संगालोखबर सम्बाददाता

काठमाडौं । विद्यार्थीहरूले अब सरकारी अस्पतालको बहिरङ्ग सेवा (ओपीडी) को टिकटमा ५० प्रतिशत छुट पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यार्थीहरूलाई ओपीडी शुल्कमा छुट दिने निर्णय गरेको हो ।

Advertisement

मन्त्रालयले आइतबार सरकारी अस्पतालहरूलाई पत्राचार गर्दै छुट दिनका लागि निर्देशन दिएको छ ।

मन्त्रालयले देशभरका सरकारी अस्पतालहरू, प्रदेश अस्पताल तथा सबै स्थानीय तहहरुलाई परिपत्र गरेर विद्यार्थीहरूलाई ओपीडीमा छुट दिन भनेको छ ।

छुट पाउन विद्यार्थीहरूले आफ्नो परिचयपत्र देखाउनु पर्नेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!