धनकुटामा अमेरिकन डाक्टरको टोलीलाई बाजागाजासहित भव्य स्वागत (फोटो फिचरसहित)

धनकुटामा अमेरिकन डाक्टरको टोलीलाई बाजागाजासहित भव्य स्वागत (फोटो फिचरसहित)

धनकुटा । निःशुल्क शल्यक्रिया स्वास्थ्य शिविरका लागि धनकुटा आइपुगेका अमेरिकन डाक्टरहरुको टोलीलाई आइतवार धनकुटामा बाजागाजासहित भव्य स्वागत गरिएको छ । शिविर संचालन तथा व्यवस्थापन मूल समितिको अगुवाइमा जिल्लावासीले डाक्टरहरुलाई स्वागत गरेका हुन् । असोज १ देखि १२ गतेसम्म धनकुटा जिल्ला अस्पतालमा शिविर सञ्चालन गरिदैछ । सोही शिविरका लागि अमेरिकन डाक्टरहरुको ४२ सदस्यीय टोली धनकुटा आएको हो । उनीहरुलाई हुल...
चुलोमा जलेर महिलाको मृत्यु

चुलोमा जलेर महिलाको मृत्यु

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–४ मोतिपुरमा आगोले जलेर महिलाको मृत्यु भएको छ । भान्साकोठाको चुलोमा जल्दा स्थानीय ४५ वर्षीया भेडियनदेवी माझीको मृत्यु भएको हो । भात पकाउने क्रममा लडेर आगोमा पर्दा माझी जलेकी हुन् । आगोले जलेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि विराटनगरस्थित आर्या न्यूरो अस्पताल ल्याइएको थियो । अस्पताल पुर्याउँनासाथ डाक्टरले उनलाई मृत घोषित गरेका हुन् । मृतकको शवलाई पोस्टम...
साहित्यकार झमक घिमिरेको बुझाई: तीजमा रमाइलो गर्ने नाममा विकृति फैलिँदैछ

साहित्यकार झमक घिमिरेको बुझाई: तीजमा रमाइलो गर्ने नाममा विकृति फैलिँदैछ

धनकुटा । साहित्यकार झमक घिमिरेले तिजमा रमाइलो गर्ने नाममा विकृति फैलिदै गएको उल्लेख गरेकी छन् । धनकुटामा शनिबार निशान मन्दिर व्यवस्थापन समिति र भीमदल गण सल्लेरीले आयोजना गरेको तिज विषेश कार्यक्रममा घिमिरेले खुट्टाले लेखेर यस्तो टिप्पणी गरेकी हुन् । निशान मन्दिर परिसरमा आयोजना गरिएको कार्यक्रममा साहित्यकार घिमिरेलाई प्रमुख अतिथि बनाइएको थियो, सोही अवसरमा उनले लेखेको मन्तव्य मन्दिर व्यवस्थापन समि...
धनकुटामा तीन दिन संविधान दिवस मनाइने

धनकुटामा तीन दिन संविधान दिवस मनाइने

धनकुटा । धनकुटामा तीन दिनसम्म बिभिन्न कार्यक्रम गरेर संविधान दिवस मनाइने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले असोज २ देखि ४ गतेसम्म विभिन्न कार्यक्रम गरेर भव्यतापूर्वक संविधान दिवस मनाउँने निर्णय गरेको हो । नेपालमा अहिले ‘नेपालको संविधान २०७२’ कार्यान्वयनमा छ । २०७२ असोज ३ गते पारित भएको यो संविधान जनताका प्रतिनिधिले बनाएको पहिलो र नेपालको सातौँ संविधान हो । संविधान दिवसको...
बाल दिवसमा धनकुटा नगरपालिकाले गर्‍यो वक्तृत्वकला प्रतियोगिता

बाल दिवसमा धनकुटा नगरपालिकाले गर्‍यो वक्तृत्वकला प्रतियोगिता

धनकुटा । ५९ औं बाल दिवसको अवसर पारेर धनकुटामा वक्तृत्वकला प्रतियोगिता गरिएको छ । दिवसको अवसरमा धनकुटा नगरपालिकाले ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ विषयक अन्तर विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा तुलसी मेहर माविका डिना घिमिरे पहिलो, बालसंसार माविका दिया बस्नेत दोस्रो, निजामती आवासीय माविका आर्शी अधिकारी तेस्रो र गोकुण्डेश्वर माविका किरण अधिकारीले ...
भन्सार छलेर ल्याएको दुई लाखको सामान विराटनगर बसपार्कबाट बरामद

