- संगालोखबर सम्वाददाता

महोत्तरी । महोत्तरीमा स्यालको टोकाइबाट एकै गाउँका ६ जना घाइते भएका छन् । स्यालले टोक्दा पिपरा गाउँपालिका–७ वनौली गाउँका दुई महिला र चार पुरुष घाइते भएका हुन् ।

स्यालको टोकाएबाट स्थानीय ५० वर्षीय दिनेश ठाकुर, ६२ वर्षीय शिवशङ्कर साह, ५५ वर्षीय बिल्टु मण्डल, ५५ वर्षीय लुटन साह, ६५ वर्षीया सिनेहा देवी र ५५ वर्षीया रामतोला देवी घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । गाउँको पश्चिमपट्टि रहेको विद्यापति डिह नजिकैको वनमा मंगलबार घाँस दाउराका लागि गएका उनीहरूलाई घर फर्किने बेला स्यालको झुण्डले आक्रमण गरेको थियो ।

घाइते शिवशङ्कर, सिनेहा र रामतोलालाई गए राति नै उपचारका लागि जनकपुरस्थित जानकी अस्पताल लगिएको छ । अन्य चार जनाको गएराति गाउँकै क्लिनिकमा प्राथमिक उपचार गरिए पनि आज बिहान थप उपचारका लागि जनकपुर लगिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!