इलाममा खेल्ने क्रममा पोखरीमा डुबेर २ वर्षिया बालिकाको मृत्यु

इलाममा खेल्ने क्रममा पोखरीमा डुबेर २ वर्षिया बालिकाको मृत्यु

इलाम । इलाम नगरपालिका–१ साखेँजुङमा खेल्ने क्रममा पोखरीमा डुबेर आज एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय हिमाल दाहालकी २६ महिनाकी छोरी हिमान्सीको मृत्यु भएको हो । बिहान ८ बजे खेल्ने क्रममा आफ्नै बारीमा भएको पोखरीमा डुबेर बालिकाको मृत्यु भएको हो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
सुनसरीमा भारतीय मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

सुनसरीमा भारतीय मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

सुनसरी । सुनसरीको कोशी गाउँपालिका–८ स्थित पूर्व पश्चित राजमार्गमा भारतीय मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५९ वर्षीया सीतादेवी मुखिया छिन् । शनिवार अपरान्ह्र ४ बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको वीआर ३२ एएच ६२४४ नम्बरको भारतीय मोटरसाइकलले सीतादेवीलाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट घाइते भएकी मुखियालाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्प...
झापामा जंगली हात्तीको आक्रमणबाट श्रीमतीको मृत्यु, श्रीमान घाइते

झापामा जंगली हात्तीको आक्रमणबाट श्रीमतीको मृत्यु, श्रीमान घाइते

झापा । झापामा जंगली हात्तीको आक्रमणबाट श्रीमतीको मृत्यु भएको छ । श्रीमान घाइते अवस्थामा छन् । हात्तीको आक्रमणबाट शिवसताक्षी नगरपालिका–११ स्थित बच्चाबगरकी ६१ वर्षीया कृष्णमाया भण्डारीको मृत्यु भएको हो । आइतबार बिहान साढे २ बजे जंगली हात्तीले कृष्णमायालाई आक्रमण गरेको थियो । हात्तीले घर भत्काउन थालेपछि चिच्याउँदै बाहिर निस्कने क्रममा हात्तीले आक्रमण गर्दा उनी घाइते भएकी थिइन् । अस्पताल लैजाने क्र...
प्रदेश १ः आज प्रदेश सभाको पहिला बैठक

प्रदेश १ः आज प्रदेश सभाको पहिला बैठक

विराटनगर । प्रदेश १ को प्रदेश सभाको पहिलो बैठक आज बस्ने भएको छ । पहिलो बैठक आज दिउँसो १ बजे बस्न लागेको हो । पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सांसद कांग्रेसका ७९ वर्षीय गयानन्द मण्डल गनगाईले गर्नेछन् । बैठकमा प्रदेश प्रमुखबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र वाचन गर्ने कार्यसूची छ । त्यस्तै प्रदेश सभा नियमावली २०७४ (पहिलो संशोधनसमेत) लाई अङ्गीकार गरी बैठक सञ्चालन गर्न प्रस्ताव प्रस्तुत हुनेछ...
स्थानीय तहको विकासले मात्रै समग्र मुलुकको विकास हुन्छः मेयर कोइराला

स्थानीय तहको विकासले मात्रै समग्र मुलुकको विकास हुन्छः मेयर कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले तीनै तहको सरकारको सहकार्य र समन्वयले मात्रै संघीयता बलियो हुने बताएका छन् । उनले संघीयता बलियो नभएसम्म मुलुकको विकाससमेत नहुने बताएका हुन् । इस्वी सम्वत् २०२३ को नयाँ वर्षको अवसरमा महानगरवासीलाई शुभकामना दिँदै मेयर कोइरालाले तीनै तहको सरकार बीच सहकार्य र समन्वय आवश्यक रहेको उल्लेख गरेका हुन् । उनले संकीर्ण र साँघुरो मानसिकता बोकेर देशको वि...
भेडेटारमा सुरु भयो खाना महोत्सव

