एमालेसहितका दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बन्ने
काठमाडौँ । नेकपा एमालेसहितका दलहरुको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्ने भएका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास वालकोटमा भएको बैठकले प्रचण्डलाई प्रधानमन्त्री बनाउँने सहमति गरेको हो ।
दाहाललाई एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपासहितका दलले समर्थन गर्ने भएका छन् । १६६ सांसदको समर्थनमा प्रचण्डलाई प्रधानमन्त्री बनाउँने सहमति जुटेको ब...






























