- संगालोखबर सम्वाददाता

काठमाडौं । सत्ता साझेदार दल जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सांसद डा.सुनिल शर्मालाई पक्राउ गरेर सरकारले गल्ति गरेको बताएका छन् । एक राष्ट्रिय टेलिभिजनसँगको अन्तर्वार्तामा बोल्दै अध्यक्ष यादवले सांसद शर्मालाई पक्राउ गर्नु गलत भएको टिप्पणी गरेका हुन् ।

सुनिल शर्मा जस्तो प्रतिष्ठित मान्छेलाई हचुवाको भरमा पक्राउ गरेर थुन्नु सरकारको गलत हर्कत भएको उनको टिप्पणी छ । ‘सुनिल शर्माले आइएसी गरे, एमबीबीएस गरे, कलेज चलाए, सांसद भए, त्यत्रो एकेडेमिक मान्छे, प्रतिष्ठित मान्छेलाई ल्याएर त्यसै थुन्दिने अनि छोड्ने यो त गलत हो नि,’ अध्यक्ष यादवले भने, ‘यस्ता गलत काम कसरी भइरहेका छन्, कसैलाई क्षणिक रुपमा हिरो बन्नका लागि मुलुकलाई अनिष्ट तर्फ धकेल्न खोजेको त हैन भन्ने विश्लेषण भइरहेको छ अहिले ।’

आफूले अपराधीलाई कहिल्यै प्रोत्साहन नगर्ने दावी गर्दै उनले सुनिल शर्मालाई अपराधी हो भनेर कसैले प्रमाणित गर्न सक्छ भन्दै प्रतिप्रश्न पनि गरे । सुनिल शर्मालाई पक्राउ गर्नु गलत भएको निष्कर्ष निकालेरै अदालतले पनि उनलाई थुनामुक्त गर्न आदेश दिएको भन्दै अध्यक्ष यादवले सरकारले यस्तो गलत काम गर्नु नहुने बताए ।

सरकारको गलत हर्कतले गर्दा सत्ता साझेदार दलहरूभित्र असन्तुष्टि चुलिँदै गएको भन्दै अध्यक्ष यादवले सरकारले गलत कामहरूलाई रोक्न नसके मुलुकमा अनिष्ट हुनेसक्ने संकेत पनि गरेका छन् ।

भिडियो…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!