भन्सार छलेर ल्याएको दुई लाखको सामान विराटनगर बसपार्कबाट बरामद

विराटनगर । भन्सार छलेर ल्याइएको दुई लाख भन्दा बढी मूल्यको कपडा र किराना सामान विराटनगर बसपार्कबाट बरामद भएको छ । १ लाख ६३ हजार बराबरको कपडा र ४४ हजार मूल्य बराबरको किराना सामान प्रहरीले नियन्त्रणमा लिएको हो । कुर्था सुरुवाल, सर्ट, लेगिज, भेस्ट लगायत कपडा बरामद भएको छ । टाउकोमा बोकेर लैजाँदै गरेको अवस्थामा प्रहरी पुगेपछि सामान छोडेर मान्छे भागेको प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यालय विराटन...
एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको गएराती निधन भएको छ । राति करिब १ बजे हृदयघात भएपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएका नेम्वाङलाई अस्पतालले मृत घोषित गरेको हो । इलाम घर भएका नेम्वाङ संविधानसभाका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्यसमेत हुन् । उनी बालुवाटार बस्दै आएका थिए । नेम्वाङको निधन भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओल...
कोशी प्रदेश नामकरणको विवादलाई संवादबाटै हल गर्नुपर्छ: प्रधानमन्त्री दाहाल

कोशी प्रदेश नामकरणको विवादलाई संवादबाटै हल गर्नुपर्छ: प्रधानमन्त्री दाहाल

विराटनगर, २३ भदौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेश नामकरणमा उत्पन्न विवादलाई संम्वादका माध्यमबाट हल गर्नुपर्ने बताएका छन् । समाजवादी मोर्चाले सोमबार विराटनगरमा आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । नामकरणलाई लिएर असन्तुष्टि सुरु भएलगत्तै आफूले असन्तुष्ट पक्षलाई बालुवाटार बोलाएर संवाद गरेको उनले जानकारी दिए । अब पनि संवादकै माध्यमब...
जमरकट्टेल प्रतिष्ठानको साधारण सभा सम्पन्न

जमरकट्टेल प्रतिष्ठानको साधारण सभा सम्पन्न

विराटनगर । जमरकट्टेल वंश एकता प्रतिष्ठान केन्द्रिय कार्यसमिति विराटनगरको १० औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । विराटनगर–१९ बैजनाथपुरस्थित प्रतिष्ठानको केन्द्रिय कार्यालयमा साधारण सभा गरिएको हो । प्रतिष्ठानका सल्लाहकार समिति संयोजक राजु जमरकट्टेलले ब्यानर उघारेर साधारण सभा उद्घाटन गरेका थिए । साधारण सभामा सचिव डिल्लीराम जमरकट्टेलले प्रतिष्ठानको चालु आर्थिक वर्ष २०८०/०८१ को नीति तथा का...
एमाले मोरङको अधिवेशन पुस २७ र २८ गते हुने

एमाले मोरङको अधिवेशन पुस २७ र २८ गते हुने

विराटनगर । नेकपा एमाले मोरङले आगामी पुसमा १० औं जिल्ला अधिवेशन गर्ने भएको छ । एमाले जिल्ला कमिटीको आठौँ पूर्ण बैठकले पुस २७ र २८ गते अधिवेशन गर्ने मिति तय गरेको हो । २०७८ पुस २३ र २४ गते ९ औं जिल्ला अधिवेशन भएको थियो । पार्टी केन्द्रको निर्णय बमोजिम दुई वर्षमा जिल्ला अधिवेशन गर्न लागिएको एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले जानकारी दिए । जिल्ला अधिवेशनपछि १७ वटै पालिका कमिटीको अधिवेशन हुनेछ । ...
कोशी प्रदेशका मुख्यमन्त्री थापा पदमुक्त, कार्कीलाई नियुक्त गर्न परमादेश

कोशी प्रदेशका मुख्यमन्त्री थापा पदमुक्त, कार्कीलाई नियुक्त गर्न परमादेश

विराटनगर । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई पदमुक्त हुने आदेश दिएको छ । साथै नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई नयाँ मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको छ । कार्कीलाई ४८ घण्टाभित्र नयाँ मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको हो । साउन १६ गते मुख्यमन्त्री नियुक्त भएका थापाले प्रदेशसभा बैठकको अध्यक्षता गरेका इस्राइल अन्सारीलाई मतदान गर्न लगाएर भदौ ४...
विराटनगरमा आज ५५औं संस्करणको राधाकृष्ण रथयात्रा निकालिँदै

