सन्तोष सुवेदी/संगालोखवर

धनकुटा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारमा संलग्न कसैलाई पनि उन्मुक्ति नदिई कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् । नेपाली कांग्रेस जिल्ला नीति अनुसन्धान तथा प्रशिक्षण शाखाले शनिवार धनकुटामा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् ।

Advertisement

भ्रष्टाचारमा कांग्रेस वा अरु जुनसुकै पार्टीको मान्छे परेपनि उसलाई नजोगाइ कारबाहीको दायरामा ल्याउनुपर्ने उनले बताए ।

नक्कली भुटानी शरणार्थी र ललिता निवास प्रकरण जस्तै सुन प्रकरण पनि सीआइबीले नै अनुसन्धान गर्नुपर्ने उनको तर्क छ ।

सरकारमा रहँदा दायाँबायाँ भयो भने संसद् नै भंग गर्ने र सरकारमा नहुँदा सदन चल्न नदिने प्रवृत्ति एमालेको गलत रहेको उनले बताए ।

देशमा सुशासन कायम गर्न कांग्रेस बलियो हुनुपर्ने तर्क गर्दै उनले कुनै बेला हत्या हिंसाबाट सत्ता कब्जा गर्न हिँडेका दल पनि कांग्रेसकै बाटोमा आउँनु सकारात्मक भएको टिप्पणी गरे ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!