संगालोखबर सम्बाददाता

धनकुटा । हिले ब्याडमिन्टन क्लबको अध्यक्षमा भैरव यम्फु निर्वाचित भएका छन् । क्लबको पाँचौं साधारण सभाले यम्फुको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

Advertisement

क्लबको उपाध्यक्षमा राम प्रधान, सचिवमा सन्तोष श्रेष्ठ, सह-सचिबमा पेम्बा लामा र कोषाध्यक्षमा आशिष तामाङ चयन भएका छन् । सदस्यहरूमा ओम श्रेष्ठ, सन्तोष राणा, कुमार तितुङ, शिव कार्की, अरुणा तामाङ र प्रमिला बरुवाल ठकुरी चयन भएका छन् ।

धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले साधारण सभा उद्घाटन गरेका थिए । साधारण सभा उद्घाटन गर्दै मेयर तामाङले स्वास्थ्य र राष्ट्र दुवैका लागि खेलकुद महत्वपूर्ण भएकाले धनकुटा नगरमा सञ्चालन हुने खेलकुद गतिविधिमा सहयोग गर्ने बताए ।

क्लबलाई सहयोग पुर्याउने दुई जनालाई कार्यक्रममा सम्मान गरिएको छ । वितरक संघ धनकुटाका अध्यक्ष कृष्णराज श्रेष्ठ र जुनु चियाबारीका म्यानेजर राजेश कटुवाललाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!