विराटनगरमा आज ५५औं संस्करणको राधाकृष्ण रथयात्रा निकालिँदै

विराटनगर । विराटनगरमा आज ५५औं संस्करणको राधाकृष्ण रथयात्रा निकालिने भएको छ । रथयात्रालाई भव्यता दिन आवश्यक तयारी पुरा भइसकेको मुल समारोह समितिले जनाएको छ । दुई महिना अघिदेखि तयारी सुरु गरिएको रथयात्रा आज दिउँसो १ बजे विराटनगर–१ स्थित राधाकृष्ण मन्दिरबाट सुरु हुनेछ । वि.सं. १९८८ मा खट यात्राबाट शुरु भएको विराटनगरको ऐतिहासिक रथयात्रा २०२४ सालदेखि राधाकृष्ण रथयात्राका नामबाट निकालिन थालिएको हो । य...
बिमितको मृत्यु भएपछि परिवारलाई १३ लाख प्रदान

बिमितको मृत्यु भएपछि परिवारलाई १३ लाख प्रदान

धनकुटा । सूर्यज्योति लाइफ इन्स्योरेन्स धनकुटा शाखाले बिमितको मृत्यु भएपछि मृतकको परिवारलाई १३ लाख रकम भुक्तानी गरेको छ । सो कम्पनीमा बिमा गरेका धनकुटा नगरपालिका–१ निगालेका सुरेन तामाङको परिवारलाई मृत्यु दावी बापतको रकम भुक्तानी गरिएको हो । सूर्यज्योति लाइफ इन्स्योरेन्सका शाखा प्रमुख मुना पोख्रेलले आज एक कार्यक्रमकाबीच मृतक सुरेनकी श्रीमती देवीमायालाई चेक हस्तान्तरण गरिन् । वैदेशिक रोजगारीका लाग...
तमोर करिडोर सडक कालोपत्रे गर्ने कामले गति लिदैं, स्थानीय उत्साहित

तमोर करिडोर सडक कालोपत्रे गर्ने कामले गति लिदैं, स्थानीय उत्साहित

धनकुटा । धनकुटाको मुलघाटदेखि पाँचथरको गणेश चोकसम्मको तमोर करिडोर सडक कालोपत्रे गर्ने कामले गति लिएको छ । तमोर नदी तटीय क्षेत्रमा निर्माण गरिएको ११२ किलोमिटर सडक कालोपत्रे गर्नका लागि अहिले धमाधम काम भइरहेको छ । पाँचथर र ताप्लेजुङलाई तराईसँग जोड्ने द्रुत मार्गको रुपमा रहेको यो सडक कालोपत्रेका लागि गत कात्तिक महिनामा ठेक्का सम्झौता गरी काम थालिएको हो । धनकुटाको मूलघाटदेखि पाँचथरको हाङसुवासम्म ६६...
मूल्यवृद्धिको विरोध गर्दै धनकुटामा मसाल जुलुस प्रदर्शन

मूल्यवृद्धिको विरोध गर्दै धनकुटामा मसाल जुलुस प्रदर्शन

धनकुटा । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा आज साँझ धनकुटा बजारमा मसाल जुलुस प्रदर्शन गरिएको छ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले मूल्यवृद्धिको विरोध गर्दै प्रदर्शन गरेको हो । हात-हातमा मसाल बोकेर बसपार्क नजिकबाट सुरु भएको जुलुस मदनचोक हुदै चुवाको बोट चोक पुगेको थियो । ‘पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर, नालायक गठबन्धन सरकार मुर्दावाद, मूल्यवृद्धि गर्न पाइदैन, विदेशी ...
हिले ब्याडमिन्टन क्लबको अध्यक्षमा भैरव

