- संगालोखबर सम्बाददाता
सांकेतिक तस्बीर

विराटनगर । संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ७०२ जना कैदीको कैद मिनाहा र माफी दिएकी छन् । संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम कैद सजाय माफ गरिएको हो ।

मन्त्रिपरिषद्को सिफारिसमा २१ जना व्यक्तिहरुको कैद माफ गरिएको छ । त्यस्तै असल चालचलन भएको आधारमा ६६१ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद सजाय माफी मिनाहा गरिएको छ ।

यो निर्णय अनुसार कैद सजाय मिनाहा र माफी भएकाहरु असोज ३ गते छुट्नेछन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!