- संगालोखबर सम्बाददाता

मोरङ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले बिहिबार मोरङको पथरीशनिश्चरे, सुन्दरहरैंचा र कानेपोखरीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । विपन्न विरामीलाई लक्षित गर्दै नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्माले एकैदिन तीन स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरी विरामीहरुको निःशुल्क उपचार गराएका हुन् ।

Advertisement

सुन्दरहरैंचा नगरपालिका वडा नं. १२ मा सञ्चालित शिविरमा २२५ जना विरामीको निःशुल्क उपचार गरिएको छ । शिविरमा ७९ जनाको इसीजी, १०५ जनाको रक्त परीक्षण र १०२ जनाको भिडियो एक्सरे गरिएको छ । नोबेलका छाती तथा फोक्सो रोग विशेषज्ञ प्रा.डा.रामहरी घिमिरे, स्त्रीरोग बिशेषज्ञ प्रा.डा.सिता घिमिरे, स्त्रीरोग सम्बन्धि डा.रस्मी थापा लगायतको टोलीले विरामीको स्वास्थ्य परीक्षण गरेको थिए ।

यता, कानेपोखरी गाउँपालिका–५ मा पनि स्वास्थ्य शिविर सञ्चालन गरेर २५३ जना विरामीको निःशुल्क उपचार गरिएको छ । शिविरमा १२२ जनाको इसीजी, १०९ जनाको रक्त परीक्षण र १२७ जनाको भिडियो एक्सरे गरिएको छ । नोबेलका स्त्रीरोग बिशेषज्ञ प्रा.डा.शान्ति सुवेदीसहितको टोलीले शिविरमा विरामीहरुको स्वास्थ्य परीक्षण गरेको थियो ।

यता, ज्येष्ठ नागरिकहरुलाई लक्षित गर्दै पथरीशनिश्चरे नगरपालिका वडा नं.८ मा शिविर सञ्चालन गरिएको छ । शिविरमा नोबेलका मुटुरोग बिशेषज्ञ प्रा.डा.राजेश नेपालसहितको टोलीले १२७ जना विरामीको स्वास्थ्य परीक्षण गरेको छ । शिविरमा ९७ जनाको मुटुको जाँच इको गरिएको छ । तीन वटै शिविरबाट १३५ जना विरामीलाई थप उपचारका लागि नोबेल अस्पताल रेफर गरिएको छ ।

शिविरबाट रेफर भएकाहरुलाई नोबेल अस्पतालकै गाडीमा अस्पताल ल्याएर उपचार गरी घर पुर्याउने व्यवस्था मिलाइनेछ । डा.शर्माले बर्षौ अघिदेखि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर बिरामीहरुको निःशुल्क उपचार गराइरहेका छन् । समाजसेवाका क्षेत्रमा चर्चित डा.शर्मालाई नेपाली कांग्रेस मोरङ क्षेत्र नं.३ ले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेद्वार सिफारिससमेत गरेको छ । एकल सिफारिसमा परेकाले डा.शर्मा उम्मेद्वार बन्ने लगभग पक्कापक्की छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!