- संगालोखबर सम्वाददाता

सर्लाही । सर्लाहीको हरिपुर नगरपालिकामा मानसिक सन्तुलन ठीक नभएका युवकले आफ्नै घरमा आगो लगाएका छन् । हरिपुर–२ सानो जगतपुरका कुम्भमाया न्यौपानेका छोरा दीपकले सोमबार राति आफ्नै घरमा आगो लगाएका हुन् ।

Advertisement

इँट्टा र काठले बनेको दुईतले घर आगलागीबाट पूर्णरूपमा जलेर नष्ट भएको छ । आगलागीबाट घरसहित घरभित्र रहेको अन्न, कपडा, भाँडा र नगदसहित सम्पूर्ण सामग्री जलेर नष्ट हुदा १५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

स्थानीय, प्रहरी र हरिवन नगरपालिकाबाट गएको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!