सन्तोष सुवेदी/संगालोखवर

धनकुटा । धनकुटाका स्वर्गीय पत्रकार पूर्णकुमार चौधरीको स्मृतिमा अक्षयकोष स्थापना गरिने भएको छ । संगठनको २४ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) धनकुटाले अक्षयकोष स्थापना गर्ने घोषणा गरेको हो ।

Advertisement

सङ्गठनका तत्कालीन सचिव स्व.चौधरीको स्मृतिमा तीन लाख बराबरको अक्षयकोण स्थापना गर्न लागिएको फोनिजका अध्यक्ष बिनु चेम्जोङले जानकारी दिइन् । चौधरीको परिवारलाई हरेक वर्ष सहायता प्रदान गर्ने उद्देश्यले फोनिजका देश तथा विदेशमा रहेका समितिहरूको सहयोगमा अक्षयकोष स्थापना गर्न लागिएको हो ।

पत्रकार महासंघ धनकुटाका सहसचिव समेत रहेका चौधरीको पिसाबको सङ्क्रमणका कारण गत माघ १९ गते निधन भएको थियो ।

त्यस्तै, फोनिजले हरेक ३ वर्षमा क्रियाशील पत्रकारलाई पुरस्कृत र अग्रज पत्रकारलाई सम्मान गर्ने गरी ५ लाखको अक्षयकोष स्थापना गर्ने घोषणा पनि गरेको छ ।

उत्तरपानी प्राविधिक शिक्षालयको सभाहलमा आयोजित कार्यक्रममा पाख्रिबास नगरपालिकाका प्रमुख ज्ञानबहादुर गुरुङले अक्षयकोष घोषणा पत्र वाचन गरेर सुनाएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!