भेडेटारमा सुरु भयो खाना महोत्सव

धनकुटा । धनकुटाको भेडेटारमा शनिबारबाट दशौं खाना महोत्सव सुरु भएको छ । अंग्रेजी नयाँ वर्ष २०२३ को अवसर पारेर होटल एसोसिएसन भेडेटारले ‘फुड फेस्टिभल’ अर्थात खाना महोत्सव आयोजना गरेको हो । प्रदेश सभा सदस्य निरन राईले फेस्टिभल उद्घाटन गरेका छन् । फेस्टिभल उद्घाटन गर्दै सांसद राईले पर्यटन प्रवर्द्धनका लागि फेस्टिभलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । कार्यक्रममा साँगुरीगढी गाउँपालिकाका अध्यक्ष ज...
भोलि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरिने

भोलि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरिने

पोखरा  । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भोलि आइतबार उद्घाटन हुने भएको छ। देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरामा निर्माण भएको विमानस्थलको देश बाहिरसमेत सन्देश दिनका लागि अंग्रेजी नयाँ वर्षको अवसरमा उद्घाटन गर्न लागिएको हो। विमानस्थलको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नेछन्। पोखरा महानगरपालिकाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा विमानस्थल उद्घाटन समारोहको सम्पूर्ण तया...
गाइडविना पदयात्रामा हिँडेका कोरियाली पर्यटकको मृत्यु

गाइडविना पदयात्रामा हिँडेका कोरियाली पर्यटकको मृत्यु

पुस । गाइड विना सगरमाथा आधार शिविर क्षेत्रको पदयात्रामा हिँडेका एक कोरियाली पर्यटकको मृत्यु भएको छ । पदयात्राका क्रममा ४०४० मिटर उचाइको साम्रे गाउँमा हाइअल्टिच्युटका कारण बिरामी भएका कोरियाली पर्यटक ली म्युङकपको मृत्यु भएको हो । बिरामी भएपछि ४६ वर्षीय लीलाई लुक्लामा उपचारका लागि ल्याउने क्रममा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । लजमा बसेका बेला उनी बिरामी परेका थिए ।
प्रदेश सरकारलाई बलियो बनाउन सांसदहरुले राम्रो भूमिका खेल्नुपर्छ : मुख्यमन्त्री राई

प्रदेश सरकारलाई बलियो बनाउन सांसदहरुले राम्रो भूमिका खेल्नुपर्छ : मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशसभामा प्रवेश गरेका सांसदले सक्षम र राम्रो भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । प्रदेशसभा सचिवालय प्रदेश नं १ द्वारा शुक्रबार आयोजित ‘प्रदेशसभाका नवनिर्वाचित सदस्यका लागि अभिमुखीकरण’ कार्यक्रममा उनले सांसदको भूमिका प्रदेशसभा र बाहिर पनि हुने भएकाले आफ्ना जिम्मेवारी र उत्तरदायित्व इमानदारीपूर्वक निर्वाह गर्नुपर्ने बताए । प्रदेश स...
विदेशबाट मोबाइल ल्याउन गरिएको कडाइ तत्काल कार्यान्वयन नगर्न प्रधानमन्त्रीको निर्देशन

विदेशबाट मोबाइल ल्याउन गरिएको कडाइ तत्काल कार्यान्वयन नगर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । विदेशबाट मोबाइल ल्याउन गरिएको कडाइ तत्काल कार्यान्वयन नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्देशन दिएका छन् । प्रधानमन्त्री दाहालले मोबाइल फोन विदेशबाट ल्याउँदा गरिएको कडाइलाई हाल कार्यान्वनमा नल्याउन भन्सार विभागलाई निर्देशन दिएका हुन् । भन्सार विभागले विदेशबाट ल्याउने फोनहरूमा कडाई गर्ने बताएको थियो । व्यक्तिले प्रयोग गरिरहेकोसहित थप एउटा मोबाइल ल्याएको छ भने दोस्रो मो...
प्रदेश १ कांग्रेस संसदीय दलको नेतामा थापा निर्वाचित

