संगालोखबर सम्वाददाता

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको गएराती निधन भएको छ । राति करिब १ बजे हृदयघात भएपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएका नेम्वाङलाई अस्पतालले मृत घोषित गरेको हो ।

Advertisement

इलाम घर भएका नेम्वाङ संविधानसभाका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्यसमेत हुन् । उनी बालुवाटार बस्दै आएका थिए । नेम्वाङको निधन भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली लगायत नेताहरू शिक्षण अस्पताल पुगेका छन् ।

पूर्वसभामुख समेत रहेका नेम्वाङ ०५६ सालयता इलामबाट लगातार चुनाव जितेर सांसद बन्दै आएका थिए । इलामको सुन्तलाबारमा जन्मिएका नेम्वाङ चारपल्ट सर्वसम्मत सभामुख बनेका थिए ।

नेम्वाङका श्रीमतीसहित दुई छोरा र दुई छोरी छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!