्वजनिक स्थानमा चुरोट, बिँडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा, सुर्ती वा यस्तै प्रकारका अन्य पदार्थको नसा लिने वा सेवन गर्ने काम निषेध गरिएको हो । महानगरले नियम उल्लंघन गर्नेलाई सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ समेतका आधारमा कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।

महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै नियम उल्लंघन गर्नेलाई सार्वजनिक स्थलबाट बाहिर निकाल्ने वा जरिवाना गर्ने चेतावनी दिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!