प्रदेश १ कांग्रेस संसदीय दलको नेतामा थापा निर्वाचित

विराटनगर । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको नेतामा कांग्रेस प्रदेश १ सभापति उद्धव थापा निर्वाचित भएका छन् । शुक्रबार बिहान भएको निर्वाचनमा १८ मतसहित थापा निर्वाचित भएका हुन् । दलको नेताका उम्मेदवार केदार कार्कीले ९ मत प्राप्त गरे भने अर्का उम्मेदवार अृमत अर्यालले २ मत मात्रै प्राप्त गरे । दलको नेतामा विजयी थापा कृष्णप्रसाद सिटौला प्यानलका हुन् । कार्की शेखर कोइराला टिमबाट उम्मेदवार बनेका थ...
ब्राजिलका विश्वविख्यात खेलाडी पेलेको निधन

ब्राजिलका विश्वविख्यात खेलाडी पेलेको निधन

काठमाडौं । ब्राजिलका विश्वविख्यात खेलाडी पेलेको निधन भएको छ । क्यान्सरबाट पीडित पेलेको ८२ वर्षको उमेरमा बिहीबार निधन भएको हो । अल्बर्ट आइन्स्टाइन अस्पतालमा उनको मृत्यु भएको हो । उनले ब्राजिललाई तीन पटक विश्वकप जिताएका थिए । चारपटक विश्वकप खेलेका उनले ६ दशकभन्दा बढी फुटबल खेलाडीको रुपमा बिताए । उनले आफ्नो २१ वर्ष लामो खेल जीवनमा विश्व कीर्तिमान १ हजार २ सय ८१ गोल गरे । ब्राजिलका लागि ९२ खेल खेल्...
तन्नेरीमा बढ्दो हृदयघातको समस्या

तन्नेरीमा बढ्दो हृदयघातको समस्या

काठमाडौं । तन्नेरी अवस्थामा नै मानिसमा अहिले बढी हृदयघात हुने गरेको पाइएको छ। मानिस तन्नेरी अवस्थामा नै निष्क्रिय जीवनशैली, चुरोट, सुर्ती तथा खैनीको अत्यधिक सेवन, मोटोपनाका कारणले हृदयघातको समस्या बढिरहेको छ। शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक चन्द्रमणि अधिकारी हृदयघात हुने १२ प्रतिशत ४५ वर्षमुनिका युवा रहेको बताउछन्। ‘युवाहरुमा बढ्दै गएको चुरोट तथा सुर्ती सेवनको कारणले हृदयघातको सम...
प्रदेश १ कांग्रेस संसदीय दलमा तीन जनाको उम्मेदवारी

प्रदेश १ कांग्रेस संसदीय दलमा तीन जनाको उम्मेदवारी

विराटनगर । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको निर्वाचनमा तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् । संस्थापन पक्षका देउवा पक्षीय नेता अमृत अर्याल र सिटौला पक्षका नेता उद्धव थापाले उम्मेदवारी दर्ता गराउँदा संस्थापनइतर पक्षबाट केदार कार्कीले उम्मेदवारी दर्ता गराएका हुन् । दलको नेतामा यसअघि दाबी गरिरहेका भीम पराजुलीले भने उद्धव थापालाई समर्थन गरेका छन् । संस्थापन पक्षले एक जना मात्रै उम्मेदवार बनाउ...
२९ लाख मूल्य बराबरको भन्सार छलिको सामान बरामद

२९ लाख मूल्य बराबरको भन्सार छलिको सामान बरामद

सिरहा । सिरहाका विभिन्न ठाउँमा लुकाएर राखेको भन्सार छलिको सामान सशस्त्र प्रहरीले बरामद गरेको छ । बुधबार फरक–फरक ठाउँमा लुकाएर राखेको अवस्थामा  करिब २९ लाख २२ हजार ४ सय रुपैयाँ बराबरको सामान बरामद गरिएको हो । बरामद सामानमा लत्ताकपडा र अगरबत्तीको धुलो छ । विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल गण नम्बर–७ सिरहाबाट खटिएको टोलीले नवराजपुर गाउँपालिकास्थित संजय महतोको टहरामा लुकाएर राखेको अवस्थामा ९६ ...
विराटनगर महानगरपालिकामा दर्ता गरेका व्यवसाय र फर्मलाई मात्रै बैंकहरुले ऋण दिने

