- संगालोखबर सम्वाददाता

विराटनगर । निर्वाचन आयोगले प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम परिणामसहितको प्रतिवेदन आज सातै प्रदेशका प्रमुखलाई बुझाउने भएको छ । आयोगले दिउँसो १ बजे सबै प्रदेशका प्रमुखलाई प्रतिवेदन बुझाउने प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

Advertisement

प्रवक्ता पौडेलका अनुसार प्रतिवेदन बुझाउन प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया प्रदेश १, आयुक्त सगुनशमशेर जबरा मधेश र सचिव गोकर्णमणि दुवाडी बागमती प्रदेशको राजधानीमा पुगेका छन् । त्यस्तै गण्डकीमा आयुक्त इश्वरीप्रसाद पौडेल, लुम्बिनीमा आयुक्त रामप्रसाद भण्डारी र कर्णालीमा सहसचिव यज्ञप्रसाद भट्टराई र सुदूरपश्चिम प्रदेशमा आयुक्त जानकी कुमारी तुलाधर पुगेका छन् ।

उनीहरूले एकै समयमा शनिबार प्रतिवेदन बुझाउने छन् । प्रदेशसभातर्फ प्रत्यक्षबाट ३३० र समानुपातिकबाट २२० गरी ५५० जना निर्वाचित भएका छन् । आयोगले प्रतिवेदन बुझाएपछि सात वटै प्रदेशमा नयाँ सरकार गठनको बाटो खुल्नेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!