संगालोखबर सम्वाददाता

विराटनगर । विराटनगरस्थित कोशी प्रदेश प्रहरी कार्यालयले प्रहरी सहायक निरीक्षकद्वय किरण मगर र सृजना राईलाई कोशी प्रदेशको उत्कृष्ट प्रहरी घोषणा गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय प्रादेशिक अनुसन्धान समुहमा कार्यरत मगर र जिल्ला प्रहरी कार्यालय खोटाङमा कार्यरत राईलाई साउन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको हो ।

Advertisement

बिभागीय मूल्यमान्यता, आदेश तथा निर्देशनको पालना गर्दै उच्च मनोबलका साथ कर्तव्य निर्वाह गरेकाले उनीहरूलाई ‘पुलिस अफ दी मन्थ’ घोषणा गरिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । पुरस्कृत मगरले धरान–तरहराको जङ्गल एरियामा श्रृङ्खलाबद्ध रुपमा भएको लुटपाट घटनाको अनुसन्धान गरी घटनामा संलग्नहरूलाई पक्राउ गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । सोही लुटेरा समूहले साउन ५ गते सेउती पुल नजिक लुटपाट गर्ने क्रममा विराटनगरका युवा रोहित चौधरीमाथि गोली प्रहार गर्दा उनको मृत्यु भएको थियो ।

यता, खोटाङमा कार्यरत राईले ०७८ पौष ८ गतेदेखि हराएका खोटेहांङ गाउँपालिका–३ का १६ वर्षीय राजेश राईलाई भारतबाट खोजेर ल्याउन भूमिका खेलेकी थिइन् । बालक राई भारतको जम्मुकास्मिर उदमपुरको पलास बाल आश्रममा रहेको सूचना पाएपछि देल्ली सी.डब्लु.सी. नामक संस्थासँग समन्वय गरी नेपाल ल्याइएको थियो ।

कोशी प्रदेश प्रहरी कार्यालयले राम्रो काम गर्ने प्रहरीलाई हरेक महिना ‘पुलिस अफ दी मन्थ’ घोषणा गरेर पुरस्कृत गर्दै आएको छ । जिल्ला प्रहरी कार्यालयहरूले पनि यो अभ्यास गरिरहेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!