संगालोखबर सम्बाददाता

धनकुटा । सूर्यज्योति लाइफ इन्स्योरेन्स धनकुटा शाखाले बिमितको मृत्यु भएपछि मृतकको परिवारलाई १३ लाख रकम भुक्तानी गरेको छ । सो कम्पनीमा बिमा गरेका धनकुटा नगरपालिका–१ निगालेका सुरेन तामाङको परिवारलाई मृत्यु दावी बापतको रकम भुक्तानी गरिएको हो ।

Advertisement

सूर्यज्योति लाइफ इन्स्योरेन्सका शाखा प्रमुख मुना पोख्रेलले आज एक कार्यक्रमकाबीच मृतक सुरेनकी श्रीमती देवीमायालाई चेक हस्तान्तरण गरिन् । वैदेशिक रोजगारीका लागि मलेशिया गएका सुरेनले त्यहाँ जानुअघि १० लाखको म्यादी जीवन बिमा गरेका थिए ।

करिब ९ महिना अघि बिमा गरेका उनले पहिलो किस्ता बापत ३ हजार ७ सय रकम बुझाएका थिए ।

मलेसियामै भएका बेला मृगौलामा समस्या देखिएपछि नेपाल फर्किएका उनको करिब एक महिना अघि उपचारका क्रममा मृत्यु भएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!