विराटनगर महानगरपालिकामा दर्ता गरेका व्यवसाय र फर्मलाई मात्रै बैंकहरुले ऋण दिने

विराटनगर । विराटनगर महानगरपालिकामा दर्ता भएको प्रमाणपत्र लिएर मात्रै व्यवसाय र फर्मलाई ऋण दिन विराटनगर क्षेत्रमा सञ्चालित वाणिज्य बैंकहरु तयार भएका छन् । आन्तरिक आम्दानीलाई बलियो बनाउने अभियानअन्तर्गत महानगरले वाणिज्य बैंकका प्रादेशिक कार्यालयका प्रमुखहरुलाई बोलाएर बुधबार छलफल गरेको छ । छलफलमा महानगरको आग्रहलाई स्वीकार्दै बैंकका प्रादेशिक प्रमुखहरुले अबदेखि ऋण प्रवाह गर्दा महानगरमा व्यवसाय दर्त...
प्रदेश १ को मुख्यमन्त्रीमा माओवादीको दाबी

प्रदेश १ को मुख्यमन्त्रीमा माओवादीको दाबी

विराटनगर । नेकपा माओवादी केन्द्रले प्रदेश १ मा सरकारको नेतृत्वमा दावी गरेको छ । बुधबार बसेको प्रदेश १ समितिको पदाधिकारी बैठकले सरकारको नेतृत्वमा दावी गर्ने निर्णय गरेको हो । नेतृत्वमा दावी गर्ने र त्यसका लागि अन्य दलहरुसँग छलफल अघि बढाउने बताइएको छ । सरकार गठन र अन्य दलसँगको सहकार्यका लागि ३ सदस्यीय वार्ता टोली गठन गरिएको छ । पार्टी सचिव राम कार्कीको संयोजकत्वमा रहेको वार्ता टोलीमा इन्द्रबहादु...
५ वर्षीय भान्जाको हत्या आरोपमा १२ वर्षीय मामा पक्राउ

५ वर्षीय भान्जाको हत्या आरोपमा १२ वर्षीय मामा पक्राउ

ओखलढुङ्गा । ओखलढुङ्गाको मोलुङ गाउँपालिकामा पाँच वर्षीय भान्जाको हत्या गरेको आरोपमा १२ वर्षीय मामा पक्राउ परेका छन् । मोलुङ–६ का पाँच वर्षीय साङ्गे शेर्पाको हत्या आरोपमा उनका मामा पर्ने १२ वर्षीय बालकलाई प्रहरीले पक्राउ गरेको हो । शुक्रबारदेखि अचानक बेपत्ता भएका शेर्पालाई आइतबार गाउँ नजिकैको जङ्गलमा स्थानीयले मृत अवस्थामा फेला पारेका थिए । मृतक बालकको शरीरका विभिन्न भागमा चोट लागेकाले घटना शंकास...
धनुषामा गुडिरहेको रेलमा चढ्न खोज्दा चिप्लेर एक जनाको मृत्यु

धनुषामा गुडिरहेको रेलमा चढ्न खोज्दा चिप्लेर एक जनाको मृत्यु

धनुषा । धनुषामा रेल चढ्न खोज्दा चिप्लेर आज एक जनाको मृत्यु भएको छ । जयनगरबाट जनकपुरतर्फ आउँदै गरेको रेलले कुल्चिँदा एक जनाको मृत्यु भएको हो । बिहान करिव साढे ९ बजे बैदेही स्टेसनमा गुडिरहेको रेलमा चढ्न खोज्दा चिप्लिएर लिकमा खसेका धनुषा नगराइन नगरपालिका–२ राघोपुरका ३४ वर्षीय पुरण सदाको मृत्यु भएको हो । स्टेसनबाट रेल प्रस्थान गरिसकेको अवस्थामा दौडिएर रेल चढ्न खोज्दा सदा चिप्लिएर लिकमा लडेका थिए । ...
काकीको हत्या आरोपमा भतिज पक्राउ

काकीको हत्या आरोपमा भतिज पक्राउ

जनकपुरधाम । धनुषामा काकीको हत्या गरेको आरोपमा भतिज पक्राउ परेका छन् । पक्राउ पर्नेमा विदेह नगरपालिका–७ वेलापट्टिका २० वर्षीय दिलीपकुमार साह छन् । सोमबार साँझ आफ्नै घरमा ३० वर्षीया कवितादेवी साहको शव भेटिएको थियो भने उनका १४ महिने छोरा घाइते अवस्थामा फेला परेका थिए । उक्त घटनाको अनुसन्धान गर्दै जाँदा दिलीपको संलग्नता रहेको खुलेपछि मङ्गलबार साँझ उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले ...
प्रदेश १ माओवादी केन्द्र संसदीय दलको नेतामा आङ्बो