हिले ब्याडमिन्टन क्लबको अध्यक्षमा भैरव

धनकुटा । हिले ब्याडमिन्टन क्लबको अध्यक्षमा भैरव यम्फु निर्वाचित भएका छन् । क्लबको पाँचौं साधारण सभाले यम्फुको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । क्लबको उपाध्यक्षमा राम प्रधान, सचिवमा सन्तोष श्रेष्ठ, सह-सचिबमा पेम्बा लामा र कोषाध्यक्षमा आशिष तामाङ चयन भएका छन् । सदस्यहरूमा ओम श्रेष्ठ, सन्तोष राणा, कुमार तितुङ, शिव कार्की, अरुणा तामाङ र प्रमिला बरुवाल ठकुरी चयन भएका छन् । धनकु...
धनकुटा नगरपालिकाको ‘एक्सन’: १७ सहकारीको दर्ता खारेज, अरुको छानविन हुँदै

धनकुटा नगरपालिकाको ‘एक्सन’: १७ सहकारीको दर्ता खारेज, अरुको छानविन हुँदै

धनकुटा। धनकुटा नगरपालिकाले सहकारी ऐन उल्लंघन गर्ने १७ वटा सहकारी संस्थाको दर्ता खारेज गरेको छ । ऐनको प्रावधान कार्यान्वयन गर्न पटक-पटक ताकेता गर्दा पनि अटेर गर्ने बचत तथा ऋण, उपभोक्ता, कृषि, दुग्ध र विद्युत सहकारीको दर्ता खारेज गरिएको हो । धनकुटा नगरपालिकाको सहकारी ऐनमा प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले तीन महिनाभित्र लेखापरीक्षण गराउँनुपर्ने, छ महिनाभित्र संस्थाको साधारण सभा बोलाउनुपर्ने...
धनकुटामा पनि मनाइयो गाईजात्रा (भिडियोसहित)

धनकुटामा पनि मनाइयो गाईजात्रा (भिडियोसहित)

धनकुटा । धनकुटामा पनि बिहीबार गाईजात्रा पर्व मनाइएको छ । विगत एक वर्षभित्र मृत्यु भएका आफन्तको सम्झना गर्दै नेवार समुदायले गाईजात्रा पर्व मनाएका हुन् । श्रीवानीमा जम्मा भएर एकैपटक निकालिएको जात्रा मदनचोक हुँदै हुलाकटोल, परिचयमोड, भीमसेन थान, भीमनारायण चोक, माथिल्लो र तल्लो कोप्चे हुँदै टुँडिखेल पुगेर समापन भएको थियो । यसरी परिक्रमा गर्नाले मृतआत्मा गाईको पुच्छर समाती वैतरणी पार हुने धार्मिक विश...
सरकार असफल भयो, प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ: कांग्रेस सांसद शर्मा (भिडियोसहित)

सरकार असफल भयो, प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ: कांग्रेस सांसद शर्मा (भिडियोसहित)

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्माले सरकार असफल भएकाले अब प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताएका छन् । काठमाडौंमा आयोजित ‘निजी क्षेत्रको आवाज’ विषयक वृहत छलफल कार्यक्रमलाई सम्बोधन गर्दै सांसद शर्माले सरकारले जनहितमा काम गर्न नसकेकाले प्रधानमन्त्री पुष्पकमल दाहालले कुर्सीमा बसिरहन उपयुक्त नहुने धारणा राखेका हुन् । अहिलेको राज्यसत्ता तस्करको संरक्षक बनेको दावी ग...
नोबेलमा गरियो पेटको सबैभन्दा ठूलो शल्यक्रिया

नोबेलमा गरियो पेटको सबैभन्दा ठूलो शल्यक्रिया

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा पेटको सबैभन्दा ठूलो शल्यक्रिया गरिएको छ । मोरङको लेटाङ नगरपालिका–२ खैरेनीकी ५३ वर्षीया मनरानी कुरुङवाङको पेटको सबैभन्दा ठूलो र जटिल शल्यक्रिया सफलतापूर्वक गरिएको हो । कुरुङवाङको पित्त नली सानो आन्द्रामा जोडिने ठाउँमा क्यान्सर भएको थियो । पेटमा गरिने शल्यक्रियाहरु मध्ये सबैभन्दा ठूलो मानिने यो शल्यक्रियाका क्रममा सानो आन्द्रा, आमासयको तल्लो भाग, प्...
तेह्रथुमको म्याङलुङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

