सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । प्रदेश नं. १ मा डेँगुको संक्रमण बढ्दै गएको छ । तराईसँगै पहाडी र हिमाली जिल्लाहरूमा पनि डेँगुको संक्रमण बढ्दै गएको स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ ।

Advertisement

निर्देशनालयका अनुसार सोमबारसम्म प्रदेश १ का ७४५ जनामा डेँगुको संक्रमण देखिएको छ । डेँगुको संक्रमण तराइका जिल्लामा भन्दा पहाडी र हिमाली जिल्लामा बढी फैलिएको छ । अघिल्ला वर्षहरूमा तराइ तथा उपत्यका जस्ता घना बस्तीमा बढी देखिने गरेको डेँगुको संक्रमण यो वर्ष भने पहाडी र हिमाली जिल्लामा बढि देखिएको हो ।

पहाडी जिल्ला मध्ये तेह्रथुममा सबै भन्दा बढी १३७ जनामा यसको संक्रमण देखिएको छ । सुनसरीमा १७०, संखुवासभामा १२५, झापामा ८१, मोरङमा ७३, उदयपुरमा ६१, खोटाङमा ३६, धनकुटामा २९, ओखलढुङ्गामा २३, इलाम, पाँचथर र भोजपुरमा १२/१२, सोलुखुम्बुमा ७ र ताप्लेजुङमा २ जनामा संक्रमण देखिएको छ । डेँगुको संक्रमण बढ्दै गएपछि अहिले धनकुटा अस्पतालमा पनि डेंगु संक्रमित आउँने क्रम बढेको जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.मनिस साहले जानकारी दिए ।

लामखुट्टेको टोकाइबाट डेंगु लाग्ने गर्छ । डेँगुको संक्रमण भएमा १०० डिग्री भन्दा माथि ज्वरो आउने, थकित हुने, जिउ दुख्ने, कमजोर महसुस हुने, अत्याधिक टाउको र आँखा दुख्ने, वाकवाकी लाग्ने जस्ता लक्षण देखिने चिकित्सकहरू बताउँछन् । यस्ता लक्षण देखिएमा घरमै पारासिटामोल प्रयोग गर्न सकिने र निको नभएमा अस्पताल गएर डेगुं जाँच गराउँन चिकित्सकको सुझाव छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!