प्रदेश १ माओवादी केन्द्र संसदीय दलको नेतामा आङ्बो

विराटनगर । प्रदेश १ मा माओवादी केन्द्रको संसदीय दलको नेता चयन गरिएको छ । संसदीय दलको नेतामा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो चयन भएका हुन् । मंगलबार बसेको बैठकले उनलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको हो । आङ्बो पाँचथर १ (ख) बाट निर्वाचित भएका हुन् । प्रदेशसभामा माओवादी केन्द्रको १३ सिट रहेको छ ।
प्रदेश १ प्रदेश सभाको प्रथम अधिवेशन आह्वान

प्रदेश १ प्रदेश सभाको प्रथम अधिवेशन आह्वान

विराटनगर । प्रदेश नम्बर १ का प्रदेश प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सभाको प्रथम अधिवेशन आह्वान गरेका छन् ।प्रदेश सभाको प्रथम अधिवेशन पुस १७ गते आइतबार दिउँसो १ बजेका लागि आह्वान गरिएको हो । प्रदेश सरकार, मन्त्रिपरिषद्को पुस ११ गतेको सिफारिसमा प्रदेश प्रमुखले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभाको आह्वान गरेका हुन् ।
प्रदेश १ : नेपाली कांग्रेस संसदीय दलको नेता छान्न पुस १५ मा निर्वाचन

प्रदेश १ : नेपाली कांग्रेस संसदीय दलको नेता छान्न पुस १५ मा निर्वाचन

विराटनगर । प्रदेश नम्बर १ मा नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि पुस १५ गते मतदान हुने भएको छ । प्रदेश निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार पुस १५ गते बिहान ९ बजेदेखि १० बजेसम्म मतदान समय तोकिएको छ । पुस १४ गते बिहान ९ बजे मतदाता नामावली सार्वजनिक गर्ने कार्यतालिका छ । पुस १४ गते १२ः३० देखि १ः३० सम्म उम्मेदवारी दर्ता गरिने र सोही दिन अपरान्ह ४ बजेसम्म उम्मेद्वारक...
अस्पतालको शौचालयमा बच्चा जन्माएर आमा फरार

अस्पतालको शौचालयमा बच्चा जन्माएर आमा फरार

सर्लाही । सर्लाहीको सदरमुकाम मलङ्गवास्थित प्रादेशिक अस्पतालमा एक महिला बच्चा जन्माएर फरार भएकी छिन् । अस्पतालमा सोमबार दिउँसो भर्ना हुन आएकी गर्भवती महिला छोरालाई जन्म दिएपछि फरार भएकी हुन् । उनले अस्पतालको शौचालयमा बच्चा जन्माएर फरार भएको अस्पतालले जनाएको छ । अहिले शिशुलाई अस्पताल परिसरमै रहेको एकद्धार सङ्कट व्यवस्थापन केन्द्रमा राखिएको छ । शिशुको अवस्था सामान्य छ । अस्पतालमा भर्ना हुँदा ती म...
खोटाङमा मृतकको नाममा भत्ता वितरण गर्ने ३ जना वडा सचिवविरुद्ध मुद्दा

खोटाङमा मृतकको नाममा भत्ता वितरण गर्ने ३ जना वडा सचिवविरुद्ध मुद्दा

खोटाङ। मृत्यु भइसकेका मानिसको नाममा सामाजिक सुरक्षा भत्ता वितरण गरेको आरोपमा तीन जना वडा सचिवविरुद्ध मुद्दा दायर गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका तत्कालीन वडा सचिवहरुविरुद्ध मुद्दा दायर गरिएको हो । वडा नम्बर–४ का तत्कालीन वडा सचिव मोहन प्रसाद आचार्यसहित ३ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । सोमबार आयोगले तत्कालीन वडा सचिवहरू ...
धनकुटाका राजेन्द्र राईले लिए मन्त्रीको सपथ