तेह्रथुमको म्याङलुङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

तेह्रथुम । तेह्रथुमको म्याङलुङ नगरपालिका–१० मा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । म्याङलुङबाट जिरीखिम्तीतर्फ जाँदै गरेको को.१४ प ८९२ नम्बरको मोटरसाइकल आइतबार साँझ दुर्घटना भएको हो । दुर्घटनामा परी मोटरसाइकल चालक म्याङलुङ नगरपालिका–८ का २२ वर्षीय संगम तामाङ र पछाडि सवार सोही स्थानका २५ वर्षीय सविन लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा तामाङ र लिम्बू गम्भीर घाइते भएक...
धनकुटाका स्वर्गीय पत्रकार चौधरीको स्मृतिमा अक्षयकोष स्थापना गरिने

धनकुटाका स्वर्गीय पत्रकार चौधरीको स्मृतिमा अक्षयकोष स्थापना गरिने

धनकुटा । धनकुटाका स्वर्गीय पत्रकार पूर्णकुमार चौधरीको स्मृतिमा अक्षयकोष स्थापना गरिने भएको छ । संगठनको २४ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) धनकुटाले अक्षयकोष स्थापना गर्ने घोषणा गरेको हो । सङ्गठनका तत्कालीन सचिव स्व.चौधरीको स्मृतिमा तीन लाख बराबरको अक्षयकोण स्थापना गर्न लागिएको फोनिजका अध्यक्ष बिनु चेम्जोङले जानकारी दिइन् । चौधरीको परिवारलाई...
धनकुटाका थापाको मलेशियामा मृत्यु

धनकुटाका थापाको मलेशियामा मृत्यु

धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिका–७ स्थित थाक्लेका गम्भीरजंग थापाको मलेशियामा निधन भएको छ । वैदेशिक रोजगारीका लागि मलेशिया पुगेका थापाको बिहीबार निधन भएको हो । बुधबार बेलुका साथीको कोठामा गएर सुतेका थापा भोलिपल्ट बिहान सुतेकै ठाउँमा मृत भेटिएका हुन् । श्वासप्रश्वासमा समस्या आएर उनको मृत्यु भएको बताइएको छ । करिब ३० महिना अघि नेपाली सेनाबाट अवकाश प्राप्त गरेका थापा दुई महिना अघि वैदेशिक रोजगा...
सृजना र किरण बने कोशी प्रदेशको उत्कृष्ट प्रहरी

सृजना र किरण बने कोशी प्रदेशको उत्कृष्ट प्रहरी

विराटनगर । विराटनगरस्थित कोशी प्रदेश प्रहरी कार्यालयले प्रहरी सहायक निरीक्षकद्वय किरण मगर र सृजना राईलाई कोशी प्रदेशको उत्कृष्ट प्रहरी घोषणा गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय प्रादेशिक अनुसन्धान समुहमा कार्यरत मगर र जिल्ला प्रहरी कार्यालय खोटाङमा कार्यरत राईलाई साउन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको हो । बिभागीय मूल्यमान्यता, आदेश तथा निर्देशनको पालना गर्दै उच्च मनोबलका साथ कर्तव्य न...
विराटनगरमा भदौ ११ गतेदेखि दादुरा–रुवेलाको खोप लगाइने

विराटनगरमा भदौ ११ गतेदेखि दादुरा–रुवेलाको खोप लगाइने

विराटनगर । विराटनगर महानगर क्षेत्रमा भदौ ११ गतेदेखि दादुरा–रुबेलाको खोप लगाइने भएको छ । महानगरका सबै वडामा खोप अभियान सञ्चालन गर्न लागिएको हो । स्वास्थ्य निर्देशनालय धनकुटा, स्वास्थ्य कार्यालय मोरङ र डब्लूएचओ विराटनगरको समन्वयमा विराटनगर महानगरपालिकाले आयोजना गरेको सरोकारवालासँगको अन्तरक्रियामा खोप अभियानका विषयमा जानकारी दिइएको हो । विराटनगर महानगर क्षेत्रभित्र १८४ खोप केन्द्रमार्फत दादुरा–रु...
तेह्रथुममा लडेर एक जनाको मृत्यु

तेह्रथुममा लडेर एक जनाको मृत्यु

तेह्रथुम । तेह्रथुममा आज अपरान्ह लडेर एक जनाको मृत्यु भएको छ । लालीगुराँस नगरपालिका–८ सुङनाममा लडेर स्थानीय ४८ वर्षीय पदमबहादुर लिम्बुको मृत्यु भएको हो । उनी गाउँबाट बोरामा आलु बोकेर घर फर्किदै थिए । सोही क्रममा चिप्लिएर सडकबाट करिब ८ मिटर तल खसेका हुन् । खोलामा झरेको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ । मृतकको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ ।
आफै पार्किङको व्यवस्था मिलाउँन विराटनगरका बैंकहरू सकारात्मक