धनकुटाका राजेन्द्र राईले लिए मन्त्रीको सपथ

धनकुटा । नवनियुक्त मन्त्री राजेन्द्र राईले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको सपथ ग्रहणपछि राष्ट्रपति विद्यादेवी भण्डारीले तीन उपप्रधान र राईसहित चार मन्त्रीलाई सपथ ग्रहण गराएकी हुन् । उपप्रधानमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले सपथ ग्रहण गरेका छन् । पौडेलले अर्थ, श्रेष्ठले भ...
पौडेल, श्रेष्ठ र लामिछानेले लिए उपप्रधानमन्त्रीको सपथ

पौडेल, श्रेष्ठ र लामिछानेले लिए उपप्रधानमन्त्रीको सपथ

विराटनगर । नवनियुक्त तीन जना मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । उनीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराएकी हुन् । एमाले उपाध्यक्ष विष्णु पौडेल, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधानमन्त्रीको रूपमा शपथ लिएका हुन् । पौडेल उपप्रधानसहित अर्थ, लामिछानेले उपप्रधानसहित गृह र श्रेष्ठले उपप्रधानसहि...
प्रधानमन्त्री दाहालद्वारा सपथ ग्रहण

प्रधानमन्त्री दाहालद्वारा सपथ ग्रहण

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सोमबार अपरान्ह्र शीतल निवासमा उनले सपथ ग्रहण गरेका हुन् । प्रधानमन्त्री दाहाललाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराएकी हुन् । सोमबार नै उप–प्रधानमन्त्री र मन्त्रीहरुले पनि शपथ लिनेछन् ।
धनकुटाका राजेन्द्र राई मन्त्री बन्दै

धनकुटाका राजेन्द्र राई मन्त्री बन्दै

काठमाडौं । धनकुटाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य राजेन्द्र राई मन्त्री बन्ने भएका छन् । नेकपा एमालेले मन्त्रीका लागि राईसहित चार जनाको नाम पठाउँने तयारी गरेको स्रोतले जनाएको छ । स्रोतका अनुसार एमाले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा एमाले सरकारमा जाने छ । पौडेलले उपप्रधान र अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् । मन्त्रीका लागि एमालेले राईसहित दामोदर भण्डारी र ज्वाला साहको नाम पनि पठाउँन...
प्रदेश १ का नवनिर्वाचित सांसदहरूले गरे शपथ ग्रहण

प्रदेश १ का नवनिर्वाचित सांसदहरूले गरे शपथ ग्रहण

विराटनगर । प्रदेश नम्बर १ प्रदेश सभाका नवनिर्वाचित सदस्यहरूले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । सोमबार दिउँसो प्रदेश सभामा सांसदहरूले शपथ ग्रहण गरेका हुन् । उनीहरूलाई जेष्ठ सदस्य नेपाली कांग्रेसका गयानन्द मण्डलले शपथ ग्रहण गराएका हुन् । ७९ वर्षका मण्डललाई सोमबार दिउँसो प्रदेश प्रमुख पर्शुराम खापुङले शपथ गराएका थिए । प्रदेश १ मा नेकपा एमालेका ४० जना, कांग्रेसका २९, माओवादीका १३, राप्रपाका...
१५ करोडको कारोबार गर्दै सकियो विराट एक्स्पो

१५ करोडको कारोबार गर्दै सकियो विराट एक्स्पो

विराटनगर । विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा मंसिर २९ देखि सुरु भएको विराट एक्स्पो आइतबार सकिएको छ । ११ दिनसम्म सञ्चालन भएको एक्स्पोमा १५ करोड रुपैयाँ बराबरको कारोबार भएको आयोजकले दावी गरेको छ । तीन लाख भन्दा बढी दर्शकले एक्स्पो अवलोकन गरेको र एक्स्पो अवधिभर १५ करोड बराबरको कारोबार भएको प्रचारप्रसार समिति संयोजक नन्दकिशोर राठीले बताए । आर्थिक एवं औद्योगिक विकास प्रवर्द्धन गरी आर्थिक गतिवि...
error: Content is protected !!