आफै पार्किङको व्यवस्था मिलाउँन विराटनगरका बैंकहरू सकारात्मक

विराटनगर । विराटनगरको ट्राफिक व्यवस्थापनलाई चुस्तदुरुस्त बनाउन विराटनगरका बैंकहरूले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । विराटनगर महानगरपालिकाले आयोजना गरेको छलफलमा बैंकका प्रमुखहरूले महानगरले सुरु गरेको ट्राफिक व्यवस्थापन अभियान सकारात्मक भएको भन्दै सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । उनीहरूले तत्कालका लागि बैंकमा आउने सेवाग्राहीलाई महानगरले व्यवस्था गरेको पार्किङस्थलमा सवारी साधन पार्किङ गर...
कोशी प्रदेशका मुख्यमन्त्री थापाले पाए विश्वासको मत

कोशी प्रदेशका मुख्यमन्त्री थापाले पाए विश्वासको मत

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएका छन् । आज मुख्यमन्त्री थापाले मागेको विश्वासको मतसम्बन्धी प्रस्तावलाई ४७ सांसदले समर्थन गदै विश्वासको मत दिएका हुन् । सभाध्यक्ष इस्राइल मन्सुरीले आफ्नो आशनबाटै मुख्यमन्त्री थापालाई मत दिएका छन् । सभामा उपस्थित कूल सदस्य संख्या ७७ मध्ये थापाको पक्षमा ४७ मत पुगेको हो । संविधानको धारा १८६ को विपरीत सभाध्यक्षले मुख्यमन्त्रीलाई मत ...
सांसद डा.सुनिल शर्मालाई पक्राउ गरेर सरकारले गल्ति गर्योः जसपा अध्यक्ष यादव (भिडियोसहित)

सांसद डा.सुनिल शर्मालाई पक्राउ गरेर सरकारले गल्ति गर्योः जसपा अध्यक्ष यादव (भिडियोसहित)

काठमाडौं । सत्ता साझेदार दल जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सांसद डा.सुनिल शर्मालाई पक्राउ गरेर सरकारले गल्ति गरेको बताएका छन् । एक राष्ट्रिय टेलिभिजनसँगको अन्तर्वार्तामा बोल्दै अध्यक्ष यादवले सांसद शर्मालाई पक्राउ गर्नु गलत भएको टिप्पणी गरेका हुन् । सुनिल शर्मा जस्तो प्रतिष्ठित मान्छेलाई हचुवाको भरमा पक्राउ गरेर थुन्नु सरकारको गलत हर्कत भएको उनको टिप्पणी छ । ‘सुनिल शर्माले आइएसी...
पैसा नहुँदा टेसमायाँको मुटुको उपचारमा समस्या

पैसा नहुँदा टेसमायाँको मुटुको उपचारमा समस्या

धनकुटा । आर्थिक अभावका कारण धनकुटा नगरपालिका–८ सान्ताङकी टेसमायाँ राईको मुटुको उपचारमा समस्या भएको छ । चिकित्सकले ५७ वर्षीया टेसमायाँको मुटुको दुवै भल्ब फेर्नुपर्ने बताएपनि पैसा अभावका कारण शल्यक्रिया गर्न नसकिएको परिवारको गुनासो छ । एक महिना अघिदेखि उनको शरीर चिसो भएर बेहोस हुने समस्या देखियो । उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाँदा डाक्टरहरूले मुटुको दुवै भल्...
भ्रष्टाचार गर्ने कसैलाई पनि छोड्नु हुन्न: महामन्त्री शर्मा

भ्रष्टाचार गर्ने कसैलाई पनि छोड्नु हुन्न: महामन्त्री शर्मा

धनकुटा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारमा संलग्न कसैलाई पनि उन्मुक्ति नदिई कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् । नेपाली कांग्रेस जिल्ला नीति अनुसन्धान तथा प्रशिक्षण शाखाले शनिवार धनकुटामा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् । भ्रष्टाचारमा कांग्रेस वा अरु जुनसुकै पार्टीको मान्छे परेपनि उसलाई नजोगाइ कारबाहीको दायरामा ल्...
error: Content is protected !!